१२ बजे १२ समाचार: ज्ञानेन्द्र शाहलाई घुँडा टेकाउने रिटदेखि टी–२० विश्वकपका लागि खेलाडी छनोटसम्म
सारांश
- ज्ञानेन्द्र शाहलाई घुँडा टेकाउने रिट दायर गरिएको छ, जसमा उनलाई राजाको कदमबारे प्रश्न सोधिएको छ।
- कुलमान घिसिङले उज्यालो नेपाल पार्टीसँग कुनै सम्बन्ध नभएको प्रस्ट पारेका छन्, र क्रिकेट टोलीमा सन्दीप लामिछानेलाई समावेश गरिएको छ।
- काठमाडौं प्रशासनले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ, र धनुषामा निषेधाज्ञा जारी गरिएको छ।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–
१. ज्ञानेन्द्र शाहलाई घुँडा टेकाउने रिट
२०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको कदमले सबैतिर सन्नाटा छाएको थियो किनकि संविधानप्रदत्त मौलिक हकहरू निलम्बन भएका थिए । ज्ञानेन्द्रले ‘आज देशले स्पष्ट अठोट गरेको छ । यस अनुकूल निर्णय पनि भएको छ । अशान्ति, असुरक्षा र द्वन्द्वग्रस्त अवस्थालाई बिसाएर देशले प्रजातन्त्र र प्रगतिको पक्षमा अग्रसर हुन पाइला सारेको छ’ भन्दै शासन व्यवस्था आफ्नो हातमा लिएका थिए ।
२. कुलमानको प्रष्टीकरण
उर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा आफूलाई जोडेर प्रकाशन भएका सूचना तथा समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शुक्रबार आफ्नो फेसबुक पेज मार्फत उनले उक्त पार्टीसँग आफ्नो कुनै आबद्धता नरहेको पनि स्पष्ट परेका छन् ।
३. क्रिकेट
नेपाल क्रिकेट सङ्घ (क्यान)ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।
संयुक्त अरब इमिरेट्समा वेस्ट इन्डिजविरुद्धको तीन शृङ्खला खेल्न गएको १६ सदस्यीय टोलीका सदस्यमध्ये साहब आलम भने टोलीबाट बाहिरिएका क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । त्यसैगरी टोलीमा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ । यसअघि उनले वेस्ट इन्डिजसँगको सिरिजको पहिलो खेल सुरु हुनु करिब ४५ मिनेट अगाडि मैदानमा उत्रन अस्वीकार गरेका थिए । क्यानले उनलाई कारबाहीस्वरुप वेस्ट इन्डिजविरुद्धको अन्तिम दुई खेलमा निलम्बन गरेको थियो ।
४. रातिमा यात्रा नगर्न आग्रह
जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सो बाट जोखिमयुक्त स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपदजन्य घटनाहरू हुन सक्ने भएकाले सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ ।
प्रशासन कार्यालयले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दुरीको यात्रा नगर्न तथा काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभवहरुलाई रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।
५. निषेधाज्ञा
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा दुई समुदायबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
५. एमाले बैठक
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असोज २७ र २८ गते काठमाडौँमा बस्दैछ । केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न असोज १९ र २० गते सचिवालय बैठक बोलाइएको छ ।
६. टीका लगाउने क्रम जारी
बडादसैँको दोस्रो दिन आज काठमाडौँ उपत्यकालगायत देशका अधिकांश भागमा मान्यजनबाट टीका थाप्ने तथा आशीर्वाद लिने क्रम जारी रह्यो ।
देशका विभिन्न भागमा अवस्थित सहरमा निजी सवारी साधनमा टीका थाप्न हिँडेका सबै वयका मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको छ भने सार्वजनिक यातायातका साधन पनि भरिभारउ छन् ।
७. आशिकाको जवाफ
सामाजिक अभियन्ता आशिका तामाङले आफूले सङ्कलन गरेको आर्थिक सहयोगको हिसाब माग्ने व्यक्तिहरूलाई कडा जवाफ दिएकी छन्। आफ्नो फेसबुक पोस्टमार्फत उनले आफूलाई सहयोग नगर्नेहरूले नै हिसाब माग्नु ‘छक्क लाग्दो’ भएको भन्दै आक्रोश पोखेकी छन्।
८. जसले सिकायो मितव्ययिताको पाठ, जेनजी आन्दोलनमा उसैको उठिबास
साउन २६ गते गण्डकी प्रदेश मन्त्रिपरिषद्बाट विभिन्न कार्यालय खारेज गर्ने र मर्ज गर्ने निर्णय भयो । उक्त निर्णयले देशभर चर्चा पायो । आर्थिक मितव्ययिताका दृष्टिले प्रदेश सरकारको यो निर्णयलाई धेरैले स्वागत गरे ।
यद्यपि प्रदेश संरचनाप्रति आलोचना रोकिएको छैन । जेनजी प्रदर्शनमा गण्डकीले अन्य प्रदेशको तुलनामा धेरै क्षति व्यहोर्नुर्पयो । तथापि, गण्डकीले प्रशासनिक पुनर्संरचना गरेर पहिले नै राष्ट्रियस्तरको सन्देश प्रवाह गर्न भ्याएको छ ।
९. असोजको झरी
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप बढी सक्रिय हुँदा मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले आज साँझको मौसमी बुलेटिन जारी गर्दै आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
१०. माझी समुदायले मनाए ऐतिहासिक–अनौठो ‘पितरा पर्व’
काभ्रेपलाञ्चोकका माझी समुदायले परापूर्वकालदेखि दसैँको टिकाको भोलिपल्ट अर्थात् पापांकुशा एकादर्शीको दिन मनाइने ‘पितरा पर्व’ मनाएका छन् । प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट र तिहारको भाइटिकाको भोलिपल्ट यो पर्व माझीहरूले आफ्नै रीतिरिवाजअनुसार मनाउने गर्दछन् ।
११. दसैँ विशेष स्टोरी
दसैँको बिदामा पाठकलाई स्तरीय सामग्री उपलब्ध गराउने उद्देश्यका साथ रातोपाटीले शुक्रबार विभिन्न स्टोरी छापेको छ ।
१२. काष्ठकलामा भविष्य कुँद्दै मकवानपुरका महिला
हेटौँडाको पिप्लेस्थित सामुदायिक वनको भवनमा हरेक बिहान चहलपहल हुन्छ । मेसिन चलेका आवाज, काठको मसिनो धुलो र एकाग्रताका साथ करौँती चलाइरहेका हातहरूले एउटा सुन्दर सपनालाई आकार दिइरहेका हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण