१२ बजे १२ समाचार: कांग्रेस महाधिवेशन चुनावअघि नै गर्न सहमति प्रयास, पार्टी विघटनमा रमाउँदै प्रचण्ड
सारांश
- कांग्रेस नेताहरू महाधिवेशन चुनाव अघि नै गर्न सहमतिका लागि प्रयास गर्दैछन्।
- प्रचण्ड नेकपा एकीकृत समाजवादी लगायतका वामपन्थी दलसँग मिलेर नयाँ नेकपा गठन गर्दैछन्।
- गृह मन्त्रालयले ७ जिल्लाका सीडीओसहित ५८ कर्मचारीको सरुवा गरेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१.कांग्रेस महाधिवेशन चुनावअघि नै गर्न सहमति प्रयास
नेपाली कांग्रेसमा महाधिवेशनसम्बन्धी विवाद चर्किर्दै गएपछि मध्यमार्गी बाटो पहिल्याउन नेताहरू सक्रिय भएका छन् । एक पक्ष कुनै पनि हालतमा आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन अगाडि महाधिवेशन गर्नैपर्ने र अर्को पक्ष कुनै पनि हालतमा गर्न नहुने अडानमा देखिएपछि नेताहरू मध्यमार्गी प्रस्ताव ल्याएर पार्टीभित्रको विवाद समाधान गर्न क्रियाशील भएका हुन् ।
२. पार्टी विघटनमा रमाउँदै प्रचण्ड
वगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको ध्यान पार्टी पुनर्गठन वा नेतृत्व हस्तान्तरण भन्दा पार्टी एकतामा छ । साविक नेकपा माओवादी केन्द्रभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको पक्षमा व्यापक बहस तथा छलफल भइरहेका बेला उनले नेकपा एकीकृत समाजवादी लगायत अन्य स–साना वामपन्थी दलसँग मिलेर नेकपा गठन गरे । कात्तिक १९ गते भृकुटीमण्डपमा आयोजित संयुक्त सम्मेलनबाट प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बनेका छन् । अहिले निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया चलिरहेको छ ।
३. कर्मचारीको नयाँ नेतृत्वबारे चासो
मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेरहदका कारण आगामी मंसिर १० गते अनिवार्य अवकाशमा जाँदैछन् । अर्याललाई २०८१ भदौ १३ गते केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले मुख्यसचिवमा नियुक्त गरेको थियो ।
४. संसद् विघटनविरुद्धको रिट
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको संवैधानिक इजलासले एक साताभित्र लिखित जवाफ पेस गर्न सरकारको नाममा आदेश दियो । तर म्याद तामेलीमा ढिलाइ हुँदा एक साता बितेपनि सर्वोच्चमा लिखित जवाफ पेस भएको छैन । प्रधानमन्त्री सुशीला कार्की, संसद् सचिवालय लगायत निकायमा म्याद तामेली हुन ढिलाइ भएकाले महान्यायाधिवक्ता कार्यालय मार्फत आउने लिखित जवाफ समयमा आउन नसकेको हो ।
५. सरुवा
गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)सहित ५८ कर्मचारीको सरुवा गरेको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले ७ जिल्लाका सीडीओसहित ५८ कर्मचारीको सरुवा गरेका हुन् ।
६. जेनजी अभियन्ता प्रवेश दाहालसँग संवाद
जेनजी आन्दोलनपछि काठमाडौंमा दिएको एक भाषणले रातारात चर्चामा आएका युवा हुन्, २१ वर्षीय प्रवेश दाहाल । सामाजिक सञ्जालमा उनको भाषण भाइरल भएपछि धेरैले उनलाई प्रखर वक्ता र भविष्यको नेताको रूपमा हेरे । कतिपयले त उनलाई दिवंगत नेता मदन भण्डारीको ‘दोस्रो रूप’ को उपमा समेत दिए ।
७. दुर्गा प्रसाईँ
दुर्गा प्रसाईँले सरकारसँग २७ बुँदे माग पेस गरेका छन् । बुधबार गृह मन्त्रालयमा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका प्रतिनिधिहरूले सरकारसँग प्रदेश संरचना खारेजसहितका माग पेस गरेका हुन् ।
८. ‘म संविधानको बाध्यात्मक मुख्यमन्त्री’
कात्तिक २३ गते मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त भए । तर उनको नियुक्ति विवादित बनेको छ । निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले विश्वासको मत पाउने अवस्था नभएपछि राजीनामा दिए । प्रदेशसभामा सबैभन्दा ठुलो दलको हैसियतमा नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरिन् ।
९. एक हुन नसकेका जेनजी
भदौ २३ र २४ गतेको आन्दोलनले नेपालको सामाजिक क्षेत्रमा केही र राजनीतिक वृत्तमा हलचल नै पैदा गराइदिएको छ । सरकार ढलेर नागरिकस्तरबाट बनेको सरकारले नयाँ निर्वाचनको मिति तोकिसकेको अवस्था छ ।
१०. दानबहादुरका चुनौती
इन्स्पेक्टरको तालिम सकेर पासआउट भएपछि कमान्डरले सोधे, ‘रुकुम, रोल्पा, सल्यान, जाजरकोट र कालिकोट को–को जाने ?’
२०५५ अन्तिमतिरको कुरा थियो, दानबहादुर कार्कीले हात उठाउँदै भने, ‘म तयार छु ।’ तत्कालीन माओवादीले विद्रोह सुरु गरेको थियो । भर्खरका इन्स्पेक्टर कार्की तुना कसेर भिर्ने झोला (रकस्याक ब्याग) बोकेर काठमाडौँबाट नेपालगञ्जको बस चढे । नेपालगञ्ज ओर्लिएपछि प्रहरी प्रधान कार्यालयबाट खबर आयो, ‘तपाईंलाई भालुवाङ जाने आदेश छ ।’
११. डा. सीके राउत
मधेसलाई स्वतन्त्र बनाउनुपर्छ भन्ने विवादास्पद मुद्दा बोकेर उदाएका डा. सीके राउत अहिले फेरि आफ्नै अभिव्यक्तिका कारण विवादित बनेका छन् । राजनीतिमा भित्रिएपछि भने उनले त्यो मुद्दा छाडे र संसदीय राजनीतिमा भित्रिए ।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण