१२ बजे १२ समाचार: प्रदेश खारेजको विषयमा मुख्यमन्त्रीको अभिव्यक्तिले तरङ्ग, शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिँदै बालेन
सारांश
- मुख्यमन्त्री कार्कीको अभिव्यक्तिले प्रदेश राजनीतिमा तरङ्ग पैदा गरेको छ।
- सुर्खेत प्रहरीले १६ वर्षीया इनिशा विकको घटनामा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको छ।
- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. मुख्यमन्त्री कार्कीको अभिव्यक्तिले तरङ्ग
सुनसरीको इटहरीमा चैत ७ गते आयोजित एक कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनाको औचित्य र नयाँ जनादेशका बारेमा दिएको एउटा विवादास्पद अभिव्यक्तिले प्रदेशको राजनीतिमा तरङ्ग पैदा गरेको छ ।
२. इनिशा मृत्यु प्रकरण
बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिशा विकको घटनामा सुर्खेत प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको छ ।
३. फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो।
४. जाँचबुझ आयोगको प्रतिवेदन
भदौ २३ र २४ गते संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा भएको ‘जेनजी’ युवा समूहको आन्दोलनका क्रममा भएको मानवीय क्षति र सुरक्षा कमजोरीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तयार गरेको आफ्नो प्रतिवेदनमा विभिन्न व्यक्तिलाई कारबाही सिफारिस गरेको छ ।
५. विवादास्पद निर्णयमा भण्डारीको रेकर्ड
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको कानुनी सल्लाहकार अर्थात् महान्यायाधिवक्ता सविता भण्डारीले विवादास्पद निर्णयमै आफ्नो कार्यकाल बिताउनु परेको छ ।
६. कांग्रेस बैठक
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक १६ निर्णय गर्दै सकिएको छ।
मंगलबार र बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पार्टीको १५औ महाधिवेशन गर्ने कार्यतालिका सहितको १६ वटा निर्णय गरेको हो।
७. सवारी लाइसेन्स छपाइमा ढिलासुस्ती
६ महिनाभित्र १२ लाख थान लाइसेन्स छाप्ने सम्झौता भएकोमा सुरक्षण मुद्रण केन्द्रले पाँच महिनामा जम्मा २८ हजार थानमात्र छापेको छ ।
८. पश्चिम एसिया तनाव
पश्चिम एसियामा चुलिएको भू–राजनीतिक तनावको बाछिटा नेपालको कृषि क्षेत्रमा पनि देखिन थालेको छ । कृषि विज्ञ तथा अर्थशास्त्रीहरूका अनुसार यो द्वन्द्वले विश्वव्यापी आपूर्ति शृङ्खलालाई नै खलबल्याउन थालेको छ ।
९. अदालत
उच्च अदालत पाटनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विवादास्पद निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
१०. लुम्बिनीमा फेरिएला सरकारको नेतृत्व ?
नेपाली कांग्रेस र नेकपा एमालेबिच केन्द्रीयस्तरमा भएको सहमति अनुसार गत वर्ष साउनमा लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेका संसदीय दलका नेता चेतनारायण आचार्यले सम्हालेका थिए । उक्त सहमति अनुसार ०८२ फागुनमा कांग्रेसले सरकारको नेतृत्व सम्हाल्ने भनिए पनि हालसम्म त्यसबारे ठोस छलफल अघि बढ्न सकेको छैन ।
११. शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिँदै बालेन
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
१२. आईपीएल २०२६
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
-
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था
-
विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
-
उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
-
बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण