मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: बागमतीमा ८ मन्त्रालय राख्ने निर्णय, कांग्रेस विवादमा ‘आइसब्रेक’

बिहीबार, २४ वैशाख २०८३, ०० : ००
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • बागमती प्रदेशमा १४ मन्त्रालय घटाएर ८ वटा कायम राख्ने निर्णय भएको छ।
  • सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आह्वान भएको छ।
  • मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जसपा नेपालले एमालेसँग मिलेर गृहकार्य सुरु गरेको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. बागमतीमा ८ मन्त्रालय

बागमती प्रदेशमा १४ मन्त्रालय घटाएर ८ वटा कायम राख्ने निर्णय भएको छ । 

२. को बन्ला प्रधानन्यायाधीश ?

सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आह्वान भएसँगै प्रधानन्यायाधीश को बन्ला भन्ने चासो उत्पन्न भएको छ।

३. वामपन्थीलाई खतराको घण्टी

करिब पाँच दशकपछि छिमेकी मुलुक भारतका वामपन्थी सत्तामुक्त भएका छन् । 

४. कांग्रेस विवादमा ‘आइसब्रेक’  

५. प्रधानमन्त्रीकै मातहतमा गृहको जिम्मेवारी  

गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएको १५ दिन बितिसक्दा पनि नयाँ नियुक्ति प्रक्रिया अगाडि बढेको छैन।

६. सडकमा ट्राफिक प्रहरी नरहने !

काठमाडौँको थापाथली चोक र नयाँ बानेश्वर हुँदै माइतीघर मण्डलासम्मको क्षेत्रमा ट्राफिक प्रहरीको भौतिक उपस्थिति हटाउन तयारी सुरु गरिएको छ । 

७. अदालत/प्रशासन 

विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

८. मधेस प्रदेशमा नयाँ सरकार गठनको गृहकार्यमा जसपा नेपाल

 मधेस प्रदेशको सरकारबाट जनमत पार्टीले आफ्नो समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनका लागि दौडधपु सुरु भएको छ । त्यसमा सबैभन्दा अगाडि जनता समाजवादी पार्टी नेपाल देखिएको छ ।

जसपा नेपालले एमालेसँग मिलेर सरकार बनाउने गृहकार्य सुरु गरिसकेको छ । जसपा नेपाल, मधेस प्रदेशका शीर्ष नेताहरू यतिखेर काठमाडौँमा छन् । उनीहरू आन्तरिक तयारीमा जुटेका छन् । जसपा नेपालका एक नेताले भने, ‘एमालेले हामीलाई समर्थन गर्ने भनिसकेको छ, अब जसपा नेपालबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेमा आन्तरिक छलफल चलिरहेको छ ।’

९. ठुला ऋणीहरूको नाम सार्वजनिक 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ।  

१०. पुराना दलमा कचिङ्गल  

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेपछि पुराना ४ दलमा कचिङ्गल बढेको छ।

११. इरान युद्ध सकिएकै हो ? 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै इरानमाथिको अमेरिका–इजरायली आक्रमण ‘अपरेशन इपिक फ्युरी’ सम्पन्न भएको बताएका छन्। 

१२. आईपीएल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप