विशेष महाधिवेशनको तयारी पूरा, देउवाद्वारा निम्तो बुझ्न अस्वीकारदेखि पूर्वराजाको सन्देशसम्म
सारांश
- कांग्रेसको विशेष महाधिवेशनबारे विवाद, देउवा पक्ष र महामन्त्रीबीच मतभेद देखिएको छ।
- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको संकटबारे चिन्ता व्यक्त गर्दै नयाँ राष्ट्रिय समझदारीको आवश्यकता औंल्याए।
- कुलमान घिसिङले रास्वपासँगको एकता तोडेर 'उज्यालो नेपाल' पार्टीको नेतृत्व गर्दै चुनाव लड्ने घोषणा गरे।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२ समाचार’ लिएर आएका छौँ–
१. विशेष महाधिवेशन
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ, तर पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले महाधिवेशनको निम्तो पत्र बुझ्न अस्वीकार गरेको छ ।
नेपाली कांग्रेसमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवादले अन्ततः पार्टी नै विभाजन हुने हो कि भन्ने चिन्ता बढाएको छ । सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्षका नेता–कार्यकर्ता नियमित महाधिवेशनका पक्षमा छन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा अडिग छन् ।
२. पूर्वराजाको सन्देश
पूर्वराजा ज्ञानेन्द्र शाहले झन्डै दुई दशकअघि दलहरूको चाहना अनुसारै राजकाजबाट बाहिरिएको र अहिले देशले सामना गर्नुपरेको संकटले चिन्तित तुल्याएको बताएका छन् । शनिबार राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्णय प्रक्रिया विदेशीको हातमा पुगेको दाबी गर्दै मुलुकको निर्णायकत्व फर्काउन नयाँ राष्ट्रिय समझदारीको खाँचो रहेको बताएका छन्।
३. मधेस प्रदेशको पुँजीगत खर्च २.४८ प्रतिशतमै सीमित
चालु आर्थिक वर्षको पाँच महिनामा मधेस प्रदेश सरकारले तीन वटा सरकार झेल्यो । छोटो समयमै बारम्बार सरकार परिवर्तन हुँदा मधेस सरकारको बजेट खर्च प्रभावित भएको छ ।
आर्थिक वर्षको सुरुवातमा जसपा नेपालका सतीशकुमार सिंहको नेतृत्वमा प्रदेश सरकार थियो भने त्यसपछि एमाले नेतृत्वको सरकार करिब एक महिना रह्यो । पछिल्लो समय मधेसमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार गठन भएको छ ।
४. प्रदेशमा राज्यमन्त्री
प्रदेश सरकारको संरचना र यसको खर्चलाई लिएर आम नागरिकमा सधैँ एउटा प्रश्न उठ्ने गर्छ, ‘के प्रदेशमा यति धेरै मन्त्रीहरू आवश्यक छन ?’ त्यसमा पनि राज्यमन्त्री पदको औचित्य त झन् सधैँ विवादको घेरामा रहँदै आएको छ ।
५. कुलमान आफैँ मैदानमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया नाटकीय रूपमा भङ्ग गर्दै उज्यालो नेपाल पार्टीले आफ्नै अस्तित्वमा निर्वाचन लड्ने घोषणा गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कुलमान घिसिङले उज्यालो नेपालको सदस्यता ग्रहण गर्दै पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। अब यो पार्टी ’चिम’ चुनाव चिन्ह लिएर आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेछ।
६. अन्तर्वार्ता
रुसी राष्ट्रपति पुटिनका प्रमुख राजनीतिक तथा दार्शनिक सल्लाहकार मानिने अलेक्ज्यान्डर दुगिन वर्तमान विश्वका प्रमुख दार्शनिकहरूमध्ये गनिन्छन् । रुसका चर्चित राजनीतिशास्त्री तथा दार्शनिक दुगिन बहुध्रुवीय विश्वका सिद्धान्तकारका रूपमा समेत चिनिन्छन् । उनको हालै ‘द ट्रम्प रिभोलुसन’ नामको पुस्तक प्रकाशित भएको छ । पछिल्लो समय अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै रुस–अमेरिका सम्बन्धमा न्यानोपनका चर्चाहरू चल्न थालेसँगै दुगिनको पुस्तक पनि संसारभर चर्चामा छ ।
७. प्रचण्डको चुनावी क्षेत्र
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनाव पूर्वी रुकुमबाट लड्ने निश्चित भएको संकेत गरेका छन् । शनिबार रुकुम पश्चिममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सो संकेत गरेका हुन् ।
८. एमाले बैठक
पार्टी नियमावली संशोधन, राष्ट्रिय महाधिवेशनमा भएको खर्चका जानकारी, केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयहरूको अनुमोदन र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेर नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक सकिएको छ । ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको बैठकले अध्यक्षले राखेको समसामयिक प्रस्ताव पारित गर्दै सकिएको एमाले प्रचार विभाग प्रमुख मीनबादुर शाहीले जानकारी दिए ।
९. विशेष महाधिवेशनबारे थप
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति, संस्थापन समूह र डा. शेखर कोइराला नेतृत्वको इतर समूहले स्वीकार नगरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्वमा आह्वान भएको विशेष महाधिवेशन हुने निश्चित भएको छ । आइतबार र सोमबार काठमाडौँको भृकुटीमण्डपमा तय भएको विशेष महाधिवेशनले पार्टी नेतृत्व नै तय गर्दै कि नीतिमात्रै बदल्ने निर्णय गर्छ त्यो भने एकिन भइसकेको छैन । यसमा महाधिवेशन आह्वान २ हजार ४८८ महाधिवेशन प्रतिनिधि तथा नेतृत्व लिने महामन्त्रीद्वय थापा र शर्माबिच अझै मतैक्यता भइसकेको छैन ।
१०. साहित्य
सीता पाण्डे तीसको दशकदेखि कथा लेखनमा सक्रिय नाम हो । उनका ‘असजिला खुसीहरू’ (कविता सङ्ग्रह), ’यौन र अनुभूति’ (आलेख सङ्ग्रह), ‘बन्धकी खुसीहरू’ (कथा सङ्ग्रह) लगायत आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
११. शनिबार विशेष
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण