१२ बजे १२ समाचार: स्थानीय सरकारमाथि केन्द्रको निरन्तर प्रहारदेखि देउवाको दुखान्तसम्म
सारांश
- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिङ्गापुर गएका छन् र अझै फर्किएका छैनन्।
- सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरेको छ।
- स्थानीय तहहरू सङ्घीय सरकारको वित्तीय अनुदारवादको सिकार बनिरहेका छन्।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ–
१. देउवाको दुखान्त
फागुन २१ को चुनावको मुखैमा सिङ्गापुर उडेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अझै नेपाल फर्किएका छैनन् । गत वर्ष भदौमा जेनजी आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमै निर्घात कुटिएका उनी फलोअपका उपचारका लागि फागुन १४ गते सिङ्गापुर पुगेका थिए ।
२. नयाँ दर्ता
सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरेको छ । बिहीबार यातायात व्यवस्था विभागले प्रदेशस्थित सबै यातायात कार्यालयहरूलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गरिदिन अनुरोध गरेको हो । योसँगै शुक्रबारदेखि यातायात कार्यालयले कालो नम्बर प्लेटका गाडीको दर्ता रोक्का गरेका छन् ।
३. बालेन प्रवृत्ति
झन्डै दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र रवि लामिछाने र वालेन्द्र (बालेन्द्र) शाह दुई मुख्य नेता हुन् । यी दुई नेता मिलेर आगामी पाँच वर्ष नै मुलुकलाई राजनीतिक स्थिरता दिन्छन् या व्यक्तित्वको टकरावतर्फ अघि बढेर छिन्नभिन्न हुन्छन् भन्ने विषय भविष्यकै गर्भमा छ । यद्यपि यसतर्फ धेरैले चासो राख्न थालिसकेका छन् ।
४. समानीकरणमा कैँची
नेपालको संविधानले परिकल्पना गरेको राज्य संरचनाको सबैभन्दा बलियो र जनताको घरदैलोको सरकार भनेकै स्थानीय तह हो । सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने नाराका साथ स्थापित यी सरकारहरू पछिल्लो समय सङ्घीय सरकारको वित्तीय अनुदारवादको सिकार बनिरहेका छन् ।
५. कूटनीति
फागुन २१ गतेको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ बहुमतका साथ विजय हासिल गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह र सभापति रवि लामिछानेलाई फोन गरेर शुभकामना तथा बधाई दिएका थिए।
६. गगन थापालाई चुनौती
कुनैवेला विराटनगरको विचार देशको विचार बन्थ्यो । कतिपयले भन्ने गर्दथे, ‘काठमाडौँले सोच्नु अगाडि विराटनगरले सोच्छ ।’ त्यही भएर विराटनगरको धारणा बुझ्न नेताहरू बेला–बेला आउने गर्दथे । त्यसो भन्नुमा विराटनगरबाटै नेपाली कांग्रेसको नेतृत्वमा भएको केन्द्रीय सत्तामाथिको हस्तक्षेप प्रमुख कारण हो ।
७. क्षतिपूर्ति भराउने फैसला
उपभोक्ता अदालतले ललितपुरस्थित होटेल स्क्वायरको पौडी पोखरी (स्विमिङ पुल) मा करेन्ट लागेर गम्भीर घाइते भएका सजिलमान शाक्यको मुद्दामा पीडितलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।
८. सार्वजनिक लेखा समिति
महालेखा परीक्षकको कार्यालयलाई लेखा समितिमा सांसदहरूले प्रश्नैप्रश्न गरेका छन्। शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सांसदहरूले महालेखा परीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदन र कार्यालयको कार्यशैलीप्रति प्रश्न गरेका हुन् ।
९.ठुला उद्योग शून्य, साना सङ्कटमा
अहिलेसम्म एउटा पनि ठुला तथा मझौलाखालका उद्योग, कलकारखाना नभएको भनेर चिनिने एकमात्र प्रदेश हो कर्णाली । सङ्घीयता अघि सिंहदरबारबाट उपेक्षामा परेको भनिएको यो भूगोल सङ्घीयता लागु भएको यतिका वर्षसम्म पनि प्रगतिपथमा लम्किन सकेको छैन ।
राज्यका केन्द्रीकृत मानसिकताबाट मात्र होइन, निजी क्षेत्रको लगानीका दृष्टिले पनि ठगिएको छ कर्णाली । यहाँका बेरोजगार युवा रोजगारीका लागि भारत तथा खाडी मुलुकमा पसिना बगाउन बाध्य छन् । कर्णालीमा औद्योगिकीकरण भएको हुँदो हो त उनीहरू आफ्नै प्रदेशमा पसिना बगाएर जीविकोपार्जन गरिरहेका हुन्थे होलान् । उद्योगधन्दा स्थापना हुँदा प्रदेशभित्र आर्थिक गतिविधि पनि बढ्न सक्थ्यो ।
१०. संसदीय समिति
मुलुकको पूर्वाधार निर्माण क्षेत्र पछिल्लो समय गम्भीर सङ्कटबाट गुज्रिरहेको छ । निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, प्रशासनिक झमेला र राज्यको नीतिगत अस्पष्टताका कारण यो क्षेत्र धराशायी हुने अवस्थामा पुगेको बेला सरकारले भने समस्या समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
११. एमाले राजनीति
अन्य दिनको तुलनामा शुक्रबार बसेको नेकपा एमालेको सचिवालय बैठकको माहोल निकै भिन्न बनेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकमा ११ वटा एजेण्डा छलफलका लागि प्रस्तुत गरिएका थिए ।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण