बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार : अध्यादेशमा राष्ट्रपतिबाट अड्चन, प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा पेसी तोक्नै सकस

मङ्गलबार, ०९ मङ्सिर २०८२, ०० : ००
मङ्गलबार, ०९ मङ्सिर २०८२

सारांश

  • राष्ट्रपतिले सरकारलाई निर्वाचन केन्द्रित अध्यादेश ल्याउन सुझाव दिएकी छिन्।
  • सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको पेसी तोक्न समस्या परेको छ।
  • सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ।

काठमाडौँ। आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. अध्यादेशमा राष्ट्रपतिबाट अड्चन

प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचन गराउने जिम्मेवारी पाएको सरकारले विभिन्न अध्यादेश ल्याउन चाहेपछि राष्ट्रपतिले सरकारलाई निर्वाचनसँग सम्बन्धित विषयमा केन्द्रित रहेरमात्र अध्यादेश ल्याउन सुझाव दिएका छन् । निर्वाचन सम्पन्न गराउन आवश्यक पर्नेबाहेक अन्य विषयका अध्यादेश जारी गर्न राष्ट्रपति सहमत नभएको वर्तमान सरकारकै मन्त्रीले जनाएका छन् ।

 २. प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा पेसी तोक्नै सकस

प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतलाई पेसी तोक्नै सकस परेको छ । प्रधानमन्त्रीका तर्फबाट लिखित जबाफ आउन ढिलाइ भएपछि पेसी तोक्ने प्रक्रिया प्रभावित भएको हो ।

३. मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । बुधबारदेखि लागु हुने गरी मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

४. कुलमानले अब सरकार रोज्ने कि पार्टी ?

तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङकै समर्थनमा राजनीतिक दल गठन भइसकेको छ । उनी सोही दलबाट आगामी निर्वाचनमा उम्मेदवार बन्ने बताइएको छ । यद्यपि उनी सरकारमै रहेर निर्वाचनमा सहभागी हुँदा नयाँ तथा पुराना अन्य दलका लागि असहज हुने त होइन भन्नेबारे स्वाभाविक रूपमा चासो बढेको छ ।

५. प्रधानमन्त्रीसँग जेनजी रुष्ट

जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीसँग जेनजी अभियन्ताहरू रुष्ट बनेका छन् । केहीले त प्रधानमन्त्रीको राजीनामासमेत माग गरेका छन् ।

६. तीन डीआईजीको जिम्मेवारी हेरफेर; कार्की एआईजीमा बढुवा

नेपाल प्रहरीका तीन डीआईजीको जिम्मेवारी हेरफेर गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले डीआईजीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् । 

७. मधेसका तीन मन्त्रीले पाए विभागीय जिम्मेवारी

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीहरूको विभागीय जिम्मेवारी तोकेका छन् । कात्तिक २३ गते नियुक्त भएका मन्त्रीहरूको सोमबार कार्यविभाजन गरिएको हो । 

८. टीओबीका कमाण्डर तेन्जिङको आर्थिक अवस्था सामान्य रहेको प्रहरी निष्कर्ष

जेनजी प्रदर्शनमा ‘टीओबी’को टिसर्ट लगाएर आतंक मच्चाउने समूहका कमान्डर तेन्जिङ दावा लामाको आर्थिक अवस्था सामान्य रहेको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेको छ । 

९.स्वतन्त्र मेयरको शैली

नेपालमा जेनजी आन्दोलनपछि नयाँ दल खुल्ने क्रम बढेको छ । विगतमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित चर्चित जनप्रतिनिधिदेखि लिएर विभिन्न क्षेत्रमा कहलिएका व्यक्तित्वसमेतले नयाँ दल गठन गरी राजनीतिक गतिविधि अघि बढाउने तयारी गरेका छन् ।

१०. प्रतिनिधिसभा निर्वाचनका लागि ६४ दल दर्ता

प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा ६४ दल दर्ता भएका छन् ।

११. पार्टी गठन र विघटनमै बिते बाबुरामका १० वर्ष

डा. बाबुराम भट्टराईले पछिल्लो एक दशक पार्टी गठन र विघटनमै बिताएका छन् । २०७२ सालमा संविधान जारी भएपछि एकीकृत नेकपा माओवादी परित्याग गरी २०७३ जेठमा नयाँ शक्ति नाम गरेको दल गठन गरेका उनले त्यसयता विभिन्न दल गठन–विघटन गरे । अहिले आफ्नै संरक्षकत्वमा उनले प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माण गरेका छन् ।

१२. खेलकुद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप