१२ बजे १२ समाचार: धादिङ बस दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो, मधेसमा रास्वपालाई समस्या
सारांश
- धादिङमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेसमा नेता व्यवस्थापनमा चुक्दा समस्यामा परेको छ ।
- निर्वाचन आयोगले शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा नलाग्न चेतावनी दिएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. धादिङ बस दुर्घटना
धादिङमा बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै पहिचान खुलेको छ ।
सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।
२. नेता व्यवस्थापनमा चुक्दा मधेसमा रास्वपालाई समस्या
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । यसपटक खासगरी मधेस प्रदेशमा २०७९ को निर्वाचनताका उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अस्वाभाविक लहर देखिएको छ ।
तर जति निर्वाचन नजिकिँदै छ, उति यो दलले क्षति भोगिरहेको छ । अर्थात् संस्थापनमा रहेका नेताहरूले धमाधम पार्टी छाडिरहेका छन् । तराई–मधेसमा देखिएको प्रारम्भिक जनलहरमा केही कमी देखिन थालेको चर्चा हुन थालेको छ ।
३. अदालत
सर्वोच्च अदालतले नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई छाड्न अस्वीकार गरेको छ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै धर्मेनद्र बास्तोलालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश गरेको छ ।
४. बालेनको भोट माग्ने तरिका
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले अहिले चुनाव प्रचार गर्ने अर्को काइदा भेटेका छन् । मतदातामाझ पुग्दा उनले भन्न थालेका छन्– ‘ससुराली यहीँ छ नि ।’
आफ्नो निर्वाचन क्षेत्रका ठाउँ–ठाउँमा घरदैलोमा व्यस्त उनले मतदातासँग भावनात्मक सम्बन्ध जोड्न खोजिरहेका छन् । पत्नी सबिना काफ्लेको माइती अर्थात् बालेनको ससुराली मोरङको उर्लाबारी हो । उनले आफूलाई यस ठाउँको ज्वाइँ भन्दै चिनाउन थालेका छन् ।
५. घोषणापत्र
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दल र उम्मेदवारहरु तामझामका साथ मत मागिरहेका छन् । मतदाता फकाउन विभिन्न नाममा आकर्षक घोषणापत्र सार्वजनिक गरेका छन् । चुनावी घोषणापत्रलाई कुनै दलले प्रतिज्ञापत्र, कुनैले वाचापत्र, कुनैले प्रतिवद्धतापत्र नाम दिएका छन् ।
६. आयोगको चेतावनी
निर्वाचन आयोगले शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई निर्वाचन आचारसंहिता विपरीत कुनै पनि दल र उम्मेदवारको चुनाव प्रचारमा नलाग्न चेतावनी दिएको छ ।
आयोगले सोमबार विज्ञप्ति जारी गर्दै केही प्राध्यापक तथा शिक्षक कर्मचारीहरू राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोबारे उजुरी परेको जनाएको छ ।
७. चुनावी चर्चा
प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै रातोपाटीले दैनिक रूपमा विभिन्न निर्वाचन क्षेत्र केन्द्रित समाचार स्टोरी प्रकाशित गर्दै आएको छ । सोही अनुसार सोमबार प्रकाशित केही समाचार पढ्नुहोस्–
८. सुरक्षा/अपराध
प्रहरी प्रधान कार्यालयले फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनबारे रणनीति तय गर्न विश्लेषण महाशाखा बनाएको छ । चुनाव बिथोल्ने भूमिका खेल्ने समूहको निगरानी र उनीहरूको गतिविधि निस्तेज पार्ने रणनीति बनाउन विश्लेषण महाशाखा गठन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए ।
९. पडकास्ट ‘टक फर्वार्ड’
देश निर्वाचनमा होमिएको छ, उम्मेदवारहरू नयाँ–नयाँ आश्वासन बाँड्दै मतदाता फकाइरहेका छन् । देश चुनावी उल्लासमा रहेको बेला अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक तथा राजनीतिज्ञ नरबहादुर कार्की भने समाजमा रहेको ‘मास फ्रस्टेसन’ केलाउँदैछन् ।
१०. विश्वकप
थप:
११. ब्याटलग्राउन्ड: धनकुटा
पहाडकी रानी भनेर चिनिने धनकुटामा पनि देशभरमा जस्तै राजनीतिक राप र ताप बढेको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनले धनकुटाको पुरानो राजनीतिक विरासत र नयाँ शक्तिहरूबिचको टक्करले परिणाम कसको पोल्टामा पार्छ भन्न सक्ने अवस्था छैन ।
१२. गोलार्द्ध
बेलायतका राजा चाल्र्स द्वितीयका भाइ तथा पूर्वबेलायती राजकुमार एन्ड्रयु माउन्टबेटन–विन्डसरलाई दोषी ठहरिएका दिवंगत अमेरिकी यौन अपराधी जेफ्री एप्स्टिनसँगको सम्बन्धका कारण सार्वजनिक पदमा रहँदा दुराचार गरेको आरोपमा पक्राउ गरी केही घण्टा हिरासतमा राखेपछि प्रहरीले बिहीबार रिहा गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण