शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
एनपीएल LIVE : दोस्रो खेलमा हार्‍यो चितवन
LIVE UPDATES

LIVE UPDATES : एनपीएल LIVE : दोस्रो खेलमा हार्‍यो चितवन

बिहीबार, ०४ मङ्सिर २०८२, १९ : ११
Live

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा लुम्बनीले चितवन राइनोजमाथि ६ विकेटको जित निकालेको हो । पहिलो खेलमा पराजित चितवन दोस्रो खेलमा भने पराजित हुन पुगेको हो । 

खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्ण: कप्तान पौडेल

काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपालका क्रिकेट खेलाडीको वृत्तिविकासका लागि नेपाल प्रिमियर लिग (एनपिएल) महत्वपूर्ण प्लेटफर्म भएको बताएका छन् ।

एनपिएलअन्तर्गत आज आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले प्रतियोगिताका कारण धेरै नेपाली खेलाडीले लाभ लिने बताए ।

कप्तान पौडेलले यो संस्करणमा जीतसँगै सुरुआत भएकाले आत्मबल बढेको उल्लेख गरे । “पहिलो खेलमा विदेशी खेलाडीले पनि राम्रो प्रदर्शन गरे, यसका लागि दुई÷तीन महिनादेखि नै काम भइरहेको थियो, स्वदेशी र विदेशी खेलाडीबीच समन्वय भएमा नतिजा सकारात्मक निस्कन्छ”, उनले भने ।

चितवन राइनोजका बोपाराको दोस्रो अर्धशतक

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका रवि बोपाराले दोस्रो अर्धशतक बनाएका छन् ।

लुम्बिनी लायन्सविरुद्ध आजको खेलमा बोपाराले ४५ बलमा चार चौका र दुई छक्काको मद्दतमा अर्धशतक बनाएका उनले ५५ बलमा छक्का र चार चौका हान्दै ६६ रनको योगदान दिए ।

बोपारालाई रुबेल ट्रम्पलम्यानले दिलिप नाथबाट क्याच आउट गराए । यसअघि बोपाराले यही मङ्सिर २ गते कर्णाली याक्सविरुद्ध पनि अर्धशतक पूरा गरेका थिए । इङ्गल्याण्डका बोपारा दोस्रो पटक चितवनबाट एनपीएल खेलिरहेका छन् । 

लुम्बिनीले चितवनलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडाैँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ ।

यस जितसँगै लुम्बिनीले प्रतियोगितामा आफ्नो पहिलो दुई अंक जोडेको छ । 

01-583084175_1581048596385716_8211262434707273576_n02-582339066_1617842659227126_1919686689528422674_n03-582441764_1777909649581588_2617965552205558360_n04-582438853_1515689056367213_243191444586620012_n05-582417536_1447356206364970_448524800288416261_n06-584858630_787345831139355_4065179893089753138_n07-582356939_851452314497400_2963018132147310343_n08-584388576_1516113049635370_1505711675167846825_n09-582437894_1343575523558221_8183747499533460022_n10-582177026_663466023364162_2693464871456208451_n11-582238884_1386079679776769_481867540060435146_n12-582592364_4092345874410521_636180275398150807_n13-584426248_698865979942047_5510236627237409794_n

लुम्बिनीको विजयी सुरुवात, दोस्रो खेलमा चितवन पराजित

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ ।

यस जितसँगै लुम्बिनीले प्रतियोगितामा आफ्नो पहिलो दुई अंक जोडेको छ । 

चितवनले प्रस्तुत गरेको १४३ रनको लक्ष्य लुम्बिनी लायन्सले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा गुलबादिन नैबले सर्वाधिक ४४ रनको आक्रामक पारी खेले । उनले २४ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।

दिलिप नाथ रन आउट, चितवनलाई तेस्रो सफलता

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल)मा बिहीबार भएको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सको ३ विकेट झारेको छ ।

लुम्बिनीका ब्याट्समेन दिलिप नाथ १० रनमा रन आउट भएका हुन् । उनले १५ बलमा १ चौका हिर्काए । चितवनका कप्तान कुशल मल्ल र विकेट किपर अर्जुन साउदले नाथलाई रन आउट गरेका हुन् । 

१४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ११ ओभरमा ८७ रन बनाउँदा ३ विकेट गुमाएको छ ।

पावर प्लेमा रिजनको २ विकेट, लुम्बिनीले दुवै ओपनर गुमायो

काठमाडाैँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल)मा चितवन राइनोजलाई रिजन ढकालले लगातर दोस्रो सफलता दिलाएका छन् ।

ढकालले ओपनर सन्दिप जोरालाई २८ रनमा कप्तान कुशल मल्लबाट क्याच  आउट गरेका हुन् । जोराले १८ बलमा ४ चौका सहित २८ रन बनाए ।

१४३ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सका ओपनर डीआर्सी सर्टलाई ११ रनमा ढकालले नै बोल्ड गरेका हुन् । सर्टले १ चौका र एक छक्का सहित ६ बलमा ११ रन बनाएका थिए ।

रिजनले दिलाए चितवनलाई पहिलो सफलता

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा चितवन राइनोजलाई रिजन ढकालले पहिलो सफलता दिलाएका छन् ।

१४३ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सका ओपनर डीआर्सी सर्टलाई ११ रनमा बोल्ड गरेका हुन् ।  सर्टले १ चौका र एक छक्का सहित ६ बलमा ११ रन बनाएका थिए । लुम्बिनीले २ ओभरमा २४ रन बनाएको छ ।

बोपराको अर्धशतकमा चितवनद्वारा लुम्बिनीलाई १४३ रनको लक्ष्य

काठमाडौँ । रवी बोपराको अर्धशतकको सहयोमा चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरका ७ विकेट गुमाउँदै १४२ रन बनायो ।चितवनका लागि रवी बोपराले ६६ रनको अर्धशतकीय पारी खेले । ५५ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

बोपरालाई गुलबदीन नइबले क्याच आउट गराएका थिए  । त्यस्तै कप्तान कुशल मल्लले २१ रन बनाए । मल्ललाई लुम्बिनीका रुवेन ट्रम्पेलमनले क्याच आउट गराएका थिए । ट्रम्पेलमनले नै शैब जैबलाई १४ रनमा बोल्ड आउट गराएका हुन् । चितवनका लागि १० बनाउँदै दीपक बोहरा आउट भए । उनलाई लुम्बिनीका अविषेश गौतमले क्याच आउट गराए ।

वोपराको अर्धशतकमा लुम्बिनीलाई चितवनले दियो १४३ रनको टार्गेट

काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा चितवन राइनोले  लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ ।  

६६ रनमा वोपरा आउट

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा चितवन राइनोजको ६ विकेट गुमेको छ । 

कीर्तिपुरमा क्रिकेटप्रेमी, तस्बिरहरू

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोजको खेल हेर्न दर्शक कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुगेका छन् । 

01-NPL Chitawan vs lumbini (1)02-NPL Chitawan vs lumbini (2)03-NPL Chitawan vs lumbini (3)04-NPL Chitawan vs lumbini (4)05-NPL Chitawan vs lumbini (5)06-NPL Chitawan vs lumbini (6)07-NPL Chitawan vs lumbini (7)08-NPL Chitawan vs lumbini (8)09-NPL Chitawan vs lumbini (9)10-NPL Chitawan vs lumbini (10)11-NPL Chitawan vs lumbini (11)12-NPL Chitawan vs lumbini (12)13-NPL Chitawan vs lumbini (13)14-NPL Chitawan vs lumbini (14)

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

सैब जैब १५ रनमा आउट, लुम्बिनीलाई पाँचौँ सफलता

काठमाडौँ ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा चितवन राइनोजको ५ विकेट गुमेको छ । लुम्बिनीका रुबेन ट्रम्पलम्यानले सैब जैबलाई १५ रनमा आउट गर्दै पाचौ सफलता दिलाएका हुन् ।  

जैबले ७ बलमा २ चौका र एक छक्का प्रहार गरे । अनुभवी ब्याट्समेन रवि बोपरालाई इनिङ सम्हाल्दै ५२ बलमा ६५ रन बनाएका छन् । 

उनलाई साथ दिन चितवनका अर्जुन साउद क्रिजमा आएका छन् ।  १८.३ ओभरको क्षतिमा चितवनले १३३ रन बनाएको छ ।

लुम्बिनीलाई चौथो सफलता मल्ल २१ रनमा आउट

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा चितवन राइनोजले लुम्बिनी लायन्स विरुद्ध कमजोर ब्याटिङ  गर्दा  १५.२ ओभरमा ४ विकेट गुमाएको छ । 

लुम्बिनीका रुबेन ट्रम्पलम्यानले आफ्‌नो व्यक्तिगत र टिमको लागि चौथो विकेटको रूपमा चितवनका कप्तान कुशल मल्ललाई आउट गरेका हुन् । मल्लले १९ बलमा २१ रन बनाउँदा एक छक्का प्रहार गरे । 

लुम्बिनीका बलर सामु चितवनका ब्याट्सम्यान कमजोर देखिएका छन् । अनुभवी ब्याट्समेन रवि बोपरालाई इनिङ सम्हाल्दै ४२ बलमा ३९ रन बनाएका छन् भने उनलाई साथ दिन क्रिजमा सैब जैब आएका छन् ।

रातोपाटी समाचार प्रभाव : एनपीएल हेर्न जाने दर्शकसँग अनधिकृत पार्किङ शुल्क उठाउन बन्द

काठमाडौँ । कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न जाने दर्शकसँग पार्किङ शुल्कको रूपमा उठाउने गरेको रकम बन्द भएको छ । त्रिभुवन विश्वविद्यालय, क्रिकेट एसोसिएसन नेपाल (क्यान), कीर्तिपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग अनुमति नै नलिई कीर्तिपुर विकास समाजले अनधिकृत रूपमा पार्किङ शुल्क उठाउँदै आएको थियो ।

उक्त विषयमा रातोपाटीले भिडियो रिपोर्टिङ गरेपछि बुधबार पार्किङ शुल्क उठाउन बन्द गरिएको हो । कीर्तिपुर विकास समाजले दादागिरी शैलीमा दर्शकहरूसँग अनधिकृत रूपमा मोटरसाइकल पार्किङको १ सय रुपैयाँ, हेलमेटको थप ५० रुपैयाँ र चारपाङ्ग्रे सवारीको १५० रुपैयाँ शुल्क उठाउँदै आएको थियो ।

स्थानीयस्तरमा व्यवस्थापन गर्ने भन्दै सरोकारवाल पक्षलाई जानकारी नै नदिई पैसा उठाउन थालेपछि दर्शकले रातोपाटीसँग गुनासो गरेका थिए । समाजका नाममा केही युवाले पार्किङको रसिद काट्न लगाउने गरेका थिए ।

लुम्बिनी विरुद्ध चितवनको कमजोर ब्याटिङ

काठमाडौँ । सद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा चितवन राइनोजले लुम्बिनी लायन्स विरुद्ध कमजोर ब्याटिङ गरेको छ । पहिले टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले ११ ओभर खेल सकिँदा ३ विकेटको क्षतिमा ५६ रन मात्रै बनाएको हो ।  लुम्बिनी स्पिनर अभिषेक गौतम २ विकेट लिएका छन् । 

गौतमले चितवनका देव खनाललाई १४ रनमा र आउट गरेका छन् भने ओपनर दीपक बोहोरालाई १० रनमा आउट गरेका थिए ।  यस्तै  लुम्बिनीका रुबेन ट्रम्पलम्यानले आफ्‌नो दोस्रो बलमा मलानलाई शून्यमा आउट गरेका थिए ।

गौतमले फेरि लिए विकेट, खनाल १४ रनमा आउट

काठमाडौँ ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा चितवन राइनोज विरुद्ध पहिले बलिङ गरेको लुम्बिनीले तेस्रो सफलता हात पारेको छ । लुम्बिनीका स्पिनर अभिषेक गौतमले चितवनका देव खनाललाई १४ रनमा आउट गरेका हुन् ।  खनालले १९ बलमा एक छक्का हानेका थिए ।

लुम्बिनीलाई दोस्रो सफलता, दुवै ओपनर आउट

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा पहिले बलिङ गरेको लुम्बिनीले दोस्रो सफलता हात पारेको छ । चितवन राइनोजका ओपनर  दिपक बोहोरा १० रनमा आउट भएका हुन् । 

चितवनलाई झट्काः पहिलो ओभरमै मलान गोल्डेन डक

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) चितवनका डेविड मलान गोल्डेन डक भएका छन् ।

टस हारेर पहिले ब्याटिङमा आएका चितवनका मलानलाई  लुम्बिनीका रुबेन ट्रम्पलम्यानले आफ्‌नो दोस्रो बलमा शून्यमै आउट गरेका हुन् । लगातार दोस्रो जितको खोजीमा रहेको चितवनले पहिलो ओभर सकिँदा ४ रन बनाएको छ भने एक विकेट गुमाएको छ । 

 

चितवन भर्सेस लुम्बिनी, यी हुन् दुई टिमका खेलाडी

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) अन्तर्गत चितवन राइनोजले  लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

चितवन राइनोज आफ्नो दोस्रो जितको खोजीमा छ भने लुम्बिनी लायन्स यस संस्करणको आफ्नो पहिलो खेल खेल्दै छ । 

यस्तो छ चितवनको प्लेइङ ११ 

टस जितेर चितवनविरुद्ध बलिङ गर्दै लुम्बिनी

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा अहिले अपराह्न चार बजे चितवन राइनोज र लुम्बिनी लायन्सबिच खेल हुँदै छ । यसैबिच टस जितेर चितवनविरुद्ध लुम्बिनीले बलिङ गर्ने भएको छ । 

ट्यालेन्ट हन्टबाट आएका आइकोनिक खेलाडी समीर अली मुसलमान लुम्बिनीका लागि पहिलो रोजाइमा खेल्दै छन् । उनले लुम्बिनी प्रदेशको यू–१९ स्तरमा पनि खेलिसकेका छन् ।  

रातोपाटी प्रि–म्याच प्रेडिक्सन : सुमित तिमल्सिनाका चारै अनुमान सफल

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हालसम्म भएका चार वटै खेलको नतिजाबारे रातोपाटीका लागि क्रिकेट कमेन्टेटर सुमित तिमल्सिनाले गरेको अनुमान शतप्रतिशत मिलेको छ ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा उनले खेल सुरु हुनु अघि नै प्रतिस्पर्धी टिमको विश्लेषण, म्याचमा प्रभाव पार्न सक्ने खेलाडी र नतिजाको पूर्वानुमान (प्रेडिक्सन) गर्दै आएका थिए ।

‘रातोपाटी प्रि–म्याच एनालाइसिस’मा तिमल्सिनाले गरेका अनुमान र खेलका नतिजा यसप्रकार छन्–

आज लुम्बिनी लायन्स र चितवन राईनोजबिच खेल हुँदै

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज लुम्बिनी लायन्स र चितवनबिच खेल हुँदैछ ।

प्रतियोगिताको पाँचौँ खेलका रूपमा यी दुई टोली आज दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आमनेसामने हुनेछन्।

लुम्बिनी लायन्सका लागि यो लिगको पहिलो खेल हो। नयाँ सिजनको सफल सुरुवात गर्ने लक्ष्यसहित टिम मैदान उत्रिने तयारीमा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया