१० बजे १० समाचार : मन्त्री फेर्न प्रधानमन्त्रीको अनिच्छा, रामहरिको स्थानमा ईश्वरी
सारांश
- नेपाल-भारत सीमा विवादबारे लेख प्रकाशित, कालापानीमा भारतीय चौकी यथावत रहेको चर्चा ।
- राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रम विवादमा, तत्काल रोक्न माग गर्दै विरोध भयो ।
- इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि अनिवार्य, सामाजिक सञ्जालमा व्यापक विरोध ।
आज २०८२ भदौ १० गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- नेपाल-भारत सीमा विवाद
सन् १९५० सुरुवाततिर नेपालको उत्तरी सीमामा भारतीय सीमा चौकी स्थापना गरिए । र, १९६० को दशकअन्त्यतिर ती चौकी हटाइए । तर कालापानीमा चौकी भने आज पनि यथावत् छ । ती सीमा चौकी किन, कहाँ र कसरी स्थापना गरिए ? ब्रिटिस सेनाका अवकाशप्राप्त जर्नेल स्याम कोवनले ‘द इन्डियन चेकपोस्ट्स, लिपुलेक, एन्ड कालापानी’ शीर्षकमा लामो लेख लेखेका छन् । महाराजाज, इम्पेररर्स, भायसरोयज, बोर्डर्सः नेपाल्स रिलेसन्स नर्थ एन्ड साउथमा संगृहीत उक्त लेखको सुरुवाती खण्डको अनुवाद :
- विवादमा तानियो ‘स्वर्ण बिन्दु प्राशन’
सरकारले प्राचीन चिकित्सा पद्धतिलाई प्राथमिकता दिएर राष्ट्रिय कार्यक्रमको रूपमा सुरु गरेको ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम विवादमा तानिएको छ । कार्यक्रम सुरु गरेको एक साता नबित्दै स्वर्णभस्म/स्वर्णकल्प वितरण तत्काल रोक्न माग गरिएको छ ।
- इम्बोस्ड नम्बर प्लेट
सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’ असोज १ गते देखि अनिवार्य गर्ने भनेसँगै सामाजिक सञ्जालमा समेत आलोचना बढेको छ । कमिसनको खेलमा सरकारले उपभोक्तालाई जबरर्जस्ती गर्न खोजेको भन्दै व्यापक विरोध भएको हो । सवारी लाइसेन्स दिएर बसेका लाखौँ नागरिकलाई समयमा लाइसेन्स दिन नसक्ने सरकारले पूर्वाधारविनै इम्बोस्ड अनिवार्य गर्ने निर्णय गरेसँगै सबैतिर विरोध हुन थालेको छ ।
भदौ ३ गते यातायात व्यवस्था विभागले एउटा सूचना जारी गर्यो । सूचनामा आगामी असोज १ गतेदेखि देशभरका सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रुपमा जडान गर्नुपर्ने जनाइएको थियो ।
- प्रधानमन्त्रीको अनिच्छा !
आफ्ना पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई फिर्ता बालाउन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाए पनि त्यसप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय गर्न सकेका छैनन् ।
- विधान महाधिवेशन
नेकपा एमालेको महाधिवेशन प्रतिनिधि संख्या घटेको छ । भदौ २० गते सुरु हुने दोस्रो विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अद्यावधिक तथ्याङ्कमा २९ जना घटेका हुन् ।
- तीजको रौनक
हरितालिका तीजको अवसरमा आज बिहानै देखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न बिहानैदेखि महिला श्रद्धालुहरूको भीड लागेको छ । यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । शास्त्रअनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत लिनाले सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ।
- राज्य व्यवस्था तथा सुशासन समिति
नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा निर्विरोध निर्वाचित भएकी छन् । समिति सभापतिमा उम्मेदवारी दिन सङ्घीय संसद् सचिवालयले तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेपछि मंगलबार निर्विरोध निर्वाचित भएकी हुन् ।
- बालेन र जवाफदेहिता
स्वतन्त्र उम्मेदवारको रूपमा अभूतपूर्व जनमतसहित राजधानीको मेयर बनेका बालेनको ‘चार्म’ र लोकप्रियता सामाजिक सञ्जालमा अझै उस्तै छ । उनी नेपालमा सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने राजनीतिक व्यक्तित्व हुन् । उनको एउटा स्टाटसले पैदा गर्ने तरंगले नै उनको ‘क्रेज’ कति छ भन्ने प्रमाणित गर्छ ।
- विवादमा उपसभामुख
उपसभामुख इन्दिरा रानामगर जोडिएको संस्थाले बालमन्दिरबाट लगेको ५ जना बालबालिकाबारे प्रहरीलाई जवाफ पठाएको छ । रानामगर उपसभामुख बन्नुभन्दा पहिले नै २०७२ कार्तिकमा ‘पीए नेपाल’ नामको संस्थामा बालगृहले पठाएको बालबालिका नफर्केको घटना सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्यसबारे चासो राखेको थियो ।
- इलाका प्रशासन कार्यालय
गृह मन्त्रालयले २३ स्थानमा इलाका प्रशासन कार्यालय थप गर्ने प्रक्रिया अघि बढाएको छ । सेवा प्रवाहलाई थप सहज र सरल बनाउनुका साथै सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न आवश्यक भएको भन्दै मन्त्रालयले इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण