१० बजे १० समाचार : कारागारबाटै रविको राजनीतिक सक्रियतादेखि मधेसका ‘सीएम’ काे राजीनामासम्म
आज २०८२ मंसिर १७ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
- कारागारबाटै रविको राजनीतिक सक्रियता
मंसिर १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच एकतासभामा रवि लामिछानेले नक्खु कारागारबाट तीन सन्देश पठाएका थिए ।
रास्वपाका सभापतिसमेत रहेका उनले पार्टी उपसभापति तथा राजनीतिक संवाद समितिका संयोजक डा.स्वर्णिम वाग्लेमार्फत सन्देश पठाए ।
- थरीथरीका मधेस केन्द्रित दल
फागुन २१ गतेको चुनावका लागि २९ वटा नयाँ दल दर्ता भएकोमा ११ वटा मधेस केन्द्रित छन् । तीमध्ये अधिकांश दल फुटेर वा अलग भएर गठन भएका हुन् ।
- उज्यालो नेपाल पार्टीको घोषणा
कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा भएको छ । बुधबार राजधानीको प्रज्ञा भवनमा उक्त पार्टीको औपचारिक घोषणा भएको हो ।
- एमाले महाधिवेशन
नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधि छानिँदा कर्णाली प्रदेशमा पुरानै अनुहारको हालीमुहाली देखिएको छ । यसअघि नै परीक्षण भइसकेका, लामो समयदेखि पार्टीकै विभिन्न तहमा बसेका र नेताहरूकै आसेपासेहरूलाई मात्रै प्रतिनिधिमा स्थान दिइएको युवा पुस्ताका नेताहरू बताउँछन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण