बुधबार नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स र काठमाण्डु गोर्खाजबीच खेल भइरहेको छ।
खेलको अपडेटको लागि प्रतिक्षा गर्नुहोस्।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार साविक उपविजेता सुदूरपश्चिम रोयल्सले आफ्नाे पहिलाे खेलमा काठमाण्डु गोर्खाजलाई हराएकाे छ ।
बुधबार त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा राेयल्सले गाेर्खाजलाई २९ रनले हराएकाे हाे । सुरुमा ब्याटिङ गरेकाे राेयल्सले १४८ रनकाे लक्ष्य दिएकाे थियाे ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले विजयी सुरुआत गरेको छ ।
रोमाञ्चक खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले हरायो । जितपछि सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमटाले योजनाबद्ध र आत्मविश्वासका साथ प्रस्तुत हुँदा जित हासिल भएको प्रतिक्रिया दिएका छन्। उनले भने “टस हारेर ब्याटिङको निम्तो पाउँदा खराब सुरुआत भयो, तर त्यसपछि आवश्यक योजना र निश्चित रणनीतिका साथ अगाडि बढ्यौँ । फाइटिङ स्कोर बन्यो र बलिङबाट पनि जित्छौँ भन्ने आत्मविश्वासले काम गर्यो ।”
‘पावर प्ले’मा चार विकेट गइसक्दा धड्कन नै बढेको अनुभव सुनाउँदै टमटाले त्यसपछि ‘ब्याटिङ’मा कप्तान दीपेन्द्रसिंह ऐरीलाई दिएको भूमिका निभाउँदा र हरमित सिंहले आक्रामक खेल्दा जित सहज भएको धारणा राखे। “दीपेन्द्र र आरिफ सेखबिचको साझेदारी पनि महत्त्वपूर्ण रह्यो, जसको मद्दतले प्रतिस्पर्धात्मक लक्ष्य बन्न पुग्यो र त्यसपछि बलिङबाट पनि जित्ने प्लानअनुसार अगाडि बढेको र त्यसमा सफलता हात पारेको हो”, उनले भने ।
काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजीको प्रस्ताव राख्ने दुई जना मंगलबार पक्राउ परे । पक्राउ पर्नेमा भारतको हरियाणा घर भएका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबर्दिया नगरपालिका–८ घर भएर भारत बस्ने रेविकासिंह ठकुरी छन् ।
रेविका पछिल्लो समय भारतको चण्डिगढ बस्दै आएकी थिइन् । भारतीय युवक सिंहलाई उनले चण्डीगढमा नै चिनेकी हुन् । उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
रेविकाले आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत एक जना नेपाली खेलाडीलाई ‘स्पोन्सर’ गर्ने प्रस्ताव गरिन् । क्रिकेट खेलाडीले यताबाट सोधे, ‘कस्तो स्पोन्सर ?’ त्यसपछि उनले भेटेर गफ गर्ने बताइन् । खेलाडीले कुरा गर्ने सङ्केत पाएपछि दिलप्रित सिंह र रेविका जहाज चढेर काठमाडौँ ओर्लिए ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाजलाई हराएको छ ।बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा रोयल्सले गोर्खाजलाई २९ रनले हराएको हो ।
टस हारेर सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाउँदै दिएको १४८ रनको लक्ष्य काठमाडौँले भेट्टाउन सकेन । १९ बल बाँकी छँदै काठमाडौँ पूरा विकेट गुमाएर ११८ रनमा सीमित भयो ।
काठमाडौँ । काठमान्डु गुर्खाजलाई २९ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा जितको खाता खोलेको छ ।
बुधबार साँझ आफ्नो दोस्रो खेलमा काठमाडौँ सुदूरपश्चिम पराजित हुन पुग्यो ।
टस हारेर सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाउँदै दिएको १४८ रनको लक्ष्य काठमाडौँले भेट्टाउन सकेन । १९ बल बाँकी छँदै काठमाडौँ पूरा विकेट गुमाएर ११८ रनमा सीमित भयो ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका नरेन साउदले काठमाण्डु गाेर्खाज विरुद्ध सातौँ विकेटको सफलता दिलाएका छन् । साउदले काठमाण्डुका मिलिन्द कुमारलाई आउट गरेका हुन् ।
मिलिन्दले १४ बलमा एक चौका सहित ११ रन बनाउँदै पेभेलियन फर्काएका हुन् । १४८ रनको लक्ष्य पछ्याएको काठमाण्डुले १५ ओभरमा ११० रन बनाउँदा ७ विकेट गुमाएको छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा जारी एनपीएल प्रतियोगिता हेरेर फर्किने दर्शकहरूका लागि निःशुल्क बस सेवा सुरु गरिएको छ । युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघ (क्यान) को संयुक्त पहलमा यो सुविधा सञ्चालनमा ल्याइएको हो ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो निजी सवारी साधन नभएका दर्शकहरूलाई लक्षित गरी मन्त्रालय र क्यानको विशेष पहलमा यो सेवा सुरु गरिएको बताए । यसबाट साँझको समयमा घर फर्कन असहज हुने महिला, वृद्ध, र अशक्त (अपाङ्गता भएका) व्यक्तिहरूलाई ठुलो राहत मिल्ने विश्वास गरिएको उनको भनाइ छ ।
निःशुल्क बस सेवाको सञ्चालनमा मुस्कान ट्राभल्सले सहकार्य गरेको छ। यो सेवा बुधबारदेखि खेल अवधिसम्म लागु हुनेछ। दर्शकहरूको सुविधालाई मध्यनजर गर्दै बसहरू हरेक बेलुकी ६ बजेदेखि ८ बजेसम्म उपलब्ध हुने जनाइएको छ ।
काठमाडौँ । त्रिवि क्रिक्रेटमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा काठमाण्डु गोर्खाजको ६ विकेट झरेको छ । सुदूरपश्चिम रोयल्सका इशान पाण्डेले बुधबारकाे खेलमा जोन सिम्पसनलाई २४ रनमा आउट गरेका हुन् ।
उनले १८ बलमा २ चौका र एक छक्का हानेका थिए । पाण्डेले सिम्पसनलाई एलबी डब्लु धरापमा पारेका हुन् । लगत्तै सुदूरपश्चिमका स्पिनिर हर्मित सिंहले काठमाण्डुका ओपनर आकाश त्रिपाठीलाई आउट गरेका हुन् ।
त्रिपाठीले ३० बलमा ३४ रन बनाउँदै आउट भएका हुन् । त्यसपछि आएका काठमाण्डुका आदिल आलम गोल्डेन डक भए । उनलाई हर्मितले एलबीडब्लु धरापमा पारेका हुन् ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा काठमान्डु गोर्खाजको तेस्रो विकेट झरेको छ ।
बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा सुदूरपश्चिम रोयल्सले सन्तोष यादवलाई एक रनमा रन आउट गरेको हो । कप्तान दीपेन्द्र ऐरी र विकेट किपर विनोद भण्डारीले रन आउट गरेका हुन् ।
यस अघि सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिइसकेको छन् । धामीले भीम सार्कीलाई १२ रनमा आरिफ शेख मार्फत क्याच आउट गराएका हुन् ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा बुधबार काठमान्डु गाेर्खाजविरुद्ध हेमन्त धामीले सुदूरपश्चिम रोयल्सलाई दोस्रो सफलता दिलाएका छन् । धामीले भीम सार्कीलाई १२ रनमा आरिफ शेख मार्फत क्याच आउट गराएका हुन् ।
सार्कीले १० बलमा एक छक्का सहित १२ रन बनाएका थिए । यस अघि पनि धामीकै बलमा एज लागेर ८ रनमा ओपनर बेन चार्ल्सवर्थ पेभेलियन फर्केका थिए ।
विकेटकिपर विनोद भण्डारीले क्याच लिएका थिए । १४८ रनको लक्ष्य पछ्याएको काठमाण्डुले ३३ रन बनाउँदा २ विकेट गुमाएको छ ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाज विरुद्ध हेमन्त धामीले सुदूरपश्चिम रोयल्सलाई पहिलो सफलता दिलाएका छन् ।
धामीको बलमा एज लागेर ८ रनमा ओपनर बेन चार्ल्सवर्थ पेभेलियन फर्केका हुन् । उनको विकेटकिपर विनोद भण्डारीले क्याच लिएका थिए ।
१४८ रनको लक्ष्य पछ्याएको काठमाण्डुको लागि भीम सार्की र आकाश त्रिपाठीले ब्याटिङ गरिरहेका छन् । २ ओभर सकिँदा काठमाण्डुले एक विकेटको क्षतिमा २३ रन बनाएको छ ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्सका हर्मित सिंहले अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका हर्मितले १८ ओभरमा १९ बल खेल्दै अर्धशतक पूरा गरे ।
उनको अर्धशतकसँगै सुदूरपश्चिमले १९ ओभरको खेल सकिँदा ९ विकेट गुमाउँदै १४२ रन बनाएको छ ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरी ३९ रनमा आउट भएका छन् । ऐरीले ३० बलमा ३ चौक र एक छक्काको मद्दतमा रन ३९ रन बनाएका थिए ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाज विरुद्ध लगातार विकेट झरेपछि सम्हालिएर खेलेको सुदूर पश्चिम रोयल्सका आरिफ शेख पनि आउट भएका छन् । शेख २४ बलमा २५ रन बनाएर रासिद खानको बलमा एलबिडब्लु धरापमा परेका हुन् । यो सँगै सुदूरपश्चिमले आफ्नो प्रमुख ५ ब्याट्सम्यान गुमाएको छ ।
पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका दुई ओपनर जोश ब्राउन र विनोद भण्डारी खाता नै नखोली आउट भएका थिए भने तेस्रो नम्बरमा आएका स्टार ब्याटर क्रिस लिन पनि करण केसीको बलमा मिलिन्द कुमारको हातबाट क्याच हुन पुगेका थिए ।
काठमान्डुको लागि मिलिन्द कुमारले इशान पाण्डेलाई ११ रनमा आउट भएका थिए भने अहिले शेख आउट भएका हुन् । क्रिजमा कप्तान दीपेन्द्र सिंह ऐरीलाई साथ दिन नरेन साउद आएका छन् । पहिलो इनिङको आधार ओभर अर्थात १० ओभर सकिँदा सुदूरले ५४ रन बनाउँदा ५ विकेट गुमाएको छ ।
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजविरुद्ध ब्याटिङमा आएको सुदूरपश्चिम रोयल्सले पावर प्ले मै ४ विकेट गुमाएको छ । काठमान्डुको लागि मिलिन्द कुमारले इशान पाण्डेलाई ११ रनमा आउट गरेसँगै सुदुरपश्चिम संकटमा आएको छ ।
पाण्डेले एक चौका र एक छक्का सहित ११ रन बनाएर सम्हालन खोजेका थिए तर मिलिन्दले आदिल आलमबाट क्याच गराएका हुन् ।
पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका दुई ओपनर जोश ब्राउन र विनोद भण्डारी खाता नै नखोली आउट भएका थिए भने तेस्रो नम्बरमा आएका स्टार ब्याटर क्रिस लिन पनि करण केसीको बलमा मिलिन्द कुमारको हातबाट क्याच हुन पुगेका थिए ।
काठमाडौँ । जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सको लगातार ३ विकेट झरेको छ । काठमाडौँ गुर्खाजका कप्तान करण केसीले व्यक्तिगत र टिमका लागि लगातार ३ विकेट लिँदै उत्कृष्ट सुरुवात गरेका हुन् ।
पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका दुई ओपनर जोश ब्राउन र विनोद भण्डारी खाता नै नखोली आउट भएका थिए भने तेस्रो नम्बरमा आएका स्टार ब्याटर क्रिस लिन पनि करण केसीको बलमा मिलिन्द कुमारको हातबाट क्याच हुन पुगे ।
लगातार विकेट गुमेर रन बनाउन सङ्घर्ष गरिरहेको सुदूरपश्चिमका लागि अहिले इशान पाण्डे र आरिफ शेख क्रिजमा छन् । ४ ओभरमा सुदूरपश्चिमले जम्मा ११ रन बनाएको छ ।
काठमाडौँ । सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपील)को बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै दुई विकेट गुमाएको छ । काठमान्डु गोर्खाजका कप्तान करण केसीले पहिलो ओभरमा दुई विकेट लिएका हुन् ।
केसीले दोस्रो बलमा जोस ब्राउन र छैटौँ बलमा विनोद भण्डारीको विकेट लिए । केसीले पहिलो ओभरमा दुई विकेट लिएर जम्मा एक रन दिए ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा बुधबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र काठमाण्डु गोर्खाजबिच खेल हुँदैछ । ४ बजे हुने खेलमा काठमाडौँले टस जितेर बलिङ राजेको छ ।
काठमाडौँ । विश्वमा खेलकुद मनोरञ्जनको माध्यम र राष्ट्रिय गौरवको विषय मात्रै होइन, अर्थतन्त्रको शक्तिशाली इन्जिन समेत बनिसकेको छ । यसमा फुटबल र क्रिकेटको हिस्सा सबैभन्दा बढी छ ।
छिमेकी देश भारतमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल)का बेला अर्थतन्त्रको चलायमान निकै ठुलो हुन्छ । आईपीएल हुँदा अर्बौँ डलरको कारोबार हुन्छ भने त्यसले लाखौँलाई रोजगारी समेत दिन्छ । आईपीएलले भारतको विज्ञापन बजारलाई नै नयाँ उचाइमा पुर्याउँछ ।
युरोपमा फुटबलका ठुला-ठुला लिगहरू हुन्छन् । जस्तै- च्याम्पियन्स लिग, इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, बुन्डेस लिगा आदि । यी प्रतियोगिताले वार्षिक दसौँ अर्ब युरो बराबरको कारोबार गर्छन् । खेलकुदको माध्यमबाट पर्यटन उद्योगलाई पनि ठुलो फाइदा पुग्छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधवार हुने प्रतियोगिताको सबै टिकट बिक्री भएको छ । बुधबार ४ बजेबाट काठमान्डु गुर्खाज र सुदूरपश्चिम रोएल्सबिच हुने प्रतियोगिताको सबै टिकट बिक्री भैसकेको भन्दै प्रहरीले टिकट नहुनेहरूलाई मैदान नजान आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना जारी गरेर भनेको छ, ‘टिकट नभएका महानुभावहरूलाई उक्त स्थान वरपर भिडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने काममा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ।’
प्रतियोगिता स्थल त्रिवि क्रिकेट मैदानमा प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ । टिकट नभएका मानिसहरू मैदान आसपासमा भेला हुँदा सुरक्षा व्यवस्थापन असहज हुने गरेको प्रहरी अधिकृतहरू बताउँछन् ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (सोमबार) साविकको उपविजेता सुदूरपश्चिम रोयल्स र विजयी सुरुवात गरेको काठमान्डु गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् ।
त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ । काठमान्डुलाई आफूले लिएको एउटा मोमेन्टमलाई कामय गर्न चुनौती छ भने सुदूरपश्चिमलाई अघिल्लो सिजनको लय समाल्ने चुनौती हुनेछ ।