शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: आरजु राणाका भाइको घरमा सिआईबीकाे छापा, एकीकृत समाजवादीमा असन्तुष्टि

सोमबार, १३ असोज २०८२, ०० : ००
सोमबार, १३ असोज २०८२

सारांश

  • आरजु राणाका भाइको घरमा सीआईबीले छापा मारेको छ र केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ।
  • गृह मन्त्रालयले जेनजी प्रदर्शनकारीलाई हिरासतमुक्त गर्न निर्देशन दिएको छ, जसमा गम्भीर अपराधमा संलग्न नभएकाहरू छन्।
  • एमाले अध्यक्ष केपी ओली र अन्य नेताहरूलाई विदेश यात्रामा रोक लगाइएको छ, जबकि सेयर बजार एक हप्ताको लागि बन्द हुनेछ।

काठमाडौँ । रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१२ बजे १२ समाचार’ लिएर उपस्थित भएका छौँ–

१. आरजु राणाका भाईको घरमा सिआईबी छापा

निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको निवासमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छापा मारेको छ। आइतबार साँझ गरिएको छापामा केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिइएको सिआईबी स्रोतले जनाएको छ।

२. गृहको सर्कुलर

जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूलाई ‘स्क्रिनिङ’ गरी रिहा गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले जघन्य अपराधमा संलग्नबाहेकका प्रदर्शनकारीलाई हिरासतमुक्त गर्ने प्रक्रिया सुरु गरेको छ ।

३.  एकीकृत समाजवादीमा असन्तुष्टि

केन्द्रीय कमिटी बैठक नबोलाई पार्टी एकताका लागि कार्यदल गठन गरेको भन्दै नेकपा एकीकृत समाजवादीको विद्रोही पक्षले पत्रकार सम्मेलनको तयारी गरेको छ ।
अध्यक्ष माधवकुमार नेपालले वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा ३ सदस्यीय प्रमेश हमाल र प्रकाश ज्वाला सदस्य रहेको पार्टी एकता वार्ता समिति गठन गरेका थिए ।

४. एमाले बाेलायाे केन्द्रीय कमिटीको बैठक

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्नका लागि असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

केन्द्रीय सचिवालयको आइतबार गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

केन्द्रीय कमिटीका एजेन्डा तय गर्न असोज १९ र २० गते सचिवालयको अर्को बैठक काठमाडौँमा बस्नेछ । 

५. बढुवा सिफारिस

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई बढुवाका लागि सिफारिस गरेको छ ।

६. एमालेको आपत्ति

नेकपा एमालेले अध्यक्ष केपी ओलीको राहदानी रोक्का गर्ने निर्णयलाई प्रतिशोध भनेको छ । साथै एमालेले सरकार दलहरूलाई निषेध गर्नेगरी अघि बढेको ठहर समेत गरेको छ । 

७. मन्त्रिपरिषद्

सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएकाहरूको पहिचानका लागि परिचयपत्र दिने निर्णय गरेको छ । 
मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरण गर्ने र जेनजी क्लिनिकमार्फत सहज उपचार उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।

८. जेनजी आन्दोलनको असर

भदौ २३ र २४ गते देशव्यापी रूपमा फैलिएको जेनजी पुस्ताको स्वतःस्फूर्त आन्दोलन र त्यसपछिको परिस्थितिले मुलुकको राजनीतिक र सामाजिक वृत्तमा तरंग ल्याएको छ ।

९. ओलीलाई विदेश यात्रामा रोक

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक लगाइएको छ । 

ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान रोक लगाइएको हो । 

भदौ २३ र २४ को आन्दोलनको छानविन गर्न गठित जाँचबुझ आयोगले उनीहरूको विदेश यात्रामा रोक लगाएको आयोगका सदस्य विज्ञानराज शर्माले रातोपाटीलाई जानकारी दिए ।

१०. कांग्रेसको कुरा

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरू सफल नहुने बताएका छन् ।

आज बिहान निजी निवास महाराजगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले  फेरि पार्टीहरू जागरूक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्ने बताए । कांग्रेस पुनः माथि उठ्ने उनको भनाइ छ ।

  • थप समाचारहरु: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप