सुर्खेत । पछिल्लो समय कर्णालीबाट अर्ग्यानिक अदुवा र बेसार तेस्रो मुलुक (जर्मनी) निर्यात हुने गरेको छ । कृषकले उत्पादन गरेको उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मनी निर्यात गर्न थालिएको हो
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधनमात्र नभई सम्मानजनक, नाफामूलक र दिगो पेसा बनाउन ठोस कदम चाल्नुपर्ने बताएका छन् । आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई...
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले नेपालको कृषि क्षेत्रलाई दिगो, न्यायसङ्गत र जलवायु सहनशील बनाउन आवश्यक रहेको बताएकी छिन् । मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा...
काठमाडौँ । देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर...
झापा । विर्तामोड नगरपालिका–५ की उषा राईलाई नगरपालिकाले सञ्चालन गरेको सामुदायिक तरकारी बिक्री केन्द्रमा गएर दिनहुँ ताजा तरकारी किन्ने बानी लागिसकेको छ । उनले त्यहाँ किनेका बोडी, घिरौँला, करेलालगायतका तरकारी...
सुर्खेत । कर्णाली प्रदेशभित्र अब खेतीयोग्य जमिनलाई बाँझो छाड्न नपाइने भएको छ । यदि कसैले खेतीयोग्य जमिन बाँझो राखेमा जरिबाना तिर्नुपर्ने छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८२/०८३)...
धनुषा । खडेरीको प्रभावमा परेका मधेस प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ बारामा ९५...
रुकुम पश्चिम । जिल्लाका ६ वटै स्थानीय तहका धान उत्पादन हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । यहाँ जेठ अन्तिम सातादेखि रोपाइँ सुरु भएको थियो । जिल्लाका चौरजहारी, मुसिकोट...
तनहुँ । यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने योजना बनाएको हो । कृषिमा रूपान्तरण, आर्थिक विकास...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज व्यवस्थापन भइरहेको र कुनै गुनासो नआओस् भन्नेमा यथेष्ट ध्यान दिइएको जनाएको छ । तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन रासायनिक...
भोजपुर । अलैँचीको मूल्य वृद्धि भएपछि भोजपुरका किसान खेती विस्तारमा जुटेका छन् । यसअघि उत्पादन भएको अलैँचीले राम्रो मूल्य पाएपछि किसान अलैँचीखेती विस्तारमा जुटेका हुन् । गत वर्षदेखि मूल्य वृद्धि भएपछि...
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–७ माझिलाङलाई कोदोको पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको छ । यसका लागि गाउँपालिकाले कृषकलाई कोदो खेतीमा आकर्षित गराउन विभिन्न नीति अगाडि सारेको छ । यहाँस्थित दुई...
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा चिया खेती सुरुआत गरिएको छ । गैँडाकोट–१८ को बसेनी गाउँमा परीक्षणको रूपमा चिया खेती सुरु गरिएको नगरपालिकाले जनाएको छ । गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले...
पर्वत । रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली जेठो बुढो धानमा ब्लाष्ट रोग फैलिएको छ । यहाँको फलेवास नगरपालिकाका–४ मुडिकुवा, वडा नं ५ खानीगाउँ, वडा नं ६ देवीस्थानलगायतका वडामा...
महोत्तरी । महोत्तरीको धान रोपाइँ साउन तेस्रो सातायता निकै बढेको छ । साउन दोस्रो सातासम्म ३० प्रतिशत मुनि रहेको रोपाइँ अहिले ६० प्रतिशतको हाराहारी पुगेको हो । साउन तेस्रो साता...
धादिङ । मनग्य आम्दानी लिन दुःख गरेर बारीमा उत्पादन भएको काँक्रोले बजार मूल्य नपाउँदा दक्षिणी धादिङको विकट बस्तीका किसान निराश बनेका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ मास्कर र चितवनको राप्ती...
रौतहट । मधेस प्रदेशमा रासायनिक मलको सङ्कट र यसमा भइरहेको कालोबजारीप्रति आम जनता पार्टी (आजपा) ले सरकारको ध्यानाकर्षण गराएको छ। बाराको बेलहियामा सम्पन्न पार्टीको बैठकमा प्रदेश अध्यक्ष उमेश कुशवाहाले सरकारले...
म्याग्दी । धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको म्याग्दी, पर्वत र कास्कीको सिमानामा रहेको जलजला क्षेत्र ओझेलमा परेको छ । पर्वतको जलजला, मोदी गाउँपालिका र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा फैलिएको...
तनहुँ । तनहुँमा एक वर्षमा नौ हजार ५०० भन्दा बढी पशुको कृत्रिम गर्भाधान गरिएको छ । जिल्लामा रहेका १० वटा कृत्रिम गर्भाधान केन्द्रबाट आर्थिक वर्ष २०८१/८२ मा नौ हजार ५५२...
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज गन्तव्य बनेको छ । प्राकृतिक रूपमा सुन्दर यो क्षेत्रमा सडकलगायतका पूर्वाधार विकास भएपछि पर्यटकका लागि सहजको गन्तव्य बनेको हो। ...
सुर्खेत । कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशको ४१ हजार ४२ हेक्टर धान खेती योग्य जमिनमध्ये ३९ हजार ५९४.९ हेक्टरमा...
डोटी । यहाँका किसानले किवी खेतीमार्फत आम्दानी गर्ने उद्देश्यले गलाइएका किवीका बोटले फल नदिएपछि चिन्तित भएका छन् । करिब चार वर्ष लगानी गरी उत्पादन दिने समयमा फल नलागेपछि किसान चिन्तित...
म्याग्दी । धवलागिरि गाउँपालिका–२ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थीले तरकारी खेती गरेका छन् । मुनामा वार्षिक रु पाँच हजार भाडा तिर्ने गरी दुई रोपनी जग्गा भाडामा लिएर तरकारी खेती...
बैतडी । जङ्गली जनावरले मकै बालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरूको बास खेतबारीमै हुन थालेको छ । बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका...
नेपालगन्ज। भारतमा कम्प्युटर इञ्जीनीयरिङको पढाइ सकेर नेपाल फर्केका मिलन बस्नेतले बाँकेमा लोभलाग्दो च्याउ खेती गरेका छन् । जिल्लाको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीमा ‘भ्याली एग्रो फार्म’ दर्ता गरी उनले आधुनिक प्रविधिमा...
काठमाडौँ । नेपाल सरकारको कृषि तथा पशुपंन्छी विकास मन्त्रालय अन्तरगतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छ । विभागको प्रयोगशालाले भारतको नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ...
काठमाडौँ । पछिल्लो समय पर्यटकहरूको आवागमनमा उल्लेख्य वृद्धि भएसँगै आगामी २०३० सम्ममा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या १६ लाखको हाराहारीमा पुग्ने सरकारी अधिकारीहरूले प्रक्षेपण गरेका छन् । उनीहरुकाअनुसार हवाई पूर्वाधारदेखि...
मनाङ । हिमाली जिल्ला मनाङका पशुपालक किसानलाई वन्यजन्तुले पशु तथा मानवीय क्षति पुर्याएबापत रु ३१ लाख ४९ हजार राहत वितरण गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका पशुपालक किसानलाई...
गण्डकी। राष्ट्रिय कोदो दिवसका अवसरमा शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा प्रथम कोदो रोपाइँ महोत्सव गरिएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकी प्रदेश/कास्की जिल्ला/माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा प्रथम कोदो महोत्सव गरिएको...
तनहुँ । यहाँको व्यास नगरपालिका(१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे) का अध्यक्ष सरस्वती थापा मगर अहिले हरेक होमस्टेमा कोदोको परिकार पाइने बताउँछिन् । मगर भन्छिन्, “कोदोको परिकारबिना होमस्टे चल्न मुस्किल हुने...
काठमाडौँ । कोदो बालीको संरक्षणमा सरोकारवालाहरूले जोड दिएका छन् । प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै वक्ताहरूले कोदो नेपालका लागि महत्त्वपूर्ण बाली भएको बताए । नेपाल कोदो...
काठमाडौँ । सन् २०२५ को जुलाई महिनामा नेपालले कुल ७० हजार १ सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी...
काठमाडौँ । ‘मलजल बीउको व्यवस्था भए नि चल्छ निर्वाह, परदेश नगए नि’ शुक्रबार भक्तपुरको चाँगुनारायण नगरपालिका ताथलीका महिला किसानहरूले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी अगाडि गीत गाएर सुनाए...
काठमाडौँ । बागमती प्रदेश सरकार अन्तर्गतको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को कार्य सम्पादन विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले २ अर्ब ५० करोड ६४ लाख ६६ हजार रुपैयाँ...
काठमाडौँ । देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती...
काठमाडौँ । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण...
गुल्मी । जिल्लाका किसानहरू वर्षा सुरु भएसँगै रोपाइँमा व्यस्त बनेका छन । केही ठाउँमा पानीका मुहान नफुटेकाले टारीहरूमा रोपाइँ नभए पनि जिल्लाका अधिकांश स्थानमा यस वर्ष समयमै रोपाइँ भएको हो...
काठमाडौँ । राष्ट्रिय पर्यटन परिषद्को प्रथम बैठकले आरोग्य पर्यटनको प्रवर्द्धनका लागि रणनीतिक अवधारणापत्र तयार गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले...
दाङ । यहाँका किसान कागती बिक्री नहुँदा चिन्तित छन् । सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका–८ कोइलावासमा किसान गोविन्द अधिकारी बताए । उनले विगत पाँच...
काठमाडौँ । नेपालको अन्न भण्डार मानिने मधेस प्रदेश अहिले खडेरीको चपेटामा पिल्सिरहेको छ । साउन महिनाको आधा समय बित्न लाग्दा पनि आकाशबाट पानी नपर्दा खेत बाँझो हुने अवस्थामा पुगेका छन्...
बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर केसीको नाम मौरीपालन व्यवसायमा चर्चित छ । उनी मौरीबाजेको नामले बढी चिनिन्छन् । केसीले बलेवा मौरीपालन उद्योग सञ्चालन गरेका छन् । विसं २०५६ मा १०...