शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनका सबै उम्मेदवार निर्वाचित, सांसदकै भोट ‘चोरी’

आइतबार, ११ माघ २०८२, २२ : ०३
आइतबार, ११ माघ २०८२

आज २०८२ माघ ११ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार निर्वाचित, प्रदेश सभा सदस्यकै भोट ‘चोरी’, एमाले र प्रलोपाबिच चुनावमा तालमेल, निर्वाचनको मुखमै राजेन्द्र महतोलाई धक्का, देउवा पक्षलाई नचिढ्याउने रणनीतिमा गगन थापा, चुनावमा राष्ट्रिय झण्डा प्रयोग गर्न पाइन्छ ?, झापा–५ मा बालेनबिना घरदैलो लगायत छन् ।

१. राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार निर्वाचित
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार सम्पन्न मतदानमा कांग्रेस–एमाले गठबन्धनका सबै उम्मेदवार निर्वाचित भएका छन् ।

२. प्रदेश सभा सदस्यकै भोट ‘चोरी’
आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य (सांसद) कै भोट चोरी भएको छ । राप्रपाका कोशी प्रदेश सभा सदस्य प्रेमराज थाम्सुहाङको भोट चोरी भएको हो । थाम्सुहाङले आफू मतदानमा सहभागी नभएको बताएका छन् । यद्यपि, निर्वाचन कार्यालयको रेकर्डमा उनको नामबाट मतदान भएको देखिन्छ ।


३. एमाले र प्रलोपाबिच चुनावमा तालमेल
नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बिच आसन्न प्रतिनिधि सभा निर्वाचनमा केही स्थानमा तालमेल हुने भएको छ । 

४. निर्वाचनको मुखमै राजेन्द्र महतोलाई धक्का
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका प्रभावशाली नेताहरूले निर्वाचनको मुखमै सो पार्टी परित्याग गरेका छन् । 

५. देउवा पक्षलाई नचिढ्याउने रणनीतिमा गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेतालाई नचिढ्याउने रणनीति बनाएका छन् । चुनावको मुखमा पार्टीभित्रको एकतालाई बलियो बनाउन थापाले देउवा पक्षका नेतालाई नचिढ्याउने नीति लिएका हुन् ।

६. चुनावमा राष्ट्रिय झण्डा प्रयोग गर्न पाइन्छ ?
निर्वाचन प्रचार प्रसारमा राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्दै चौतर्फी आलोचना बढेपछि निर्वाचन आयोग र गृह मन्त्रालयले निर्वाचन आचार संहिता र प्रचलित कानुन पालना गर्न सबै पक्षलाई छुट्टाछुट्टै आग्रह गरेका छन् ।

७. रवि, रेशम र रञ्जनको मुद्दामा यस्ता आदेश
सर्वोच्च अदालतले आइतबार रास्वपाका सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरी र सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालासँग सम्बन्धित छुट्टाछुट्टै मुद्दामा विभिन्न आदेश जारी गरेको छ ।

८. झापा–५ मा बालेनबिना घरदैलो
रास्वपाका तर्फबाट झापा–५ मा भोलिदेखि बालेन शाहको टिमले मतदाताको घरदैलो कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा बालेन शाह भने सहभागी नहुने भएका छन् ।

९. एमालेका ६ लाख ६३ हजार सदस्यलाई ओलीको पत्र
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका ६ लाख ६३ हजार संगठित सदस्यलाई पत्र लेख्दै एमालेका उम्मेदवारलाई आसन्न निर्वाचनमा जिताउने गरी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

१०. चार वर्षमा ३१७ विदेशीको ‘फेक रेस्क्यु’
नेपालको पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा चार वर्षको अवधिमा ३१७ विदेशी पर्यटकको ‘फेक रेस्क्यु’ भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप