१२ बजे १२ समाचार: सीके राउतबाट अलग भएका नेताहरूले गठन गरे छुट्टै पार्टी, गगन थापाको दृढता
सारांश
- जनमत पार्टीबाट अलग भएका नेताहरूले ‘जनस्वराज’ नामक नयाँ पार्टी गठन गरेका छन्।
- दसैँ नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको घुइँचो बढेको छ, उपभोगताहरू किनमेलमा व्यस्त छन्।
- मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो जाँदा हजारौं यात्रु अलपत्र परेका छन्।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. सीके राउतबाट अलग भएका नेताहरूले गठन गरे छुट्टै पार्टी
डा.सीके राउत अध्यक्ष रहेको जनमत पार्टीबाट कारबाहीमा परेका तथा अलग भएका नेताहरूले आज (शनिबार) नयाँ पार्टी घोषणा गरेका छन् ।
मधेस प्रदेशको राजधानी जनकपुरमा डा।सञ्जयकुमार साहको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकबाट पार्टीका विद्रोही नेताहरूले ुजनस्वराजु नामक पार्टी गठन गरेका हुन् ।
२.नजिकियो दसैँ
सैँ नजिकिएसँगै बजारमा किनमेल गर्नेको घुइँचो देखिन थालेको छ । कपडा एवं खाद्यान्नका थोक तथा खुद्रा र सुपथ मूल्य पसलमा उपभोक्ताको घुइँचो लाग्न थालेको हो । राजधानीको मुख्य बजारहरु असन, इन्द्रचोक, महाबौद्ध, न्यूरोड, सुन्धारा, टेकु, त्रिपुरेश्वरमा उपभोक्ताको घुइँचो बढेको छ ।
३. गगन थापाको दृढता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भाद्र २३ र २४ गतेका आन्दोलनका शहीद र घाइतेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै पार्टी सुधार र देश निर्माणमा आफू दृढ रहेको स्पष्ट पारेका छन्। उनले शनिबार फेसबुकमा भनेका छन्, ‘हाम्रो भत्केका घरहरू फेरि बन्नेछन्, कार्यालयहरू ठडिनेछन्, तर गुमेको जीवन फर्किँदैन।’
४.हमासले सार्वजनिक गरेको बिदाइ तस्बिरमा विपिन
इजरायली सेनाले घेराबन्दीमा परेको गाजाको सबैभन्दा ठुलो शहरी केन्द्रलाई ध्वस्त पार्ने र कब्जा गर्ने क्रममा हमासको सशस्त्र समूह कासम ब्रिगेडले शनिबार ४८ इजरायली बन्धकहरूको बिदाइ तस्बिर अनलाइनमा जारी गरेको छ । जहाँ नेपालका विपिन जोशीको पनि तस्बिर राखिएको छ ।
५. चाडवाड लक्षित यातायात व्यवस्थापन
हिन्दुहरुको महान चाड दसैँ नजिकिएसँगै सरकारले यातायात व्यवस्थापन र सडक सुरक्षासम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरी सात वटा निर्णय गरेको छ । शनिबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षासम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरी सात वटा निर्णय गरेका हुन् ।
६. क्षतिग्रस्त सरकारी संरचनाको प्राविधिक परीक्षण सुरु
जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका सरकारी संरचनाको सरसफाइका साथै प्राविधिक परीक्षण सुरु गरिएको छ । शनिबारदेखि आगजनीबाट क्षतिग्रस्त भएका सरकारी संरचनाहरूको प्राविधिक परीक्षण सुरु गरिएको हो ।
७. अब चुनावको विकल्प छैन: शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद् विघटन संविधान सम्मत नभए पनि देशलाई थप क्षतिबाट जोगाउन यो नै सही विकल्प भएको बताएका छन् । संसद् विघटन राष्ट्रपतिको ‘ड्यामेज कन्ट्रोल’ का रूपमा आएको परिस्थितिजन्य निर्णय भएको उनको भनाइ छ ।
८. सडक अवरुद्ध
मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै पहिरो जाँदा शुक्रबार साँझदेखि हजारौँ यात्रु अलपत्र परेका छन् । काठमाडौँ भित्रिने र बाहिरिने सवारी लामो समयसम्म रोकिँदा हजारौँ यात्रुहरू मर्कामा परेका हुन् ।
यता बीपी राजमार्गको चौकिडाँडा, नारायणगढ–बुटवल खण्डअन्तर्गत दाउन्नेमा पनि हिजोदेखि सडक अस्तव्यस्त बनेको छ ।
९. जेनजी सहिदको स्मृति
नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले ‘जेनजी’ सहिदहरूको आत्माको चिरशान्तिको कामना गर्दै शनिबार राजधानीको रत्नपार्कस्थित शान्ति बाटिकामा दीप प्रज्वलन गरेको छ। सो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको समेत उपस्थित थियो । यस्तै कार्यक्रममा नेपाली कांग्रेसका अन्य नेता, कार्यकर्ताको पनि सहभागिता रहेको थियो।
१०. मधेस प्रदेशसभा बैठक
मधेस प्रदेशसभाको बैठक असोज ७ गते बस्ने भएको छ । शनिबार सभामुख रामचन्द्र मण्डलले असोज ७ गते दिनको १ बजे प्रदेशसभा बैठक बस्ने जानकारी दिएका हुन् ।
११. पहिलो प्रस्रव
‘पहिला पहिला निद्रा नलाग्दा उठेर पढ्थेँ तर अचेल मलाई मोबाइलले अलि बरालेको छ । निद्रा लाग्दैन, उठेर किताब पढ्नुभन्दा पनि मोबाइल चलाउन मन लाग्छ,’ साहित्यकार मन्जु काँचुली आफ्नो दिनचर्या बताउँछिन्, ‘पहिलेजस्तो त किताब पढ्दिनँ, अलिअलि पढ्छु, अंग्रेजी र नेपाली दुवै भाषामा लेख्छु । बिहान उठेर जप गर्छु । टीभीमा गीतहरू सुन्छु । अबिर–फूल राखेर पूजा गर्दिनँ, घण्टी हल्लाउँदिनँ । मनले भगवानलाई सम्झिन्छु ।’
१२. शनिबार विशेषः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण