१८ वर्षपछि चेन्नई सुपर किंग्सबाट अलग भए फ्लेमिङ
सारांश
- चेन्नई सुपर किंग्स (सीएसके) र मुख्य प्रशिक्षक स्टिफन फ्लेमिङबिचको १८ वर्ष पुरानो सहकार्य आपसी सहमतिमा समाप्त भएको छ ।
- सन् २००९ मा प्रशिक्षक बनेका फ्लेमिङको प्रशिक्षणमा चेन्नईले पाँच पटक आईपीएलको उपाधि जितेको थियो ।
- टोलीको खराब प्रदर्शनपछि फ्रेन्चाइजीले नयाँ ढङ्गबाट अघि बढ्ने निर्णय गरेको हो ।
मुम्बई । इन्डियन प्रिमियर लिग ९आईपीएल० को सबैभन्दा सफल टोली चेन्नई सुपर किंग्स (सीएसके) र मुख्य प्रशिक्षक स्टिफन फ्लेमिङबिचको १८ वर्ष पुरानो सहकार्य समाप्त भएको छ । फ्रेन्चाइजीले सोमबार सामाजिक सञ्जालमार्फत यसको औपचारिक जानकारी दिएको हो ।
चेन्नईले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘हामीले आपसी सहमतिमा छुट्टिने निर्णय गरेका छौँ । हामीले आईपीएल इतिहासकै सबैभन्दा सफल र लामो समयसम्म टिकेको साझेदारीमध्ये एक अनुभव साटासाट गर्यौँ । तपाईंले निर्माण गर्नुभएको विरासतले हामीलाई सधैँ प्रेरित गरिरहनेछ । हार्दिक सम्मान र कृतज्ञताका साथ, धन्यवाद स्टिफन ।’
न्युजिल्यान्डका पूर्वकप्तान स्टिफन फ्लेमिङ आईपीएलको पहिलो संस्करणमा खेलाडीका रूपमा चेन्नईसँग जोडिएका थिए । सन् २००९ मा उनले टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए भने सन् २०१० मा टोलीलाई पहिलो पटक आईपीएलको उपाधि दिलाएका थिए ।
सहकार्य अन्त्य भएपछि फ्लेमिङले भने, ‘खेल जीवनमा १८ वर्षको अवधि एउटा पूरा जिन्दगी बराबर हो । चेन्नई सुपर किंग्ससँग बिताएको समय मेरो प्रशिक्षण करियरको सबैभन्दा ठुलो सम्मान रहेको छ ।’
उनले टोलीमा रहँदा सँगै मिलेर यादगार जितहरू हासिल गरेको, कठिन समयको सामना गरेको र सधैँ साथ रहने यादहरू बनाएको उल्लेख गर्दै सीएसके सधैँ आफ्नो हृदयको नजिक रहने र आगामी दिनमा पनि टोलीलाई समर्थन गरिरहने बताए ।
आईपीएल इतिहासकै सबैभन्दा सफल प्रशिक्षक
फ्लेमिङको रणनीति, शान्त नेतृत्व र खेलाडीहरूमाथिको भरोसा नै चेन्नईको मुख्य पहिचान बनेको थियो । उनी र महेन्द्र सिंह धोनीको जोडीलाई आईपीएल इतिहासकै सबैभन्दा सफल प्रशिक्षक(कप्तान जोडीका रूपमा लिइन्छ । फ्लेमिङकै प्रशिक्षणमा चेन्नईले पाँच पटक आईपीएलको उपाधि जित्न सफल भएको थियो ।
चेन्नई सुपर किंग्सले अन्तिम पटक सन् २०२३ मा आईपीएलको उपाधि जितेको थाल्यो । त्यसपछि टोलीको प्रदर्शन लगातार खस्किँदै गयो । टोली सन् २०२४ को सिजनमा पाँचौँ स्थानमा रह्यो भने सन् २०२५ मा अन्तिम स्थानमा पुग्यो । सन् २०२६ को हालै सम्पन्न सिजनमा पनि आठौँ स्थानमा सीमित हुँदै टोली प्लेअफको दौडबाट बाहिरियो ।
टोलीको यस्तो खराब प्रदर्शनपछि फ्रेन्चाइजीले नयाँ ढङ्गबाट अघि बढ्ने निर्णय गरेको हो । यससँगै फ्लेमिङसँगको लामो र सफल अध्यायको अन्त्य भएको छ । चेन्नईले आफ्नो बयानमा यो निर्णय दुवै पक्षबिच भएको खुला र सकारात्मक छलफलपछि लिइएको स्पष्ट पारेको छ ।
फ्रेन्चाइजीले नयाँ मुख्य प्रशिक्षकको नाम भने घोषणा गरिसकेको छैन । फ्लेमिङले सुपर किंग्स परिवार अन्तर्गतकै अन्य टोलीहरू टेक्सास सुपर किंग्स ९एमएलसी० र जोबर्ग सुपर किंग्स (एसए२०) सँग आफ्नो प्रशिक्षण भूमिकालाई निरन्तरता दिनेछन् वा छैन भन्ने कुरा पनि अझै स्पष्ट भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण