इरान इजरायल तनाव
इजरायलले दियो आफ्ना नागरिकलाई सुरक्षित स्थानमा बस्न निर्देशन
शनिबार, ३१ जेठ २०८२, ०४ : ३२

समाचार सारांश
- इरानले इजरायलतर्फ मिसाइल प्रक्षेपण गरेपछि इजरायली सेनाले नागरिकलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएको छ।
- इजरायली रक्षा प्रणालीहरूले मिसाइललाई रोक्न काम गरिरहेका छन् र देशभर उच्च सतर्कता अपनाइएको छ।
- हवाई हमलाको साइरन बजाइएको छ र अर्को सूचना नआएसम्म सुरक्षित स्थान नछाड्न भनिएको छ।
काठमाडौँ। इरानबाट इजरायलतर्फ मिसाइल प्रक्षेपण भएपछि इजरायली रक्षा बल (आइडिएफ) ले नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न कडा निर्देशन दिएको छ। अर्को औपचारिक सूचना नआएसम्म कुनै पनि व्यक्तिलाई सुरक्षित स्थान नछोड्न भनिएको बीबीसीले जनाएको छ।
रक्षा बलले जारी गरेको वक्तव्यमा भनिएको छ, “केही समयअघि इरानबाट इजरायलको भूभागतर्फ मिसाइल प्रक्षेपण गरिएको पुष्टि भएको छ। रक्षा प्रणालीहरू ती मिसाइलहरू अवरुद्ध गर्न सक्रिय रूपमा काम गरिरहेका छन्।”
यसबिच देशभर उच्च सतर्कता अपनाइएको छ र हवाई हमलाको सायरनसमेत बजाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि अधिकांश बैंकले घटाए निक्षेपको ब्याजदर, घट्नुमा मुख्य दुई कारण?
-
भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान
-
'चीनले नेपालको सार्वभौमसत्तालाई सधैँ समर्थन गर्छ'
-
मन्त्री पौडेललाई शर्माको प्रश्न : सरकारले पुनः स्थापना केन्द्र खोल्न सक्दैन ?
-
‘प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्न मधेसी समुदाय एकजुट हुनुपर्छ’
-
‘गुटभित्रकालाई पुरस्कृत गर्ने र आफ्नै परिचर्चामा रमाउने दिक्कलाग्दो प्रवृत्ति छ’