१२ बजे १२ समाचार: प्रचण्डको एकता प्रस्तावमा जनार्दन असन्तुष्ट, मन्दिरमा पनि भ्रष्टाचार
सारांश
- जानकी मन्दिरमा भ्रष्टाचारको आरोप लागेको छ।
- प्रचण्डले नेकपा एससँगको एकता नरोकिने बताएका छन्, भने जनार्दन शर्माले असहमति जनाए।
- प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक बोलाएकी छिन्।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. मन्दिरमा पनि भ्रष्टाचार
मधेस प्रदेशमा भ्रष्टाचारका विभिन्न काण्ड बेलाबखत प्रकाशमा आउने गरेका छन् । पछिल्लो पटक जानकी मन्दिरमा समेत भ्रष्टाचार भएको भन्दै स्थानीय स्तरमा प्रश्न उठ्न थालेको छ ।
२. प्रचण्डको एकता प्रस्तावमा नारायणकाजी सहमत, जनार्दन असन्तुष्ट
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादीसँगको एकता नरोकिने स्पष्ट पारेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा प्रचण्डले प्रचण्डले वामपन्थीबिच एकता र ध्रुवीकरण आजको ऐतिहासिक आवश्यकता भएकाले एकता प्रक्रिया नरोकिने स्पष्ट पारेका हुन् ।
३. मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको बैठक बस्दै
प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् ।
बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ।
४. एमाले सचिवालय बैठक
नेकपा एमालेले प्रतिनिधि सभा पुनस्र्थापनाका लागि जनपरिचालन गर्ने भएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले देशका ६ हजार ७ सय ४३ वटै वडामा आगामी कात्तिक २२ गते जनभेला गर्ने भएको छ ।
५. पार्टी पुनर्गठन
माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयको विपक्षमा उभिएको झलनाथ खनाल र घनश्याम भुसाल पक्षले पार्टीभित्र र बाहिरका शक्तिसँग पुनर्गठन र ध्रुवीकरणका लागि संवाद गर्न घनश्याम भुसाललाई जिम्मा दिएको छ ।
६. कांग्रेस बैठक
नेपाली काँग्रेसको आसन्न महाधिवेशनको कार्यतालिका बारे सहमति जुटाउन बसेको पार्टी पदाधिकारी बैठक बिना निष्कर्ष टुङ्गिएको छ। निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा देखिएको विवाद समाधान गर्न शनिवार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पनि सहमति जुट्न नसकेको हो।
७. जेनजी विद्रोह किन भयो ? अबको बाटो के हो?
जेनजी विद्रोहबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्ने र आगामी राजनीतिक निकासका सम्बन्धमा जेनजीका प्रतिनिधि तथा नागरिक अगुवाहरूबिच अन्तक्र्रिया सम्पन्न भएको छ। ’राजनीतिक संवाद थालनी’ को आयोजनामा शनिबार काठमाडौँमा भएको कार्यक्रममा सहभागीहरूले जेनजी विद्रोह र त्यसपछिको बाटोबारे छलफल गरेका हुन्।
८. पुनर्निर्माण तत्काल असम्भव
भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा कर्णाली प्रदेश सभा भवन ध्वस्त भएपछि हिउँदे अधिवेशन सञ्चालन गर्न स्थान अभाव भएको छ । प्रदेश सभा सचिवालयले तत्काल पुनर्निर्माण सम्भव नरहेकाले कामचलाउ भवन निर्माणको तयारी थालेको छ ।
९. खेलकुद
आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ ।
एक महिनाको रोमाञ्चक प्रतिस्पर्धा र ३० वटा भिडन्तपछि, अब सबैभन्दा ठुलो खेलको लागि समय आएको छः महिला विश्वकपको फाइनल।
१०. स्वास्थ्य
चियाको कप र चुरोटको सर्को। नेपालमा यो संयोजन निकै सामान्य छ। कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्।
उचित पारिश्रमिकको माग राख्दै आन्दोलन गरिरहेका नर्स र सरकारबीच सहमति भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधि सहमतिमा पुगेका हुन्।
११. ७८ जनाको ज्यान जाने गरी भएको आगलागी ः ११ जनालाई जन्मकैद
टर्कीको उत्तर–पश्चिमी बोलु पर्वतस्थित कर्ताल्काया स्की रिसोर्टको एक होटलमा भएको भीषण आगलागीमा ७८ जनाको मृत्यु भएको घटनामा ११ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ। शुक्रबार अदालतले यो फैसला सुनाएको हो।
१२. शनिबार विशेष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण