बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

एनसेलको सेयर खरिद बिक्रीबारे अदालतको आदेशदेखि छानबिन समिति गठनसम्म

बिहीबार, २१ मङ्सिर २०८०, २२ : १९
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । आज मिति २०८० साल मंसिर २१ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती  रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–

एनसेल प्रकरण
एनसेलको सेयर खरिद विक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । विपक्षी बनाइएका कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा सेयरको अभिलेखीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सरकारले एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिन गर्न गठन भएको समितिलाई ३० दिनको कार्यादेश दिएको छ । टंकमणि शर्मा नेतृत्वको ५ सदस्यीय छानबिन समितिलाई समग्र विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन ३० दिनको कार्यादेश दिइएको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

६ जना रिहा

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् ।

 

प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको एक वर्ष विकासको मोडालिटी र आर्थिक समृद्धिमा सरकारको ध्यान केन्द्रित हुने बताएका छन् ।

बिहीबार तारकेश्वर नगरपालिकास्तरीय पार्टीको प्रशिक्षण कार्यक्रममा उनले एक वर्ष वर्तमान सरकारले निरन्तरता पाउँदा विकासको मोडालिटी र बजेटको विषयमा बेग्लै तरिकाले प्रस्तुत गरेको जिकिर गरे ।

राप्रपाको निर्णय

 प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रियसभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट आगामी माघ ११ गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो। 

यस सम्बन्धमा अन्य दलसँग आवश्यक सहयोग जुटाउन र संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तथा  उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

वैद्यको प्रस्ताव

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा अस्थायी संयुक्त सरकारको प्रस्ताव अघि सारेको छ । पार्टीको असोज १६ देखि २१ गतेसम्म बसेको बैठकले सो प्रस्ताव पारित गरेको हो ।

पार्टीले उक्त कार्यनीतिको आवश्यकता, औचित्य र महत्वबारे अन्तरक्रिया र छलफलका लागि अवधारण पत्रसमेत सार्वजनिक गरेको छ । यस कार्यनीतिका पाँचवटा विशेषताहरू उल्लेख गरिएका छन् । 

अर्थ र सेयर बजार

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ११.७३ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.६३ प्रतिशतले बढेर बन्द भएको हो ।

 

मौसम परिवर्तन

नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण मौसममा परिवर्तन आएको छ । काठमाडौँका विभिन्न क्षेत्रमा अहिले कुहिरो लागेको छ भने तापक्रम पनि १० डिग्री सेल्सियससम्म पुगेको छ ।

यो पनि...

राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९–८० को आयोगको १५ औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको छ । बिहीबार आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । शीलतनिवासमा आज आयोजित समारोहमा आयोगका अध्यक्ष तपबहादुर मगरले  राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले माओवादी जनयुद्धका क्रममा म्याग्दीको बेनी आक्रमणमा गोली लागेको बिजुलीको पोल फिर्ता गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी क्षेत्रको सम्भावना खोज्न झुलाघाट–चिवाभन्ज्याङ संकल्पयात्रा सुरु गरेको बताएका छन् ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप