१२ बजे १२ समाचार: सरकार र निकोलसबिच सहमतिदेखि नजिकिँदै नेकपा र माओवादीसम्म
सारांश
- नेकपा र माओवादी आगामी निर्वाचनमा एकताका लागि छलफलमा जुटेका छन्।
- कांग्रेसभित्रको आन्तरिक विवादले पार्टी विभाजनको खतरा बढाएको छ।
- सरकारले डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता गरेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. फेरि नजिकिए नेकपा र माओवादी
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकता गरेर जाने उद्देश्यका साथ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा माओवादीबिच सघन छलफल सुरु भएको छ ।
२. कांग्रेस विभाजन हुने चिन्ता
नेपाली कांग्रेसमा दुई दिन यताको रस्साकस्सीले आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको छ । नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने सन्दर्भमा चर्किएको विवादले ‘पार्टी नै विभाजन हुने त होइन ?’ भन्ने खतरा बढाएको छ ।
३. नेकपाको चुनावी रणनीति
यद्यपि प्रचण्ड सरकारकै पालामा दुई–दुई पटक विद्युत प्राधिकरणको कार्यकारी प्रमुख नियुक्त भएका र ओली सरकारले बर्खास्त गर्दा प्रमुख प्रतिपक्ष दलको हैसियतले संसद्मा प्रतिरक्षा गरेकाले कुलमानको साथ आफूले पाउने प्रचण्डको बुझाइ थियो । तर अन्तिम समयमा रवि र बालेनसँगै मिलेपछि कुलमानलाई प्रचण्डले ‘गुन बिर्सिएको मान्छे’को रुपमा टिप्पणी गरेका छन् ।
४. कांग्रेसमा विवाद, एमालेलाई चिन्ता !
नेपाली राजनीतिमा ७ दशक पुरानो इतिहास बनाएका नेपाली कांग्रेस र नेकपा एमाले विचारमा मात्र होइन, शक्तिमा पनि प्रतिस्पर्धी हुन् । यी दुई दल मुलुकका राष्ट्रिय मुद्दामा प्रायः एकै ठाउँ उभिने गरेको इतिहास छ ।
५. सरकार र निकोलस भुसालबिच ६ बुँदे सम्झौता
डा. निकोलस भुसाल र हरिश विष्टसँग सरकारले ६ बुँदे सम्झौता गरेको छ । शुक्रबार सरकारले उनीहरूसँग ६ बुँदे सम्झौता गरेको हो ।
६. डाक्टर बनाउन सुदूरपश्चिम सरकारको लगानी
सामाजिक विकास मन्त्रालयले सुरु गरेको यो अभियान अन्तर्गत हालसम्म करोडौं लगानी भइसकेको छ । मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत तथा सूचना अधिकारी जयदेव महराका अनुसार प्रदेश सरकारको लगानीमा तयार भएका जनशक्तिले अब प्रदेशको स्वास्थ्य सेवाप्रवाहमा महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।
७. रातारात परीक्षा लिएर गण्डकी विश्वविद्यालयका ७० कर्मचारी स्थायी गर्ने रजिस्ट्रारको प्रयास
गण्डकी सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा एकै पटक ७० कर्मचारीलाई स्थायी परीक्षा लिएको छ । विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले विशेष आन्तरिक परीक्षाको नाममा आफू निकटका कर्मचारीलाई स्थायी गराउन लागेको सरोकारवालाको आरोप छ ।
८. बालेनको नामले मात्रै मधेससँग ‘कनेक्ट’ हुनसक्ला रास्वपा ?
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा एकीकृत भएपछि मुलुकको राजनीति तरंगित बनेको छ ।
९. निर्वाचनको तयारी
निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि करिब ४ करोड संख्यामा मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र छाप्ने संख्याबारे जानकारी गराएका हुन् ।
१०. अदालत
सर्वोच्च अदालतले अपाङ्गता भएका व्यक्तिको समानुपातिक उम्मेदवार सुनिश्चितता माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अपाङ्गता भएका व्यक्तको समानुपातिक प्रतिनिधित्व गर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
११. प्रहरीमा दुईवटा एसएसपी पद स्थानान्तरण गर्ने प्रस्तावमा अर्थ मन्त्रालयको सहमति
नेपाल प्रहरीको प्राविधिक तर्फ रहेका दुईवटा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पद जनपद समूहतर्फ ल्याउने गृह मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको छ । गृहले प्रस्ताव गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) मा अर्थ मन्त्रालयले सहमति प्रदान गरेको हो ।
१२. रन–वेबाट चिप्लियो बुद्ध एयरको विमान
शुक्रबार बुद्ध एयरको जहाज झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएको छ । काठमाडौँबाट भद्रपुर उडान भरेको ९ एन–एमएफ कलसाइन भएको एटीआर ७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण