मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : सरकारलाई प्रचण्डको चेतावनी, प्रधानमन्त्री बन्ने विप्लवको रहर

शनिबार, ०५ पुस २०८२, २२ : ००
शनिबार, ०५ पुस २०८२

सारांश

  • प्रचण्डले निर्वाचनको मिति सार्न चेतावनी दिँदै संविधान मिचिए चुप नलाग्ने बताए।
  • रवि लामिछानेले शहीदको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाउँदै देशलाई न्याय र सुशासनतर्फ लैजाने कुरा गरे।
  • विप्लवले प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरे भने, विनोद चौधरी र रवीन्द्र मिश्र आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस भए।

काठमाडौँ । आज मिति २०८२ साल पुस महिनाको ५ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

  • एकता सन्देश सभा

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति नसार्न चेतावनी दिएका छन् । शनिबार पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले निर्वाचन सारिए र संविधान मिचिए आफ्नो पार्टी चुप लागेर नबस्ने बताएका हुन् ।

  • रविको सन्देश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहिदको बलिदान खेर जान नदिने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । भरतपुरको चौबिसकोठीमा आयोजित कार्यक्रममा उनले देशलाई न्याय र सुशासनतर्फ लैजान अब कुनै पनि हालतमा पछि नहट्ने बताएका हुन् ।

  • ईश्वर पक्षको भेला

नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षका नेताहरूको शनिबार काठमाडौँमा बसेको भेलाले महाधिवेशनमा उठाइएका वैचारिक मुद्दाहरूलाई निरन्तर अगाडि बढाउने निर्णय गरेको छ ।

  • सडक कथा

प्रदेश राजधानी वीरेन्द्रनगरदेखि झन्डै ३७ किलोमिटरको दूरीमा रहेको दुर्गम गाउँ तरङ्गा जोड्ने सडक कालोपत्रको काम बल्ल सुरु भएको छ ।

  • विप्लवको रहर

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले देशको कार्यकारी प्रमुख भएर सेवा गर्ने आफ्नो चाहना रहेको खुलासा गरेका छन्।

  • साफ महिला क्लब च्याम्पियनसिप

साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपालको एपीएफ क्लब पराजित भएको छ । 

  • फोहोरलाई मोहोर

फोहोरलाई कसरी मोहोरमा बदल्ने? त्यसको सफल उदाहरण बनेको छ, भक्तपुर जिल्लामा सञ्चालित ‘नेपाल फूलबारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिस प्रालि’ । फोहोरमैला व्यवस्थापनका क्षेत्रमा मुलुककै उदाहरणीय र अग्रणी स्थानमा पर्ने यो कम्पनीले हाल ९० जनालाई रोजगारी प्रदान गरिरहेको छ। र, विभिन्न सङ्घ–संस्थाबाट सम्मानित समेत भइसकेको छ।

  • विचार मन्थन 

मधेस एकता समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘परिवर्तनशील समयमा मधेस’ विषयक विचार मन्थन कार्यक्रम :

  • निर्वाचन

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले नवलपरासी–१ बाट विनोद चौधरीको नाम सिफारिस गरेको छ । कांग्रेस केन्द्रको परिपत्र अनुसार क्षेत्रीय कार्यसमिति, जिल्ला हुँदै लुम्बिनी प्रदेश कार्यसमितिले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कांग्रेसबाट चौधरीको एकल नाम सिफारिस गरेको हो । 

राप्रपा नेता रवीन्द्र मिश्र आगामी निर्वाचनका लागि काठमाडौँ- १ बाट उम्मेदवार सिफारिस भएका छन् । शनिबार सो पार्टीको क्षेत्रीय कमिटीले मिश्रलाई काठमाडौँ–१ बाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।

  • शनिबार विशेष

रातोपाटीको शनिबार विशेष सामग्रीहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप