कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : सिँचाइ कार्यविधि स्वीकृतदेखि विभिन्न समितिमा नियुक्तिसम्म
सारांश
- कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आयोजना बैङ्क सूचना प्रणालीमा प्रविष्ट भएका आयोजनाहरूको सूचीकृत विवरण कार्यान्वयनका लागि प्रदेश योजना आयोगलाई सहमति प्रदान गर्ने निर्णय गरेको छ।
- सिँचाइ व्यवस्थापन हस्तान्तरण कार्यविधिलाई व्यवस्थित बनाउन 'सिँचाइ कार्यविधि २०८३' लाई आवश्यक छलफल र परिमार्जनका लागि आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाइने भएको छ।
- हलेसी महादेव स्थान विकास समिति र बृहत्तर वराहक्षेत्र विकास समितिमा कार्यकारी निर्देशक नियुक्तिको निर्णय पनि बैठकले गरेको छ।
विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक आज जेठ १४ गते सम्पन्न भएको छ। बैठकले प्रदेशको विकास, पूर्वाधार तथा विभिन्न विकास समितिहरूको व्यवस्थापनका लागि केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
मन्त्रिपरिषद् बैठकले आयोजना बैङ्क सूचना प्रणालीमा प्रविष्ट भएका विभिन्न आयोजनाहरूको सूचीकृत विवरण प्रभावकारी रूपमा कार्यान्वयन अगाडि बढाउनका लागि प्रदेश योजना आयोगलाई सहमति प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी सिँचाइ व्यवस्थापन हस्तान्तरण कार्यविधिलाई थप व्यवस्थित बनाउनका लागि ‘सिँचाइ कार्यविधि २०८३’ लाई आवश्यक छलफल र परिमार्जनका लागि आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय भएको छ।
नागरिकहरूको सहजतालाई ध्यानमा राख्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुरानो घरको पुराना काठहरू ओसारपसार गर्न पाउने गरी खुला गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
यसैगरी बैठकले प्रदेशका दुई महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र विकास समितिहरूमा कार्यकारी निर्देशक नियुक्त गरेको छ।
हलेसी महादेव स्थान विकास समितिको कार्यकारी निर्देशक पदमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ निवासी चक्रबहादुर राईलाई नियुक्त गरिएको छ भने बृहत्तर वराहक्षेत्र विकास समितिको कार्यकारी निर्देशक पदमा सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.१ निवासी अविजाल विष्टलाई नियुक्ति दिने निर्णय समेत भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण