शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: लमजुङको खोर्सानी कोशीमा, जसपा नेपाल मधेस सरकारमा सहभागी हुने तयारीमा

शुक्रबार, ०७ कात्तिक २०८२, ०० : ००
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • लमजुङको खोर्सानीको बजार खोज्दै एक व्यक्ति विभिन्न शहरमा दौडिएका छन्।
  • जसपा नेपाल छठ पर्वपछि मधेस प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको छ।
  • मकवानपुर बाल विद्या सदनले पाठ्यक्रमको शिक्षासँगै विद्यार्थीलाई सिप पनि सिकाउँछ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. लमजुङको खोर्सानी कोशीमा

लामो समयदेखि काठमाडौँमा बसिरहेका गंगा रिजाल अचेल कोशी प्रदेशका ठुला सहरमा कुदिरहेका छन् । आफूले उत्पादन गरेको अकबरेकै बजारको खोजीमा उनी विभिन्न सहर दौडिएका हुन् ।
केही दिन अगाडि विराटनगरको बजारमा भेटिएका गंगाले कुराकानी सुरु हुने बित्तिकै खोर्सानी बजारको समस्याबारे सुनाए ।

२. जसपा नेपाल मधेस सरकारमा सहभागी हुने तयारीमा

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले पार्टी छठ पर्व सकिएलगत्तै मधेस प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको बताएका छन्। जसपा नेतृत्वले गठबन्धन दलहरूसँग समन्वय गरी सरकारमा प्रवेश गर्ने अन्तिम तयारी गरिरहेको उनले जानकारी दिएका हुन् ।

३. मकवानपुर बाल विद्या सदन 

पाठ्यपुस्तकको ज्ञानले मात्र अहिलेको अवस्थामा मानिस दक्ष र सक्षम नहुन सक्छ । त्यसैले हेटौँडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनले आफ्ना विद्यार्थीलाई पाठ्यक्रमका साथै सिपमूलक ज्ञान पनि दिने गरेको छ ।

यो विद्यालयका केही ब्लक बाँसका भाटाले बनाइएको छ । विद्यालय परिसरको बिचमा सामान्य २ तले भवन छ, जहाँ अधिकांश कक्षाकोठा छन् । उक्त भवनको दक्षिणतर्फ बाँसले बारेको एक तले भवन छ, जसमा २ वटा कोठा छन् । विद्यालय भवन अघिल्तिर चौर छ भने केही भागमा खेती गरिँदै आएको छ ।

४. भाइटीका

५. गोलार्द्ध

झट्ट हेर्दा नेपाल र बोलिभिया आमूल परिवर्तन हुनै नसक्ने खालका मुलुक जस्ता प्रतीत हुन्छन् । दुवै देश भूपरिवेष्टित छन् । हिमाली मुलुक हुन् । पृथ्वीको वल्लो र पल्लो छेउमा रहेका यी मुलुकहरू भूगोल र इतिहासमा उस्तै उस्तै पनि देखिन्छन् । बोलिभिया एण्डिजको काखमा छ । नेपाल हिमालयको काखमा छ । 

हिमालको काखमा रहेका यी दुवै मुलुकमा गणतान्त्रिक व्यवस्था छ । दुवै मुलुकमा बहुसङ्ख्यक आदिवासीलाई शताब्दियौँदेखि नै अल्पसङ्ख्यक सम्भ्रान्तहरूले शासन गरिरहेका छन् । बोलिभिया स्वतन्त्र मुलुक भए यता क्रियोल जमिन्दारहरुको अल्पतन्त्रले त्यहाँको अधिकांश सम्पत्तिमा नियन्त्रण कायम राखेका थिए ।

६. लोकदोहोरीमा उचाइ भर्दै सुकदेव !

लोकदोहोरी गायक सुकदेव अधिकारीका बाबुआमाको चाहना थियो– पढाइ सकेर छोरा सरकारी जागिरे होस् ।

सोही अनुसार, २०७४ सालतिर परिवारकै सल्लाह बमोजिम सुकदेव पीएचडी गर्ने उद्देश्यसहित काठमाडौँ हानिए, तर राजधानी छिरेपछि उनको सोच मोडियो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट अनिवार्य अवकाश पाएका छन् । आज (बिहीबार) देखि उनी अनिवार्य अवकाशमा गएका हुन् । 

राष्ट्र बैंक कर्मचारी नियमावली अनुसार कार्यकारी निर्देशक भएको सात वर्षमा अनिवार्य अवकाश पाउने व्यवस्था अनुसार भट्टको कार्यकाल पूरा भएको हो ।

८. मोहम्मद शालाह

‘जब म यहाँ हिँड्छु, उनले कसरी बललाई चलाउँथे र कसरी नियन्त्रण गर्थे भन्ने कुरा नसम्झी रहन सक्दिनँ। त्यो बेग्लै कुरा थियो।’

कायरोबाट करिब तीन घण्टा उत्तरमा रहेको नागृग गाउँको युथ सेन्टरको नयाँ गाढा हरियो गेट खोल्दै मोहम्मद शालाहका पहिलो प्रशिक्षकहरूमध्ये एकले भने। विश्वका सबैभन्दा सफल स्ट्राइकरहरूमध्ये एकको यात्रा यहीँबाट सुरु भएको थियो, ती खेलाडी जसले गत मे महिनामा लिभरपुललाई प्रिमियर लिगको उपाधिसम्म पुर्‍याए।

याे पनि

९.  सरकार निर्वाचनको वातावरण नबनाई आयु लम्ब्याउने खेलमा छः अध्यक्ष प्रभु साह

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकार जनआन्दोलनका माग पूरा गर्न असफल भएको आरोप लगाएका छन्।

हिन्दूहरूको महान् पर्व दीपावली र छठको अवसरमा बिहीबार रौतहटको गुजरा नगरपालिका–३ बलुवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका अध्यक्ष साहले सरकारले आन्दोलनको मूल उद्देश्य बिर्सिएको टिप्पणी गरे।

१०. कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन: मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन्।

मन्त्री घिसिङले आफूलाई ‘उज्यालो नेपाल पार्टी’ सँगको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्जाल एवं सञ्चारमाध्यममा आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

११. आतिशबाजीको इतिहास र रोचक तथ्यहरू

विभिन्न विशेष अवसरहरूमा खुसी र उत्सव मनाउनका लागि आतिशबाजी (पटाका) को प्रयोग गरिन्छ। नेपालमा तिहारको बेला देशका धेरै भागहरूमा राति आकाश पटाकाको उज्यालोले झिलिमिली हुन्छ। तर आतिशबाजीको यो परम्परा नेपालमा मात्र सीमित छैन, विश्वभरका धेरै देशहरूले पटाकाका साथ उत्सव मनाउँछन्।

१२. विश्व 

जेनजी आन्दोलनका क्रममा भौतिक संरचना लगायतमा क्षति व्यहोरेका प्रदेश सरकारहरू धमाधम खर्च कटौती गर्न थालेका छन् । गण्डकी सरकारले मर्मत गर्न मिल्ने भवनलाई मर्मत गरेरै सेवा प्रवाहको तयारी गरेको छ । गण्डकी सरकारले नयाँ गाडी नकिन्ने निर्णयसमेत गरेको छ । यस्तै कर्णाली सरकारले पनि खर्च कटौतीका लागि पहल थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप