बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एमालेको नेतृत्व छान्न रात–दिन मतदान [Live Updates]
एमाले महाधिवेशन

LIVE UPDATES : एमालेको नेतृत्व छान्न रात–दिन मतदान [Live Updates]

बिहीबार, ०३ पुस २०८२, ०० : १८
Live

काठमाडौँ । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनबाट नयाँ नेतृत्व छान बुधबारदेखि मतदान जारी रहेको छ । 

(पुस २ गते) बुधबार बिहान ९ः३० बजेदेखि सुरु भएको मतदान (३ गते) बिहीबार बिहानसम्म निरन्तर जारी रहेको हो । 

एमालेको महाधिवेशन: २२ घण्टापछि सकियो मतदान, २ हजार २ सय २७ मत खस्यो

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । यो ९८.०४ प्रतिशत हो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका छन् । 

बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज (बिहीबार) बिहान ७ बजे सकिएको हो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए । 

1-yogesh

एमाले महाधिवेशन : मतदान अन्तिम चरणमा, ८० जना भोटिङ मेसिनमा, १० जना बाँकी

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान अन्तिम चरणमा छ। बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा सहभागी हुन २ हजार २२७ जनाले टोकन लिएका थिए । 

निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार अहिले ८० जना मेसिनमा मतदान गरिरहेका छन् भने १० जनाले मतदान गर्न बाँकी रहेको छ । 

३६ जना प्रतिनिधि भने टोकन नै लिएका छैनन् । मतदानका लागि २ हजार २६३ जना प्रतिनिधि चयन भएका थिए। टोकन लिने २ हजार २२७ जना रहेकोले यति नै मत खस्ने सम्भावना रहेको पोखरेलले बताए । 

एमाले महाधिवेशन अपडेट: मतदान अन्तिम चरणमा

काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी निर्वाचन अन्तिम चरणमा पुगेको छ । बुधबार बिहानदेखि सुरु भएको मतदान प्रक्रिया बिहीबार बिहान समापनतर्फ अग्रसर भएको हो ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार जम्मा २ हजार २ सय ६३ मतदाता रहेकोमा बिहीबार बिहान पाँच बजेसम्म २ हजार ९१ मत खसिसकेको छ । 

उपाध्यक्ष पोखरेलले मतदान अन्तिम चरणमा पुगेको र बाँकी मतदाताहरू लाइनमा रहेको जानकारी दिए । आयोगले यसअघि बिहान पाँच बजेसम्म मतदानस्थल प्रवेश गरिसक्नुपर्ने सूचना जारी गरेको थियो ।

एमाले निर्वाचन: मतदान केन्द्रमा प्रवेश गर्ने समय बिहान ५ बजेसम्म थपियो

काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा मतदान केन्द्रमा मतदाता प्रवेश गर्ने समय बढाइएको छ ।

यसअघि ४ बजेसम्म तोकिएको समयलाई बढाएर बिहान ५ बजे पुर्‍याइएको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिएका हुन् । 

उपाध्यक्ष पोखरेलका अनुसार २ हजार २ सय ६३ जना मतदाता रहेको निर्वाचनमा बिहीबार बिहान ४ बजेसम्म १ हजार ९ सय ८२ सय मत खसेको छ । बुधबार बिहान ९ः३० बजेदेखि सुरु भएको मतदान बिहान ६ बजेसम्म सक्ने अनुमान गरिएको उनले बताए । 

एमाले महाधिवेशन अपडेट: बिहान ४ बजेसम्म १९८२ मत खस्यो

काठमाडौँ। नेकपा एमालेको नेतृत्व चयनको लागि भृकुटीमण्डपमा जारी निर्वाचनमा १ हजार ९ सय ८२ मत खसेको छ । 

निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले दिएको पछिल्लो जानकारी अनुसार बिहीबार बिहान ४ बजेसम्म १ हजार ९ सय ८२ मत खसेको हो ।

जम्मा २ हजार २ सय ६३ मतदाता रहेकोमा अब २ सय ८१ मत खस्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ६ बजेसम्ममा मतदान कार्य सम्पन्न हुने अनुमान गरिएको छ । 

एमाले निर्वाचन अपडेट: १९२१ मत मत खस्यो, अब तीन सय ४२ मत खस्न बाँकी

काठमाडौँ। नेकपा एमालेको नेतृत्व चयनको लागि भृकुटीमण्डपमा जारी निर्वाचनमा १ हजार ९ सय २१ मत खसेको छ । 

निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार बिहीबार बिहान ३ बजेसम्म १ हजार ९ सय २१ मत खसेको हो ।

जम्मा २ हजार २ सय ६३ मतदाता रहेकोमा अब ३ सय ४२ मत खस्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ६ बजेसम्ममा मतदान कार्य सम्पन्न हुने अनुमान गरिएको छ । 

एमाले निर्वाचन अपडेट : ४ सय ५८ मत खस्न बाँकी

काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा बिहीबार बिहान २ः३० बजेसम्मको पछिल्लो विवरण अनुसार १ हजार ८ सय ५ मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ मतदाता रहेको निर्वाचनमा अब ५ सय ५८ मत खस्न बाँकी छ । बुधबारदेखि सुरु भएको मतदान प्रक्रिया जारी रहेको आयोगले जनाएको छ ।

मतदातालाई मतदान स्थलमा प्रवेश गर्ने यसअघि तोकिएको समय २ बजेबाट बढाएर बिहान ४ बजेसम्म पुर्‍याइएको निर्वाचन आयोगका उपाध्यक्ष सानुसार पोखरेलले जानकारी दिए । उनका अनुसार मतदान प्रक्रिया बिहीबार बिहान ६ बजेसम्म सम्पन्न हुने अनुमान छ ।

एमाले निर्वाचन अपडेट: मतदान केन्द्रमा प्रवेश गर्ने समय बिहान ४ बजेसम्म

काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा मतदान केन्द्रमा मतदाता प्रवेश गर्ने समय पुनः थप गरिएको छ । यसअघि २ बजेसम्म तोकिएको समयलाई बढाएर बिहान ४ बजे पुर्‍याइएको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । 

आयोग उपाध्यक्ष पोखरेलका अनुसार २ हजार २ सय ६३ जना मतदाता रहेको निर्वाचनमा बिहीबार बिहान २ बजेसम्म १७ सय मत खसेको छ । बुधबार बिहान ९ः३० बजेदेखि सुरु भएको मतदान बिहान ६ बजेसम्म सक्ने अनुमान गरिएको उनले बताए । 

निर्वाचनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

एमाले महाधिवेशन: बिहान २ बजेसम्म १७ सय मत खस्यो

काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी मतदानमा बिहीबार बिहान २ बजेसम्म १ हजार ७ सय मत खसेको छ । निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका  बिहीबार बिहान २ बजेसम्म १ हजार ७ सय मत खसेको हो । 

उनका अनुसार कुल २ हजार २ सय ६३ मतदाता रहेको निर्वाचनमा बिहान ५ देखि ६ बजेसम्म मतदान प्रक्रिया सकिने अनुमान गरिएको छ । ११ औँ महाधिवेशन अन्तर्गत बुधबार बिहान ९ः३० बजेदेखि सुरु भएको मतदान निरन्तर जारी रहेको हो ।

निर्वाचनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

एमाले निर्वाचन:  बिहीबार बिहान १ बजेसम्म १६ सय ५४ मत खस्यो

काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि भृकुटीमण्डपमा जारी मतदानमा बिहीबार बिहान १ बजेसम्म १६ सय ५४ मत खसेको छ ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार ११ औँ महाधिवेशन अन्तर्गतको बुधबार बिहान ९ः३० देखि जारी मतदानमा पछिल्लो विवरण अनुसार १६ सय ५४ मत खसेको हो  । 

कुल २ हजार २ सय ६३ मतदाता रहेको निर्वाचनमा मतदान सकिन अझै ५ घण्टा लाग्न सक्ने उनले बताए ।

एमाले निर्वाचन: मतदान केन्द्रमा प्रवेश गर्ने समय पुनः थपियो

काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा मतदान केन्द्रमा मतदाताहरू प्रवेश गर्ने पुनः थप गरिएको छ । 

निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेललेका अनुसार मतदान केन्द्रमा प्रवेश गर्ने समय थप दुई घण्टा बढाएर बिहीबार बिहान दुई बजेसम्म पुर्‍याइएको हो । 

यसअघि मतदान केन्द्रमा प्रवेशको समय १२ बजेसम्म तय भएको थियो । 

एमाले निर्वाचनः १२ बजेसम्म १५ सय ६७ मत खस्यो (अपडेट)

काठमाडौँ। नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा बिहीबार १२ बिहान १२ बजेसम्म  १५ सय ६७ मत खसेको छ ।

राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा बिहीबार बिहानसम्ममा १५ सय ६७ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए ।

मतदान सकिन अझै ७ घण्टा लाग्न सक्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया