१० बजे १० समाचार : कांग्रेस बैठक प्रभावितदेखि सेना परिचालनसम्म
काठमाडौँ । आज मिति २०८२ साल मंसिर महिनाको ११ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. कांग्रेस बैठक प्रभावित
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ । शुक्रबार बस्ने भनिएको बैठक आगामी आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताए ।
२. मधेसको मुख्यमन्त्री नियुक्ति विवाद
मधेस प्रदेशमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको मुख्यमन्त्रीमा नियुक्तिविरुद्धको रिटको अन्तिम सुनुवाइ भइरहेको छ । मुख्यमन्त्री नियुक्तिविरुद्ध दुईवटा सार्वजनिक सरोकारका रिट र मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यहरुले रिट दर्ता गरेका छन् ।
३. राप्रपा बैठक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ ।
४. आयोग अपडेट
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागीताका लागि २१ वटा नयाँ राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन् ।
५. सेना परिचालन
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ ।
राष्ट्रपति कार्यालयका एक अधिकारीले राष्ट्रपतिबाट सरकारको सिफारिसलाई स्वीकृत भएलगत्तै सेना परिचालनको निर्णय लागू हुने रातोपाटीलाई बताए ।
६. पार्टी एकता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जसपाको राजेन्द्र कुमार श्रेष्ठ समूहबिच बिहीबार एकता घोषणा भएको छ । राजधानीको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमकाबिच एकता घोषणा गरिएको हो । सो अवसरमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर समेत गरियो ।
१० बुँदे सहमतिमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने र संविधान संशोधनमार्फत शासकीय स्वरूप परिवर्तन गर्ने विषय उल्लेख छ ।
७. महरा रिहा
पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । उच्च अदालतको आदेशअनुसार २० लाख धरौटी बुझाएर उनी केन्द्रीय कारागार सुन्धाराबाट छुटेका हुन् ।
८. प्रधानमन्त्रीद्वारा छलफल
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागी हुने नेकपा एमालेका नेताहरुलाई आग्रह गरेकी छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की र एमालेका नेताहरुबिच छलफल भएको थियो । प्रधानमन्त्री कार्कीले तोकिएको समयमा नै निर्वाचन गर्न सरकार गम्भीर भएर लागेको बताइन् ।
९. निर्णय अलपत्र
सुशीला कार्की नेतृत्वको सरकारले गत भदौ ३१ गते जेनजी आन्दोलनको म्याण्डेट अनुरुप अगाडि बढ्न भन्दै महत्त्वाकाङ्क्षी निर्णयहरू गरेको थियो ।
तत्कालीन मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सबै सचिवहरूको बैठकले गरेका २१ निर्णयमध्ये २० प्रतिशत दरबन्दी कटौती गर्ने र अनावश्यक देखिएका सरकारी संरचनारनिकाय खारेज गर्ने, गाभ्ने तथा हस्तान्तरण गर्नेजस्ता महत्त्वाकाङ्क्षी निर्णय अलपत्र परेका छन् ।
१०. सेयर बजार
साताको अन्तिम दिन सेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से बिहीबार १०.४३ अङ्कले बढेर २६७६.०३ विन्दुमा पुगेको हो। बुधबारको तुलनामा ०.३९ प्रतिशतको वृद्धि हो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण