बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एनपीएल : सुदूरपश्चिमले कर्णालीलाई हरायाे
LIVE UPDATES

LIVE UPDATES : एनपीएल : सुदूरपश्चिमले कर्णालीलाई हरायाे

सोमबार, ०८ मङ्सिर २०८२, १८ : २०
Live

काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल)मा सुदूरपश्चिमले लगातार तेस्रो खेलमा जित निकालेको छ । सोमबार उसले कर्णाली याक्समाथि  ४५ रनको जित निकोको हो । 

१४० रनको लक्ष्य पछ्याएको कर्णाली आज ४ बल बाँकी छँदै ९४ रन बनाएर अलआउट भयो । आजको खेलमा दीपेन्द्र सिंह ऐरी नायक बने । पूरा ओभर बलिङ गरेका अलराउनडर ऐरीले आज चार विकेट लिन सफल भए । 

टस हारेर सुरुमा ब्याटिङ गरेको सुदूरले ९ विकेटको क्षतिमा कर्णालीलाई मात्र १४० रनको लक्ष्य दिएको थियो ।  

कर्णालीका प्रशिक्षक भन्छन्– आशा गरिएका ब्याटरले राम्रो खेल्न नसक्दा हार्‍यौँ

काठमाडाैँ । कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा हार व्यहोरेको बताएका छन् । 

सुदूरपश्चिम रोयल्सससँग दोस्रो हार बेहोरेपछि कर्णालीका प्रशिक्षक बस्न्यातले मिडल अर्डरमा राम्रा ब्याटर रहेकाले पूरै २० ओभर खेल्दा लक्ष्य सहजै भेट्याउनु खालको रहेको बताए । 

तर, उनीहरूले आफ्नो क्षमता अनुरूप खेल्न नसक्दा हार व्यहोर्नुपरेको उनको भनाई छ । 

दीपेन्द्र चम्किँदा मध्यम लक्ष्य दिएको सुदूरको जित

काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल)मा सुदूरपश्चिमले लगातार तेस्रो खेलमा जित निकालेको छ । सोमबार उसले कर्णाली याक्समाथि ४५ रनको सहज जित दर्ता गरेको हो । 

१४० रनको लक्ष्य पछ्याएको कर्णाली आज ४ बल बाँकी छँदै ९४ रन बनाएर अलआउट भयो । आजको खेलमा दीपेन्द्र सिंह ऐरी नायक बने । पूरा ओभर बलिङ गरेका अलराउन्डर ऐरीले आज चार विकेट लिन सफल भए । 

टस हारेर सुरुमा ब्याटिङ गरेको सुदूरले ९ विकेटको क्षतिमा कर्णालीलाई मात्र १४० रनको लक्ष्य दिएको थियो । उसका लागि ऐरीले नै सर्वाधिक ३९ रनको योगदान दिएका थिए भने आरिफ शेखले २७ रन जोडेका थिए । 

दीपेन्द्रले लिए चार विकेट : गुल्सन आउट भएसँगै कर्णाली संकटमा

काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल)मा सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरिरहेको कर्णालीको ब्याटिङ लाइन धर्मराएको छ । 

कर्णालीका पवन सर्राफ २६ बलमा २७ रन बनाएर आउट भए भने अलराउन्डर गुल्सन झा पनि आउट भए । उनी १३ बलमा १३ रन बनाएर पेभेलियन फर्किए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंहको बलमा झा आउट भएका हुन् । 

चार गरेका दीपेन्द्रले आज २३ रन दिएर ४ विकेट लिन सफल भए ।  १४० रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १३ ओभरको समाप्तिमा ७७ रन बनाएको छ । 

एनपीएल क्रेज : कर्णाली र सुदूरको खेलमा रमाए दर्शक, तस्बिरहरू

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा सोमबार सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच खेल भइरहेको छ ।

अहिले कर्णालीले सुदूरले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको छ । खेल हेर्न दर्शकहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका छन् ।

तस्बिर : नेपाल फाेटाे लाइब्रेरी  

पावरप्लेमै कर्णालीको चार विकेट गुम्यो

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल)मा कर्णाली याक्सको लगातार चार विकेट गुमाएको छ । 

पावरप्लेमै चार विकेट गुमाएपछि कर्णाली संकटमा परेको हो । ६ ओभरको समाप्तिमा कर्णालीले ३३ रन मात्र बनाउन सक्यो ।  

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले व्यक्तिगत र टिमका लागि पनि तेस्रो विकेट लिए । उनले कर्णाली याक्सका ओपनर प्रियान्क पान्चललाई शून्यमै आउट गरेका थिए भने अर्का ओपनर मार्क वाटलाई १७ रनमा आउट गराउन सफल भए ।

दिपेन्द्रले लिए दुवै ओपनरको विकेट

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सको २ विकेट गएको छ ।

सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले व्यक्तिगत र टिमको लागि पनि दोस्रो विकेट लिएका हुन् ।

उनले कर्णाली याक्सका ओपनर प्रियान्क पान्चललाई सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले शून्यमै आउट गरेका थिए भने अर्का ओपनर मार्क वाटलाई १७ रनमा आउट गरेका हुन् ।

दीपेन्द्रले शून्यमै आउट गरे कर्णालीका प्रियान्कलाई

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सका ओपनर प्रियान्क पान्चललाई सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले शून्यमै आउट गरेका छन् ।  

सोमबार त्रिवि क्रिकेट मैदानमा १४० रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले २ ओभरमा १२ रन बनाएको छ । क्रिजमा मार्क वाट र विलियम बोसिस्टो रहेका छन् ।

सुदूरपश्चिमले दियाे कर्णालीलाई १४० रनको विजयी लक्ष्य

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा  कर्णाली याक्ससँग टस हारेर पहिले ब्याटिङ गर्न आएको सुदूरपश्चिम रोयल्सले १४०  रनको विजयी लक्ष्य दिएको छ । सुदूरले ९ विकेटको क्षतिमा १३९ रन बनाएको हो । 

सुदूरका लागि सर्वाधिक कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा ३९ रन बनाए भने आरिफ शेखले २७ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए ।

नरेन साउदको हिट विकेट,  शून्यमा आउट

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा कर्णाली याक्सका कप्तान सोमपाल कामीको बलमा सुदूरपश्चिम रोयल्सका नरेन साउद  हिट विकेट आउट भएका छन् । 

दिपेन्द्र पनि आउट, सुदूरपश्चिम संकटमा

काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा सुदूरपश्चिम रोयल्स संकटमा परेको छ । कर्णाली याक्ससँग टस हारेर पहिले ब्याटिङ गर्न आएको सुदूरपश्चिमले १२६ रन बनाउँदा ७ विकेट गुमाएको हो ।

सातौँ विकेटको रुपमा कर्णालीका मार्क वाटले सुदूरका कप्तान दिपेन्द्रको विकेट लिएका हुन् । १८ ओभरमा सुदूरले जम्मा १२८ रन हानेको छ ।

 

सोमपालले लिए हर्मितको विकेट

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सका अलराउन्डर हर्मित सिंह आउट भएका छन् । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा भएको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले सिंहको विकेट लिएका हुन् । 

सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीसँग साझेदारी गरेर इनिङ सम्हालिरहेका हर्मितलाई सोमपालले बोल्ड गरेका हुन् । उनले १६ बलमा १९ रन हिर्काए । 

यो सँगै सुदूरपश्चिमले ६ विकेट गुमाएको छ । १६ ओभरको समाप्तिमा सुदूरपश्चिमले  १२२ रन बनाएको छ । गत मङ्सिर १ गतेदेखि जारी एनपीएल आगामी मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । 

एनपीएल : सुदूरपश्चिमविरुद्ध कर्णालीलाई पाँचौँ सफलता

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सकाे कर्णाली याक्सविरुद्ध ब्याटिङ लाइन अप सङ्कटमा परेको छ । कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सका ब्याट्समेनलाई साझेदारी गर्न नदिई विकेट लिइरहेका छन् ।

१३ ओभरसम्म सुदूरपश्चिमले पाँचौँ विकेट गुमाएको छ । पाँचौँ विकेटको रूपमा मिडल अर्डरका भरपर्दा ब्याटर आरिफ शेख आउट भएका हुन् । शेखलाई नन्दन यादवले बोल्ड गरेका हुन् । आरिफले २५ बलमा २७ रन बनाए ।   

१३ ओभरसम्म सुदूरपश्चिमले ५ विकेटको क्षतिमा ७९ रन बनाएको छ । क्रिजमा कप्तान दीपेन्द्रसिंह ऐरी र हर्मित सिंह रहेका छन् । त्रिवि क्रिकेट मैदानमा गत मंसिर १ गतेदेखि जारी एनपीएल आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । 

सुदूरपश्चिमको खराब सुरुवात, १० ओभरमा ४ विकेट गुमाउँदा ५३ रन

सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउनलाई कर्णाली याक्सका कप्तान सोमपाल कामीले रोयल डक गरेका थिए । यस्तै कर्णालीका विपिन शर्माले सुदूरपश्चिम रोयल्सका विकेट किपर विनोद भण्डारीलाई ११ रनमा एलबी डब्लु धरापमा पारेका थिए  ।

क्रिस लिन आउट, सुदूर गयो ३ विकेट

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्सले राम्रो सुरुवात गर्दै महत्वपूर्ण ३ विकेट गएको छ । युवराज खत्रीले सुदूरपश्चिमका महत्वपूर्ण खेलाडी क्रिस लिनको विकेट लिँदै तेस्रो सफलता दिलाएका हुन् ।

लिनले २०  बलमा १८ रन बनाए ।  सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउनलाई कर्णाली याक्सका कप्तान सोमपाल कामीले रोयल डक गरेका थिए । यस्तै कर्णालीका विपिन शर्माले सुदूरपश्चिम रोयल्सका विकेट किपर विनोद भण्डारीलाई ११ रनमा एलबी डब्लु धरापमा पारेका थिए  ।

८ ओभरको खेलमा सुदुर पश्चिमले ४१ रन बनाएको छ ।

कर्णालीलाई दोस्रो सफलता, विपिनले लिए विनोदको विकेट

काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा सुदूरपश्चिम रोयल्स विरुद्ध कर्णाली याक्सले राम्रो सुरुवात गरेको छ । कर्णालीका विपिन शर्माले सुदूरपश्चिम रोयल्सका विकेट किपर विनोद भण्डारीलाई ११ रनमा एलबी डब्लु धरापमा पारेका हुन् ।  

५ ओभरमा सुदूरले २४ रन बनाउँदा २ विकेट गुमाएको छ । सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउनलाई कर्णाली याक्सका कप्तान सोमपाल कामीले रोयल डक गरेका थिए ।  कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिँदै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो ।

सुदूरपश्चिम विरुद्ध कर्णालीको पहिलो ओभर नै विकेट मेडन

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा सुदूरपश्चिम रोयल्स विरुद्ध कर्णाली याक्सले पहिलो ओभर नै विकेट मेडन गरेको छ ।  

कर्णालीका  सोमपालको पहिलो ओभरबाट कुनै पनि रन आएन भने विकेट पनि लिए ।

सोमपालको बलमा सुदूरपश्चिमका जोश ब्राउन रोयल डक

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल)मा सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउनलाई कर्णाली याक्सका कप्तान सोमपाल कामीले रोयल डक गरेका छन् । 

साेमबारकाे खेलमा सोमपालले पहिलो इनिङको पहिलो ओभरको पहिलो बलमै आउट गरेका हुन् । उनलाई सोमपालले बोल्ड गरेका हुन् ।

कर्णाली र सुदूरपश्चिमकाे यस्तो छ प्लेइङ ११

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबिच खेल हुँदै छ ।

साविक उपविजेता सुदूरपश्चिम रोएल्समा दिपेन्द्र सिंह ऐरी  र कर्णाली याक्समा सोमपाल कामी कप्तान छन् । 

कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ भने सुदूरपश्चिमले पहिले ब्याटिङ गर्नेछ ।  कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिम दुवै खेल जितेर अपराजित छ ।

कर्णालीले जित्यो टस, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबिच खेल हुँदै छ ।

साबिक उपविजेता सुदूरपश्चिम रोयल्समा दिपेन्द्र सिंह ऐरी  र कर्णाली याक्समा सोमपाल कामी कप्तान छन् ।

कर्णालीले  टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ भने सुदूरपश्चिमले पहिले ब्याटिङ गर्नेछ । आजै भएको पहिलो खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो ।

सन्दिप चल्दा विराटनगरले जनकपुरलाई ९ रनले हरायो

काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई विराटनगर किङ्सले रोमाञ्चक ढंगले हराएको छ ।  कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दा ९ रनले साेमबार विराटनगरले जित दर्ता गरको हो । 

१३६ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरलाई लामिछानेले ४ ओभरमा जम्मा ११ रन खर्चेर ४ विकेट लिँदै धरासायी बनाएका थिए ।  जनकपुरको लागि जोन निकोल लफ्टी–इटनले ४० रन बनाएपनि अरु ब्याटर खासै चल्न सकेनन् ।

यो विराटनगरको लगातार तेस्रो जीत हो भने जनकपुरको लगातार दोस्रो हार हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया