कोशी सरकारद्वारा खेलकुद अध्यादेश स्वीकृत
सारांश
- कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले विपत् खोज उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि २०८३ स्वीकृत गरेको छ ।
- बैठकले प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश २०८३ स्वीकृत गरेको छ ।
- यसैगरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०८२ लाई समेत मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।
विराटनगर । सोमबार कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बसेको छ । मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले प्रदेशको विकास र प्रशासनसँग सम्बन्धित विभिन्न निर्णयहरू गरेको छ ।
बैठकले विपत् खोज उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि २०८३ लाई स्वीकृत गरेको छ । यसैगरी प्रदेश बीउबिजन नियमावली र प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८३ लाई समेत बैठकले स्वीकृति प्रदान गरेको छ ।
मन्त्रिपरिषद्ले उद्योग, कृषि तथा सहकारी मन्त्रालय मातहतका निकायहरूका लागि आगामी आर्थिक वर्षको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । साथै, वृहत् विराट क्षेत्र विकास समितिको प्रमुख कार्यकारी निर्देशक छनोटका लागि सिफारिस समिति गठन गर्ने निर्णय भएको छ ।
बैठकले २०८२ भदौ २३ र २४ गते भएको घटनामा आगजनी तथा तोडफोडबाट क्षति भएका सवारी साधन र मेसिनरी औजारहरू लिलामी बिक्री गर्ने प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ ।
खेलकुद क्षेत्रको विकासका लागि प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश २०८३ स्वीकृत गरिएको छ । यसैगरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०८२ लाई समेत मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण