शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: एमालेको निर्णयले विद्या उत्साहित, राष्ट्रपति र प्रधानमन्त्रीबिचको सम्बन्धमा दरार !

मङ्गलबार, ०५ जेठ २०८३, ०० : १५
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • नेकपा (एमाले) को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेपछि उनी उत्साहित देखिएकी छन् ।
  • नेपाल बार एशोसिएशनले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न नहुने संवैधानिक व्यवस्थाको उल्लंघन भएको भन्दै लालटिन बालेर विरोध गर्ने भएको छ ।
  • प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ उजुरी परेका छन् ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. एमालेको निर्णयले विद्या उत्साहित

नेकपा (एमाले) को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेसँगै उनी उत्साहित देखिएकी छन् ।पूर्व राष्ट्रपतिको सचिवालयले एमालेको निर्णयलाई ‘माग अनुसारको र सकारात्मक’ कदमका रूपमा चित्रण गर्दै भण्डारी उत्साहित रहेको जनाएको छ । एमालेको यो निर्णयले आगामी दिनमा पार्टी र देशका लागि राम्रो परिणाम दिने भण्डारीका स्वकीय सचिव राजकुमार राईले सोमबार राति रातोपाटीलाई प्रतिक्रिया दिएका छन् ।

२. बार एशोसिएशनले लालटिन बाल्ने

नेपाल बार एशोसिएशनले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न नहुने संवैधानिक व्यवस्थाका बाबजुद प्रतिनिधि सभामा टिप्पणी भएको भन्दै मंगलबार आफ्नो प्राङ्गणमा लालटिन बालेर विरोधसहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने भएको छ ।

३. कामु प्रधान न्यायाधीशको आदेशमाथि संसदमा प्रश्न

कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले सोमबार दिएको एक आदेशलाई लिएर संसदमा प्रश्न उठेको छ । संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा गरिएको सिफारिसमा प्रश्न उठाउँदै पेस गरिएका रिट निवेदन दरपिठ भएको थियो । दरपिठविरुद्ध दर्ता गरिएको निवेदन अघि नबढाएपछि कामु प्रधान न्यायाधीश मल्लले सोमबार निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएकी थिइन् । उनको सोही आदेशबारे प्रतिनिधि सभा बैठकमा सत्ता पक्षका सांसदले आपत्ति जनाएका हुन् । 

४. राष्ट्रपति र प्रधानमन्त्रीबिचको सम्बन्धमा दरार !

प्रचलित अभ्यास र परम्परा अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबिचको सम्बन्ध परिपूरक हुनुपर्छ । किनभने परिपूरक सम्बन्धले विश्वास अभिवृद्धि गर्छ र राज्य सञ्चालनमा सहज वातावरण निर्माण हुन्छ । यसको विपरीत राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहबिचको सम्बन्ध औपचारिकतामा मात्र सीमित छ ।

५. प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध १६ उजुरी

प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ उजुरी परेका छन् । समितिले उजुरी दिन तोकेको १० दिनको समयमा १६ उजुरी परेको हो ।

६. विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे विपक्षी दलको खरो टिप्पणी

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि बजेट)बारे संसदमा छलफल सुरु भएको छ । विपक्षी दलका सांसदहरूले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे खरो टिप्पणी गरेका छन् ।

७. संसदमा पर्चा बोकेर गए श्रम संस्कृति पार्टीका सांसद

सोमबार प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद पर्चा बोकेर सहभागी भएका छन् । प्रधानमन्त्री संसदप्रति जबाफदेही हुनुपर्ने भन्दै उनीहरूले पर्चा प्रदर्शन गरेका हुन् ।

८. एमाले र नेकपाबिच होला एकता ?

ठुला वामपन्थी दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच एकताका बारेमा चर्चा चलिरहेको छ । नेपाली कम्युनिस्ट पार्टीका नेताहरू भने यस्तो चर्चा नीतिगतमात्र रहेको बताउँछन् ।

 ९. अमृत झाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले माग्यो माफी

परराष्ट्र मन्त्रालयले अमृत झाका सम्बन्धमा यसअघि दिएको सूचनाबारे माफी मागेको छ । इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक झा रिहा भएको भन्दै केही अघि मन्त्रालयले सूचना प्रवाह गरेको थियो । इरानी अदालतमा उनीविरुद्ध मुद्दा विचाराधीन रहेको मन्त्रालयले प्रस्ट पारेको छ ।

१०.दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले रातोपाटीलाई बताए।

११. सुकुमबासीले घोषणा गरे चरणबद्ध आन्दोलन

भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको बुटवलमा भएको राष्ट्रिय सम्मेलनले सरकार समक्ष ११ बुँदे माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

१२. आईपीएल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप