शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार

शुक्रबार, ०९ माघ २०८२, ०० : ०१
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • कोशी प्रदेशको निर्वाचनमा पुराना नेताहरू चुनावी प्रतिस्पर्धामा फर्किएका छन्।
  • फौजदारी मुद्दा लागेका उम्मेदवारहरू पनि निर्वाचनमा देखिएका छन्, जसले जनमतको परीक्षण गर्नेछन्।
  • रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ भने बंगलादेशले टी-२० विश्वकप खेल्न अस्वीकार गरेको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

‘पुराना खेलाडी’ फेरि मैदानमा

कोशी प्रदेशमा आसन्न निर्वाचनको सरगर्मी बढेको छ । यसपटकको निर्वाचनमा पनि कोशीका विभिन्न निर्वाचन क्षेत्रहरूमा दशकौँदेखि नेपाली राजनीतिमा हालीमुहाली गरिरहेका नेताहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । 

प्रचण्डको आँट 

‘१२ वर्षपछि खोलो पनि फर्किन्छ’ भन्ने चर्चित उक्ति यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पुष्पकमल दाहाल संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी (साबिक माओवादी केन्द्र सहित) को हकमा चरितार्थ भएको छ । 

‘दाग’ बोकेरै मैदानमा उम्मेदवार

फौजदारी कसुरमा गम्भीर प्रकृतिको मुद्दा लागेका उम्मेदवारहरू निर्वाचनमा होमिएका छन् । भ्रष्टाचार मुद्दादेखि सम्पत्ति शुद्धीकरण र कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भइसकेकाहरू प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । 

कांग्रेसले नयाँ उम्मेदवार उठाउँदा रास्वपालाई चुनौती

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ मा २८ जना उम्मेदवार बनेका छन् । 

ब्याटलग्राउन्ड तनहुँ–१

 प्रतिस्पर्धामै आउँदैनन् भन्ने कांग्रेसीको पूर्व आकलनविरुद्ध झन्डै दोब्बर मतान्तरले उपनिर्वाचन जितेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको वैकल्पिक राजनीतिलाई बल पुर्‍याएको क्षेत्र हो, तनहुँ १। 

०७९ मा अत्यधिक मतले जितेका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र खाली भयो। २०८० वैशाख १० मा भएको उपनिर्वाचनमा बिना सङ्गठन रास्वपाले एकछत्र राज गरिरहेको कांग्रेसको गढ भत्काइदियो।

चुनावमा कलाकर्मी 

आउँदो २१ फागुनमा हुने निर्वाचनमा नेपाली कला क्षेत्रको सक्रियता लोभलाग्दो देखिएको छ। सुशासन र देश निर्माणको नारा बोकेर थुप्रै कलाकर्मी प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवार बनेका छन्। अधिकांश कलाकर्मी राजनीतिक दलबाट नै उम्मेदवार बनेका हुन्।

रेशम चौधरीको उम्मेदवारी खारेज

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नं। १ मा उम्मेदवारी दर्ता गराएका रेशमलाल चौधरीको मनोनयन बिहीबार खारेज भएको छ ।

गण्डकीका ५ क्षेत्रमा पुरानै प्रतिस्पर्धी

गण्डकीका ५ निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले पुरानै प्रतिस्पर्धी पाएका छन्। सबैभन्दा पुरानो प्रतिस्पर्धीका रूपमा पर्वतमा अर्जुन जोशीविरुद्ध पदम गिरी छन्। उनीहरू २०७० देखिका निरन्तर प्रतिस्पर्धी हुन्। 

मन्त्रिपरिषद् बैठक निर्णय 

सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ ।

अदालत 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा पेसी तोकेर पनि आज सुनुवाइ हुन सकेन ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ समावेशिताको वकालत गरेर कहिल्यै थाक्दैनन् । उनी समानुपातिकदेखि समावेशिता यो देशमा ल्याउने माओवादी नै हो भन्छन्, तर कर्णालीमा प्रतिनिधि सभा उम्मेदवार छनोटमा भने नेकपाबाट एक जना पनि महिला नेतृले टिकट पाएनन् ।

खेलकुद  

बंगलादेशले भारतमा हुने आगामी टी–२० विश्वकप खेल्न अस्वीकार गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप