१० बजे १० समाचार : कुलमान, बालेन र रास्वपाबिच सहमति, दलहरुले बुझाए बन्दसूची
आज २०८२ पुस १४ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
१. कुलमान, बालेन र रास्वपाबिच सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ ।
२. दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका अहिलेसम्म ५२ राजनीतिक दलले निर्वाचन आयोगमा बन्दसूची बुझाएका छन् ।
३. जाँचबुझ आयोगसमक्ष रमेश लेखकको बयान
पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको आयोगसमक्ष बयान दिएका छन् ।
४. अन्तरिम सरकारका पालामा धमाधम अनुसन्धान
राजनीतिक पहुँच र स्वार्थको आडमा विभिन्न काण्डबारे अनुसन्धान रोकिएका फाइल फेरि खोल्न थालिएको छ । जेनजी प्रदर्शनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभिन्न समयमा अनुसन्धान रोकिएका फाइल खोल्ने र कारबाही प्रक्रिया अघि बढाउन थालेको हो ।
५. नेकपा र रञ्जिताको नागरिक उन्मुक्ति पार्टीबिच एकता
रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच औपचारिक रूपमा एकता भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच दुई पार्टीका शीर्ष नेताहरूले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरेका हुन् ।
६. अदालत
विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन ९भ्रष्टाचार० मुद्दामा थुनामा रहेका सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई आफ्नो र परिवारको बैंक खाता तथा आयव्ययको विस्तृत विवरण पेस गर्न आदेश दिएको छ।
७. सेयर कारोबारी अग्रवाल धरौटीमा रिहा
सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धरौटी जमानत लिएर छाडेको छ ।
८. सरकारले गर्यो ७ सचिवको सरुवा
सरकारले गृह सचिवसहित ७ सचिवको सरुवा गरेको छ । पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै, गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा गरिएको छ।
९. सिलीगुडी–चारआली पेट्रोलियम पाइपलाइनको निर्माण प्रक्रिया अघि बढ्यो
नेपाल आयल निगमले सिलीगुडी–चारआली अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको निर्माणका लागि प्रक्रिया सुरु गरेको छ ।
१०. लोहनीको सपना चकनाचुर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा।प्रकाशचन्द्र लोहनीको समानुपातिक सांसद बन्ने सपना फेरि एकपटक अधुरो बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण