आगामी छठभित्रै जयनगर–जनकपुर–कुर्था (धनुषा) मा ३५ किमि दूरीमा सञ्चालन गर्ने तयारी गरिएको दुईमध्ये एउटा रेलको नाम जानकी राखिएको छ । अर्को रेलको नाम पशुपतिमध्ये एक राख्ने तयारी भएको रेलवे विभागले जनाएको छ । रेलवे
दुई वर्षभित्र सकिनुपर्ने भक्तपुरदेखि नगरकोट पुग्ने सडक विस्तार योजना ६ वर्ष भइसक्दा पनि नसकिएपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन्। संघीय संसद्को विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्का नेतृत्वको टोलीले...
सरकारले ऐलानी जग्गा तथा वन अतिक्रमण गरेर बसेका भूमिहीन, सुुकुमबासी र अव्यवस्थित बसोवासीलाई एकपटकका लागि लालपुर्जा दिने तयारी गरेको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी ऐन २०२१ लाई...
विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ...
गुठी विधयेक संशोधनमा सघाउन काठमाडौं महानगरपालिकाले सरोकारवालासंग छलफल थालेको छ । सरकारले गुठी विधयेक पुनः परिमार्जन गरी पेश गर्ने आन्तरिक तयारी गरिरहेको समयमा महानगरपालिकाले गुठीयारसंग नियमित छलफल थालेको हो । ...
एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए। पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो।’ अस्पतालबाट भइरहेको सेवा...
नेपाल कम्युनिष्ट पार्टी पेचिलो बन्दै गएको कार्यविभाजनको जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहकार्यमा लागेका छन् । सचिवालयको बैठक स्थगित गरेर अध्यक्षद्धय कार्यविभाजनको टुंगो...
चीन सरकारले विस्तार सम्पन्न गरेको कलंकी–कोटेश्वर खण्डको विभिन्न भागमा सडक विभागले आकाशे पुल निर्माणको काम गरिरहेको छ । यात्रुको सहजताका लागि विभागले बालकुमारी, सातदोवाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खुमा...
बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरकोे ८ औं तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ...
नेपाल र भारतका अधिकारीहरुबीच नयाँदिल्लीमा बसेको कोसी उच्च बाँधसम्बन्धी बैठक आआफ्नै अडानका कारण बिनानिष्कर्ष टुंगिएको छ । नयाँदिल्लीमा बिहीबार र शुक्रबार बसेको जलस्रोससम्बन्धी विज्ञ समूहको संयुक्त बैठक (जेटीई) मा...
काठमाडौं–राष्ट्रगान, राष्ट्रिय झण्डा र विभूतिको अवमूल्यन हुने गरी विज्ञापन प्रकाशन तथा प्रशारण गर्न नपाइने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा स्वदेश उत्पादनलगायत राष्ट्रिय...
छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गरिएको छ । यो खबर आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा छापिएको छ । शिक्षण अस्पतालमा कुनै कोठा खाली नभएपछि...
काठमाडौं – आज प्रकाशित पत्रपत्रिकामा समावेश भएको कार्टुनः अन्नपूर्ण पोस्ट् दैनिकबाट, राजधानी दैनिकबाट, ...
केही दिनपहिलेको वर्षाले क्षति पु¥याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन् । मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको छ । दुई साताको बीचमा तरकारीको...
अदालतका स्रेस्तेदार र कर्मचारीले नै सरकारी गाडीको नम्बर परिवर्तन गरेर दुरुपयोग गरेको पाइएको छ । उनीहरूले सरकारले दिएको सेतो प्लेटको गाडीलाई रातो प्लेटमा परिवर्तन गरेर व्यक्तिगत तथा घरायसी काममा प्रयोग...
गण्डकी प्रदेशका सदस्यलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । सुनजडित सो लोगो चीनबाट ल्याइएको हो । यस अगाडि प्रदान गरिएको लोगोभन्दा अहिलेको लोगो ३३ गुणा महँगो छ ।...
धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब पढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको कर्मचारीतर्फको सचिवालयका निजी सचिव उपसचिव पुष्पराज ढकाल अहिलेसम्म समायोजित स्थानीय निकायमा हाजिर भएका छैनन् । पोखरेल मन्त्री भएपछि पाठ्यक्रम विकास केन्द्रबाट काजमा मन्त्रालय...
धार्चे–३ खोर्लाबेंसीको ओढारबाट प्रहरीले बिहीबार १६ किलो सुन बरामद ग¥यो । बस्तीबाट हजार मिटर माथिको अनकन्टार ओढारमा सुन लुकाइएको थियो । प्रारम्भिक अनुसन्धानमा धार्चे–१ यारुबगरका व्यापारी धनकमल गुरुङले छेकम्पारको...
सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री...
बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई मन्त्रीसँग बयान लिइसकेको छ भने अर्का तत्कालिन मन्त्रीसँग बयान लिने तर्खर गरिरहेको छ । दुई फरकमन्त्रीबाट तीनपटक निर्णय भएको ललिता...
हरेक वर्ष आमाबाबुको मुख हेर्ने दिन धेरैको सामाजिक सञ्जालमा आमाबाबुको फोटो टाँसिएका भए पनि अचेल आमाबाबु भने एक्लिँदै गएका छन् । खास गरी बुढ्यौली लागेपछि बाबुआमा एक्लोपन, बेवास्ता, हिंसा र...
स्थापनाकालदेखि अहिलेसम्म विभिन्न समयका जहाज खरिद प्रक्रियामा भएको अनियमितताका कारण आलोचित हुँदै आएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम यति बेला मुख्य दुई कारणले आलोचित छ, कमजोर व्यवस्थापन अनि भएकै जहाज...
शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष हुँदैछ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने फागुनभित्र कांग्रेसको १४ औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर...
पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले नै विभागीय प्रमुखमा रुचि देखाएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीका ३२...
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विदेशी विज्ञापनरहित प्रसारण (क्लिन फिड) कानुन बनेको एक विर्षपछि लागू गर्ने गरी सहमति जुटाएको छ । विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा समितिले शुक्रबार पुराना टेलिभिजन...
काठमाडौँ महानगरपालिकाले करको दायरा बढाउने उद्देश्यका साथ असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट दिएको छ । महानगरले बक्यौता रकम हुने करदातालाई समेत जरिवाना छुट दिएको छ । सम्पत्ति...
बर्दियाका उमेश थारु स्वदेश फर्कन कतारको गृह मन्त्रालयअन्तर्गतको खोज तथा अनुसन्धान विभाग (एसफडी) पुगेका थिए । उनी कार्यरत साइमा समूह कम्पनीले नेपाल पठाइदिन्छु भन्दै टारिरहेको थियो । कम्पनीले...
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेशमन्त्री एस जयशंकरसँग् भेटवार्ता गरेका छन् । भटेमा नेपाल र भारतबीचको द्विपक्षीय मुद्दा, उच्चस्तरीय भ्रमण र आपसी चासोका विषयमा छलफल भएको छ...
सरकारले पूर्व–पश्चिम विद्युतीयसहित सम्भावित रेलमार्गहरुको पहिचान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले अध्ययनपछि रेल नेटवर्कको सम्भावित स्थान र रुट नक्सांकन गरेको हो । पूर्व...
सरकारले हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने भएको छ। भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको छ। बढी जग्गा छानबिन नभएसम्म रोक्का रहने र प्रमाणित भएपछि जफत...
नेपाली वायुसेवाका लागि पूर्वनिर्धारित ७ वटा विमानस्थलमध्ये एउटा पनि प्रयोगमा नआइरहेका बेला चीनले नेपाललाई थप ८ वटा विमानस्थल प्रयोग गर्न अग्रिम सुविधा दिएको छ । थपिएका ८ वटा विमानस्थलको...
काठमाडौं – आज प्रकाशित पत्रपत्रिकामा समावेश भएको कार्टुनः कान्तिपुर दैनिकबाट, नागरिक दैनिकबाट, राजधानी दैनिकबाट, ...
निर्वाचन आयोगले आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा आगामी कार्तिक मसान्त वा मंसिर पहिलो साताभित्र उपनिर्वाचन गराउने गरी लक्ष्य मिति तोक्न सरकारसंग परामर्श गर्ने बताएको छ । ...
पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी व्यवस्थासँगै ओखलढुंगाका ३२ जना पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ मा...
प्रधानन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट बिहिबार बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिने क्रममा एकैपटक दुईवटा गल्ती भएका छन् । प्रधानमन्त्रीको ट्विटर ह्यान्डलमा मेन्सन गरिएको ट्विटर अकाउन्ट बेलायती...
वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०७५/७६ मा विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारको परिवारलाई राहतस्वरुप ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ सहायता प्रदान गरेको छ । गत...
मानव तस्करीको सञ्जाल हुँदै दक्षिणपूर्वी अफ्रिकी मुलुक मलाबी पुगेका तीन नेपाली युवतीको ७ महिना बित्दा पनि उद्धार हुन सकेको छैन । मलाबीसँग नेपालको कूटनीतिक सम्बन्ध नरहेको र दक्षिण अफ्रिकास्थित...
पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो । उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ...
वायुसेवा निगमले जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि ऋणदाता कम्पनीले नै सरकारसँग रकम माग गरेका छन् । निगममा सञ्चय कोषले २२...
मानविकी विषय लिएर कक्षा १२ पूरा गरेकाहरू विदेशमा चिकित्साशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएर पुग्ने गरेका छन् । विदेशी विश्वविद्यालयले अर्थाेपार्जनका लागि जथाभावी रूपमा ‘अफर लेटर’ पठाइदिने...