१२ बजे १२ समाचार: नयाँ पार्टी बनाउने झलनाथको घोषणादेखि चक्रव्यूहमा किसानसम्म
सारांश
- झलनाथ खनालले पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन्, किनभने माधव नेपालसँग एकताको प्रस्ताव पारित भएको थियो।
- किसानहरूले खडेरी र वर्षाका कारण धानबालीमा समस्या भोग्नुपरेको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक शक्तिहरूसँग बृहत् गठबन्धन बनाउने तयारी गर्दैछ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. नयाँ पार्टी बनाउने झलनाथको घोषणा
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन्।
शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत नेकपा (माओवादी केन्द्र)सहितका दलसँग एकता गर्ने प्रस्ताव बहुमतले पारित गरेपछि खनालले यस्तो घोषणा गरेका हुन्।
२. चक्रव्यूहमा किसानस
असार धान रोप्ने बेला किसानहरुले चर्को खडेरीको मार खेपे । यो समय धान भित्र्याउने समय हो, तर अविरल झरीका कारण वर्षभरिको मेहनत खेर जाने चिन्ताले किसानलाई सताइरहेको छ ।
३. वैकल्पिक शक्तिबिच बृहत् ‘एलाइन्स’ बनाउने तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी विद्रोहपछि प्राप्त उपलब्धिको संरक्षण गर्ने उद्देश्यले ‘बृहत् राजनीतिक संवाद’ थालेको छ । शुक्रबार काठमाडौँमा आयोजित संवाद कार्यक्रममा नयाँ र वैकल्पिक शक्ति निर्माण पक्षधर सहभागी थिए ।
४. रेशम–रञ्जिता विवाद राजनीतिक कि पारिवारिक ?
‘देश विकासका लागि फेरि नयाँ पार्टी खोल्नु भएको धेरै धेरै बधाइ हो बूढो’ (देश विकासके लाग फेनसे लव्व पार्टी खोल्लो धिउर धिउर बधाइ बा हो बुरूवा) ।
नागरिक उन्मुक्ति पार्टीबाट अलग भई नयाँ दल दर्ताका निर्वाचन आयोगमा निवेदन दिएका रेशम चौधरीलाई रञ्जिता श्रेष्ठले दिएका बधाईका शब्द हुन् यी ।
५. गृहमन्त्रीमाथि बालेनको अविश्वास
काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरण (केभीडीए) अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने तयारीमा जुटेका छन् । दुवै निकायले शुक्रबार संयुक्त रूपमा सूचना जारी गर्दै महानगर क्षेत्रका सबै अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन दिएका छन् ।
६. कांग्रेस बैठक
शुक्रबार बिहानैदेखि भएका प्रयासले सार्थकता नपाएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिनका लागि सारिएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक आइतबार दिउँसो एक बजेसम्मका लागि सारिएको हो ।
७. अदालत
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी सरकारले स्थानहद तोकेको विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरिएको छ ।
८. बञ्चरेडाँडा डम्पिङ साइट विवाद
बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयले फोहोर बोकेका गाडीहरू दुई दिनदेखि रोकेपछि सहरी विकास मन्त्रालयले बोलाएको छलफल सुरु हुने बित्तिकै तनावपूर्ण बनेको छ । २०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयहरूले काठमाडौं महानगरपालिकासहित उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरू रोकेका थिए ।
९. १० हजार मेगावाट निर्यातको आधार ४ अन्तरदेशीय प्रसारण लाइन
नेपाल र भारतबिच ऊर्जा सहकार्यले महत्त्वपूर्ण फड्को मारेको छ । भारतले नेपालमा उत्पादित विद्युत आगामी १० वर्षमा १० हजार खरिद गर्ने सम्झौता गरिसकेको छ । तर जलविद्युत उत्पादनको प्रचुर सम्भावना भएको नेपाललाई पूर्वाधारमा लगानी अभाव छ ।
१०. भिजिट भिषामा यात्रासम्बन्धी मापदण्ड परिमार्जन
भिजिट भिसामा विदेश जानेहरुबाट ‘सेटिङ’मा रकम असुल्ने गरिएको तथ्य बाहिरिएसँगै पर्यटक भिसामा विदेश यात्रामा आवश्यक पर्ने कागजातबारेको मापदण्ड परिमार्जन गरिएको छ । २०८० माघ १० बाट लागू गरिएको ‘विवादित’ ६ बुँदे मापदण्ड गृह मन्त्रालयले परिमार्जन गरेको हो ।
बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट ६ बुँदे मापदण्ड परिमार्जन गरिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
११. जेनजी पुस्ताका वडा अध्यक्ष
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–९ का वडा अध्यक्ष प्रदीप बोहोराले २५ वर्षको उमेरमै जनप्रतिनिधिको जिम्मेवारी सम्हाले । उमेरले जेनजी पुस्ताकै उनी औसतभन्दा चाँडै जनप्रतिनिधिको जिम्मेवारीमा आउँदा समाजले आलोकाँचो ठानेर अवमूल्यन गर्ने गरेको अनुभव सुनाउँछन् ।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण