शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: अध्यक्षमा उठ्ने ईश्वरको घोषणा, दोस्रो दिन पनि सिमरा क्षेत्र अशान्त

बिहीबार, ०४ मङ्सिर २०८२, २३ : ५६
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • एमाले नेता ईश्वर पोखरेलले पार्टीको महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।
  • बाराको सिमरामा जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा कर्फ्यु लगाइयो भने माओवादी घटकमा त्रिपक्षीय भिडन्त हुने सम्भावना छ।
  • सरकार र बञ्चरेडाँडाका स्थानीयबीच ११ बुँदे सहमति भएको छ भने राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनमा सेना परिचालन गर्न सिफारिस गरेको छ।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–

१. अध्यक्षमा उठ्ने ईश्वरको घोषणा

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।


२. बारा अपडेट

बाराको सिमरामा जेनजी प्रदर्शनकारीले कफ्र्यु अवज्ञा गर्दै बिहीबार दिउँसो सडकमा प्रदर्शन गरेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ, जहाँ एक राउन्ड हवाई फायर गरिएको बाराका एसपी सन्तोष तामाङले रातोपाटीलाई जानकारी दिए ।


३. माओवादी घटकमा त्रिपक्षीय भिडन्त

जेनजी विद्रोहपछि राजनीतिक दल अदलबदल, गठन र विघटनको प्रक्रिया तीव्र गतिमा बढेको छ । दल गठन र विघटनको प्रभाव जनयुद्धको विरासत बोकेको माओवादी घटकमा पनि देखियो ।

प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबिच बिहीबार भेटवार्ता भएको छ।

४. मुख्यसचिवसँग सोधपुछ

मुख्यसचिव एकनारायण अर्यालसँग उच्चस्तरीय जाँचबुझ आयोगले सोधपुछ गरेको छ । बिहीबार सिंहदरबार स्थित आयोगको कार्यालयमा अर्याललाई बोलाएर सोधपुछ गरिएको आयोगका प्रवक्ता एर्व पूर्व एआईजी विज्ञानराज शर्माले रातोपाटीलाई बताए ।

५. अदालत

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति आफैँमा असंवैधानिक भएकाले कार्कीले गरेको प्रतिनिधि सभा विघटनको सिफारिस पनि स्वतः अमान्य हुने सर्वोच्च अदालतलाई जवाफ दिएका छन् ।

‘नेपालको संविधानले असंवैधानिक रूपमा पदमा पुगेको व्यक्तिद्वारा गरिने कुनै पनि कार्यलाई वैधानिक मान्यता दिन सक्दैन’, सभामुखले विघटनसम्बन्धी रिटमा सर्वोच्चलाई दिएको लिखित जवाफमा भनिएको छ ।

 

६. एकता प्रक्रिया

नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकीकरण अन्तिम चरणमा पुगेको छ । बिहीबार पेरिसडाँडामा भएको पार्टीहरूको कार्यदलस्तरीय वार्तामा एकताका लागि सहमति जुटेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।

७. क्रिकेट

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ । यस जितसँगै लुम्बिनीले प्रतियोगितामा आफ्नो पहिलो दुई अंक जोडेको छ ।

८. फोहोर विवाद

सरकार र बञ्चरे डाँडाका स्थानीयहरूबिच ११ बुँदे सहमति भएको छ । बिहीबार सिंहदरबारमा भएको सरकार र बञ्चरेडाँडाका स्थानीयबिचको छलफल ११ बुँदे सहमतिसहित टुङ्गिएको हो ।

 

९.मधेसमा एमाले

जेनजी आन्दोलनका कारण संघीय सरकारबाट सत्ताच्युत भएको एमालेले मधेसमा पनि सत्ता गुमाएको छ । अहिले एमाले र जेनजी आमनेसामनेजस्तै देखिएका छन् । बुधबार बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजी समूहबिच झडप हुँदा स्थानीय प्रशासनले कफ्र्यु आदेश नै जारी गर्नुपर्‍यो ।  

१०. परिषद् बैठक

सरकारले आगामी फागुन २१ गतेका लागि तोकेको प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन हुने भएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

 

११. दुर्गा प्रसाईं

सोमबार मध्यराति मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियान चलाउँदै आएका दुर्गा प्रसाईंलाई सरकारले पक्राउ गर्‍यो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसाईंलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाए । अहिले सामाजिक सञ्जालमा ओलीले प्रसाईं पक्राउप्रति आपत्ति जनाएको विषयमा आलोचना भइरहेको छ ।

१२. सेयर बजार

साताको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से सामान्य घटेको छ । बजार परिसूचक ०.९३ अङ्क घटेर नेप्से २५६०.१५ अङ्कमा झरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप