१२ बजे १२ समाचार: खेलकुद मन्त्री विवादको भुमरीमा, माओवादी स्थायी समिति बैठकमा नेताहरूबिच घोचपेच
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
१. माओवादी स्थायी समिति बैठकमा नेताहरूबिच घोचपेच
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको तेस्रो दिन बोल्ने अधिकांश नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नभएको धारणा राखेका छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको एजेण्डामाथि १९ जना पदाधिकारीले आ–आफ्ना धारणा राखेका थिए । तीमध्ये उपमहासचिव जनार्दन शर्मा बाहेक बोल्ने सबैले नेतृत्वमा प्रचण्डको विकल्प नभएको विचार राखेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
२. राजतन्त्रबारे बोले ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रबारे खुलेर आफ्नो धारणा राखेका छन् । आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा उनले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्युसँगै नेपालमा राजतन्त्र सकिएको टिप्पणी गरे । ज्ञानेन्द्र शाह असरी राजा नभएको उनको भनाइ थियो ।
३. खेलकुद मन्त्री विवादको भुमरीमा, कार्यक्षेत्रको समेत छैन ज्ञान
नेपाली खेलकुदले पछिल्लो समय पाइरहेको सफलतालाई कम आँक्न सकिँदैन । खासगरी महिला फुटबल र महिला क्रिकेटका कारण नेपाली खेलकुद चम्किएको छ ।
तर विडम्बना ! खेलकुद र खेलाडीको भावना बुझ्न सक्ने नेतृत्वलाई नहुँदा निकै ठुलो समस्या देखिएको छ ।
खेल संघ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) देखि मन्त्रालयसम्मकै नेतृत्व नै खेलकुद संघबिच विवाद ल्याउन, ओलम्पिक कमिटी र राखेपलाई आफ्नो हातमा लिएर चलाउन खोज्नेजस्ता हर्कत देखिन थालेका छन् ।
४. मस्र्याङ्दीमा खस्यो बस
आइतबार तनहुँस्थित आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा एक यात्रुबाहक बस मस्र्याङ्दी नदीमा खसेको छ । बस दुर्घटनामा घाइते भएका पाँच जनालाई अस्पताल लगिएको छ ।
५. अन्ततः बागमतीमा मुख्यमन्त्रीले दिए राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अन्ततः आइतबार राजीनामाको घोषणा गरेका छन् । पत्रकार सम्मेलन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । कांग्रेस संसदीय दलको निर्वाचनमा पराजित भएपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो ।
६. राप्रपाका अध्यक्षलाई महामन्त्रीको पत्र
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई आइतबार एक पत्र लेखेका छन् । लिङ्देनलाई सम्बोधन गरेर पार्टी कार्यालयमा दिइएको पत्रमा अध्यक्षको हालका गतिविधिबाट कार्यकर्ता चिन्तित र सशंकित भएको उल्लेख गरिएको छ ।
७. संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्को सम्भावित कार्यसूचीमा
राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ सोमबार(साउन १९ गते) को प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ ।
८. संघीय लोकतान्त्रिक मोर्चाको जागरण अभियान
सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु भएको छ । काठमाडौँ कालिकास्थानमा ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ कार्यक्रम आयोजना गरिएको हो । मधेस केन्द्रित ७ दलको मोर्चाले काठमाडौँ, भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगन्जमा जनजागरण अभियान गर्न लागेको हो ।
९. नेपालमा आएका विदेशीलाई डिजिटल ट्रयाकिङ गरिने
नेपालमा घुम्न आएर सम्पर्कविहीन हुने विदेशीहरूलाई अध्यागमन विभागले ट्रयाकिङ गर्ने प्रविधि विकास गर्न लागेको छ । विदेशी पर्यटकलाई डिजिटल पहिचान गर्ने प्रविधि समेत विकास गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
१०. शल्यक्रियामार्फत सुत्केरी: रहर कि बाध्यता ?
पछिल्लो समय शल्यक्रियामार्फत सुत्केरी हुने दर बढेको छ । यस्तो प्रक्रिया रहर हो या बाध्यता भन्नेबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
११. ‘कुलिङ पिरियड’बारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने
‘संघीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले सोमबार छानबिन प्रतिवेदन बुझाउने भएको छ ।
१२. काठमाडौँबाट १ वर्षमा हरायो ५० करोडको मोबाइल
काठमाडौँबाट एक वर्षमा ५० करोड भन्दा धेरै मूल्य बराबरको मोबाइल हराएको पाइएको छ । २०८१ साउनपछि २०८२ असार मसान्तसम्ममा ५० करोड ६५ लाखको मोबाइल हराएको र चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण