मन्त्रिपरिषद् बैठक : नेपाल सरकार कार्य विभाजन नियमावली स्वीकृत
बुधबार, ३० वैशाख २०८३, ११ : ३५
सारांश
- मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली- २०८३ स्वीकृत गरेको छ ।
- बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।
- सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा सांसद योगेश गौचन थकाली र सुशील खड्कालाई मनोनयन गर्ने निर्णय गरिएको छ ।
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधवार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली- २०८३ स्वीकृत गर्ने लगायतका निर्णय गरेको हो ।
बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सनाले जानकारी दिए ।
त्यस्तै सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा सांसद योगेश गौचन थकाली (मुस्ताङ) र सुशील खड्का (बागलुङ) लाई मनोनयन गर्ने निर्णय गरेको छ ।
बुधबारकै बैठकले भूमिसम्बन्धी २१औ संशोधन नियमहरू २०८३ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री तिमिल्सनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण