१२ बजे १२ समाचार: रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनको तयारी, पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा
सारांश
- काठमाडौँ महानगरपालिकाले २०८३ साल वैशाख १ गतेदेखि व्यवस्थित रूपमा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेको छ।
- नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिलाई कारण देखाउँदै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ–
१. उपत्यकामा रात्रि बस सेवा
काठमाडौँ उपत्यकाको जनजीवनलाई चलायमान बनाउन र रात्रिकालीन समयमा आवतजावत गर्ने यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले पुनः रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेको छ ।
विगतमा पटक–पटक विभिन्न निकायबाट प्रयास भए पनि दिगो हुन नसकेको यो सेवालाई यसपटक महानगरपालिकाले २०८३ साल वैशाख १ गतेदेखि व्यवस्थित रूपमा सुरु गर्न लागेको हो ।
२. पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । पेट्रोल र डिजेलमा समान १५ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ ।
३. आलोचित बादल
नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादल पार्टीभित्रै आलोचित भएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले दिएको अभिव्यक्तिलाई लिएर पार्टीकै नेताहरुले आलोचना गरेका हुन् । उनी बुधबार संसदीय दलको नेता चयन हुँदा पनि कतिपयले रुचाएका थिएनन् ।
४. रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीको तर्फबाट अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । बिहीबार संघीय संसद सचिवालयले निर्वाचन तालिका प्रकाशित गरेको हो ।
५. टिकटकरविरुद्ध मुद्दा
ललितपुरका व्यवसायी कुमार चिमोरियालाई बलात्कारको झुट्टा मुद्दा लगाउने धम्की दिदै ६ वर्षसम्म मानिसक र आर्थिक रूपमा बन्धक बनाएर ठगी गरेको देखिएको छ । साढे चार करोड रुपैयाँ नगद र अन्य जिन्सी समेत जोड्दा ६ करोड ५२ लाख भन्दा बढी रकम ठगी गरेको ललितपुर जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा उल्लेख छ ।
६. प्रतिनिधि सभाको पहिलो बैठक
फागुन २१ गतेको निर्वाचनबाट गठित प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे सांसदहरूबिच घोचपेच भएको छ ।
पहिलो बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका एक एक सांसद र स्वतन्त्र सांसदले शुभकामना मन्तव्य दिएका थिए । आजको बैठकमा के–के भए विस्तृतमा पढ्नुहोस्
७. अदालत
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीले दुवै जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।
८. प्रचण्डको प्रस्ताव
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी ६ महिनाभित्र एकता महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको पहिलो बैठकमा प्रचण्डले महाधिवेशन सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
९.राष्ट्र बैंकको रिपोर्ट
चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई १० खर्ब ९८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा ६.२ प्रतिशतले बढेको व्यापार घाटा यस वर्ष झन् तीव्र बनेको हो ।
१०. मधेसी दलको राजनीति
तराई मधेस केन्द्रित दलहरूले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चालाई विघटन गरेर पार्टी एकता गर्ने दिशामा छलफल अघि बढाएका छन् ।
बबरमहलस्थित तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा बसेको लोकतान्त्रिक मोर्चाको बैठकमा त्यस्तो छलफल भएको हो । बदलिँदो परस्थितिमा मोर्चाका माध्यमबाट परिवर्तन सम्भव नदेखिएकाले मोर्चामा रहेका र मोर्चा बाहिर रहेका दलहरूको बिचमा एकता हुनुपर्ने विषयमा छलफल सुरु भएको जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समन्वय समितिका नेता रामकुमार शर्माले बताए ।
११. पारस अस्पताल भर्ना
पूर्व युवराज पारस शाहको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) को ब्याट्री फेरिएको छ । उनको उपचारमा संलग्न नर्भिक अस्पतालका डाक्टर यादव भट्टले बिहीबार बिहान ब्याट्री फेरिएको बताए ।
१२. आईपीएल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण