मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: आगामी आर्थिक वर्षको बजेट सार्वजनिकदेखि सीडीओ सर्वेसर्वासम्म

शनिबार, १६ जेठ २०८३, ०० : १३
शनिबार, १६ जेठ २०८३

सारांश

  • सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
  • सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीहरूको तलबमानमा उल्लेख्य वृद्धि गरेको छ।
  • सरकारले जिल्ला तहमा जग्गा बाँड्ने र भूमि समस्या समाधान गर्ने सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिएको छ।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ ।

१. बजेट भाषण

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमा चालु खर्चतर्फ ५९.८ प्रतिशत, पुँजीगततर्फ २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९.९ प्रतिशत रकम विनियोजन गरिएको छ।

२.  सङ्घीय बजेटमा कर्णाली

३. प्रतिनिधि सभा

प्रतिनिधि सभाको बैठक आइतबार सम्मका लागि स्थगित भएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्षको आय व्यय विवरण पेस गरेपछि बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा। वाग्लेले बजेटसम्बन्धी प्रतिवेदन पेस गरेका थिए।

४. सरकारले बनायो कर्मचारीलाई खुसी

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीहरूको तलबमानमा उल्लेख्य वृद्धि गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त सदनमा पेस गरेको आर्थिक वर्ष २०८३/८४को बजेटमा पछिल्लो चार वर्षदेखि वृद्धि नगरिएको राष्ट्रसेवक कर्मचारीहरूको तलब बढाउने निर्णय गरेका हुन् ।

५. बालेनले दिएनन् शुभकामना

गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोडिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र १९ वर्ष प्रवेशका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेसँगै विगतको परम्परा तोडिएको हो ।

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह कार्यक्रममा सहभागी भए पनि सम्बोधन गर्न चाहेनन् । यद्यपि उनले विशेष समारोहलाई सम्बोधन गरिदिन राष्ट्रपति पौडेललाई पत्राचार गरेका थिए । गणतन्त्र दिवसको समारोहलाई पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षा पूरा नहुने बताए । यतिमात्रै होइन बालेनले औपचारिक रुपमा गणतन्त्र दिवसको शुभकामना समेत दिएनन् ।

६. बजेट प्रतिक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले ल्याएको पहिलो बजेटबारे विपक्षी दलका नेताहरूले आकार ठुलो भए पनि वास्तविक बजेट नभएको  टिप्पणी गरेका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सदनको संयुक्त बैठकमा २१ अर्ब, २४ अर्ब ३४ करोडको बजेट ल्याएका थिए। पूर्वअर्थमन्त्री समेत रहेका नेकपाका नेता वर्षमान पुनले  शाह नेतृत्वको सरकारले ल्याएको बजेट आकारमा ठुलो भए पनि फुलेको बजेटका रूपमा टिप्पणी गरे।

७.लुम्बिनी प्रदेशलाई कसरी समेटियो बजेटमा ?

८. एकता सहमति

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबिच पार्टी एकता गर्ने सहमति भएको छ। दुई पार्टीबिच आज ७ बुँदे सहमति भएको हो  ।

समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।

९. सीडीओ सर्वेसर्वा

नेपाल सरकारले जिल्ला तहमा जग्गा बाँड्ने र भूमि समस्या समाधान गर्ने सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिएको छ ।

‘भूमि सम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३’ मार्फत सरकारले विगतको राजनीतिक नियुक्तिको परम्परालाई ब्रेक गर्दै जग्गासम्बन्धी सम्पूर्ण समस्याको जिम्मा सीडीओलाई दिएको हो ।

१०.सगरमाथा दिवस

आज सगरमाथा आरोहणको ७३औँ वर्षगाँठ तथा १८औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस । पहिलो पटक सन् १९५३ मे २९ तारिखमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिएको थियो । ७३ वर्षअघि आजकै दिन बिहान ११ बजेर १५ मिनेटमा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखर चुमेका थिए ।

११. ज्यान जोखिममा राखेर ‘पब्लिसिटी स्टन्ट’

काठमाडौँको कपन स्थित ट्राफिक प्रहरी प्रभागले गत जेठ १ मा एउटा मोटरसाइकल नियन्त्रणमा लियो । बागमती प्रदेश–०२–०६२ प १३५२ नम्बरको मोटरसाइकलका चालकले उठेर हाँकेका थिए ।

उनले चलाएको मोटरसाइकलबाट निस्केको चर्को आवाजका कारण आसपासको क्षेत्रमा ध्वनि प्रदूषण भएको भन्दै स्थानीयले आलोचना गरे । मोटरसाइकल राज कुमार तामाङले चलाएका थिए ।

उनी भ्लगर हुन् । सामाजिक सञ्जालमा प्राप्त भिडियोका आधारमा उनलाई सिसिटिभी फुटेजबाट अनुसन्धान गरेर पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । ट्राफिक प्रहरीले तामाङलाई सवारी ऐन अनुसार जरिवाना गरेको छ । पक्राउ परेपछि तामाङले भने, ‘मैले गल्ती गरेको थिएँ,सीसीक्यामेराले खिचेको रहेछ, त्यो घटनाको लागी सवैसँग क्षमाप्रार्थी छु ।’

१२. आईपीएल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप