काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कला, सिर्जनाको विकास र प्रवर्द्धनमा पुनर्जागरण ल्याउने गरी रुपान्तरणकारी कार्ययोजना अघि बढाएको छ । देशका सातै प्रदेशमा कलाको विकास गर्नेगरी प्रतिष्ठानले ललितकला क्षेत्रको रणनीतिक योजना सार्वजनिक गरेको हो ।