बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार

बुधबार, ०६ जेठ २०८३, ०० : २०
बुधबार, ०६ जेठ २०८३

सारांश

  • प्रधान न्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन्।
  • नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यतालाई निरन्तरता दिएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा, पालिका, जिल्ला भेला तथा अधिवेशनलाई समन्वयात्मक र सहजीकरण गर्न देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ।

१. प्रधान न्यायाधीश नियुक्त 

प्रधान न्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन्। 

२. विद्यालाई ‘रेड कार्पेट’  

झन्डै एक वर्षको गलफती र विवादपछि नेकपा एमालेले अन्ततः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यतालाई निरन्तरता दिएको छ।   

३. दलहरूबिच एकताको ‘च्याप्टर क्लोज’

४. अदालत/प्रशासन 

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिको विषय सर्वोच्च अदालत पुगेको छ। 

५. रास्वपाको महाधिवेशन तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा, पालिका, जिल्ला भेला तथा अधिवेशनलाई समन्वयात्मक र सहजीकरण गर्न देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

६. मन्त्रिपरिषद् बैठक निर्णय

मन्त्रिपरिषद् बैठकले विभिन्न सात वटा निर्णय गरेको छ। 

७. उपचारको साँटो उत्पादनको चर्चामा प्रधानमन्त्री

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले उनले सार्वजनिक गरेको यो तस्बिरले एकाएक सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र यसको विशिष्ट उत्पादन ‘याक चिज’लाई चर्चाको शिखरमा पुर्‍याइदिएको छ । 

८. मूल्यवृद्धि 

निर्माण सामग्रीमा भएको अचाक्ली मूल्यवृद्धि, इन्धनको बढ्दो महँगी र सरकारले ‘दमनकारी’ व्यवहार गरेको भन्दै देशभरका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन्।

९. नेपालमै रासायनिक मल कारखाना खोल्न कति सम्भव ?

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने बहस फेरि एकपटक सतहमा आएको छ ।दशकौँ देखि बल्झिरहेको यो समस्या समाधानका लागि सांसदहरूले स्वदेशमै मल उत्पादन गर्नुपर्नेमा जोड दिँदै आइरहेका छन् ।

१०. लक्जरी जिपलाई मिनीबस बनाएर करोडौं भन्सार छली 

राज्यलाई बुझाउनुपर्ने भन्सार महसुल र कर छल्न महँगा, विलासी र निजी प्रयोजनका सवारी साधनलाई मिनीबसको सूचीमा राखेर ल्याएको पाइएको छ। 

११. बागमतीको प्रशासनिक संरचना निर्माण

बागमती प्रदेश सरकारका मन्त्रालय तथा प्रशासनिक संरचना एकै परिसरमा निर्माण गर्ने तयारीस्वरुप निर्माणस्थलमा धमाधम रुख छपानको काम भइरहेको छ ।

१२ .आईपीएल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप