१२ बजे १२ समाचार: आफूमात्र बोलेर महाधिवेशन सक्ने ओलीको रणनीति, प्रधानमन्त्रीसमक्ष थरीथरीका माग
सारांश
- एमाले महाधिवेशनमा अध्यक्ष ओलीले आफू मात्र बोल्ने रणनीति लिएको कुरा उठेको छ।
- कांग्रेसमा महाधिवेशन र क्रियाशील सदस्यताको विषयमा विवाद चलिरहेको छ।
- कुलमान घिसिङ राजनीतिक दल खोल्ने तयारीमा छन्, पार्टीको नाम नेपाल जनसेवा राख्ने चर्चा छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. आफूमात्र बोलेर महाधिवेशन सक्ने ओलीको रणनीति
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते काठमाडौँमा आयोजना हुँदैछ । जेनजी आन्दोलनपछि हुन लागेको एमाले महाधिवेशनलाई पार्टीभित्र र बाहिरसमेत चासोका साथ हेरिएको छ । तेस्रो कार्यकाल अध्यक्ष बन्न प्रयासरत केपी शर्मा ओलीले महाधिवेशनमा आफूमात्र बोल्ने, अरु कसैलाई बोल्न नदिने रणनीति अपनाउन चाहे पनि कतिपयले उनलाई चुनौती दिने तयारी थालेका छन् ।
२. क्रियाशील सदस्यता नटुङ्ग्याइ महाधिवेशनको बहसमा कांग्रेस
नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेबारे बहस चलिरहेको छ । महाधिवेशनको मितिबारे पनि अलग–अलग प्रस्ताव आइरहेको छ । यद्यपि, कतिपय जिल्लामा कांग्रेसको क्रियाशील सदस्यताको विवाद अझै टुङ्गिन सकेको छैन ।
३. रास्वपाभित्र ‘रिफर्म’को विषयले हलचल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र ‘रिफर्म’को विषयले हलचल ल्याएको छ । चितवनमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टी रिफर्म गर्नुपर्ने विषयलाई नेतृत्व तहले बेवास्ता गरेको देखियो भने कतिपयले यसलाई मुख्य मुद्दाका रूपमा उठाएका थिए ।
४. दल दर्ताको तयारीमा कुलमान
कुलमान घिसिङ राजनीतिक दल दर्ताको तयारीमा जुटेका छन् । उनले सोमबार निर्वाचन आयोगमा दल दर्ता गर्नेगरी तयारी गरिरहेको स्रोतले जनाएको छ ।
५. प्रधानमन्त्रीसमक्ष थरीथरीका माग
प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर विभिन्न माग राख्नेको ओइरो लाग्न थालेको छ । आइतबारमात्र प्रधानमन्त्री कार्कीलाई भेटेर संविधानसभाका चार सभासददेखि लिएर अभियन्ता डा. गोविन्द केसीसम्मले विभिन्न माग राखेका छन् ।
६. बालेनविरुद्ध ‘सुकुमबासी कार्ड’ खेल्दै दुर्गा प्रसाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेका छन् । उनले भेला भएका सुकुमबासीहरूलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका छन् ।
७. मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि विरोध प्रदर्शन
नयाँ सरकार गठनका लागि आह्वान गर्न ढिला गरेको भन्दै लोसपा नेपालले आइतबार मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ ।
८. दैलेखमा भेटिएको ग्यासले ऊर्जा क्षेत्रमा गर्न सक्छ कायापलट
दैलेखमा भेटिएको प्राकृतिक ग्यासबाट मुलुकको ऊर्जा क्षेत्रमा ठुलो परिवर्तन ल्याउन सक्ने देखिएको छ । नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा गठित अध्ययन समितिले युरिया, विद्युत, सवारी साधनमा प्रयोग हुने ग्यास र खाना पकाउने ग्यास उत्पादन गर्न सकिने प्रतिवेदनमा उल्लेख गरेको छ ।
९. प्रहरीमाथि आक्रमण गर्ने तथा हतियार लुट्नेहरू रिहा
भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गर्दै हतियार लुटपाटमा संलग्नहरूलाई धरौटीमा छाड्न आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले तीन जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा छाड्ने आदेश दिएको हो ।
१०. फुटेर गएकाहरूले मान्लान् उपेन्द्र यादवको आह्वान ?
कात्तिक २० गते जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई संकोच नमानी ‘पुरानै घर’मा फर्किन आह्वान गरे । केन्द्रीय समिति बैठकलाई सम्बोधनका क्रममा उनले गरेको आह्वान जसपा नेपालमात्रै नभएर मधेसी जनअधिकार फोरम नेपाल हुँदादेखि छुट्टिएर गएकाहरुलाई पनि हो भन्ने देखिन्छ । तर फुटेर गइसकेकाहरूले उपेन्द्रको आह्वानलाई मान्लान् त भन्नेबारे चासो बढेको छ ।
११. समावेशी आयोगका करारका कर्मचारी नहटाउन अन्तरिम आदेश
सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगमा करारमा नियुक्त कर्मचारीहरूलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ ।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण