सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, २० चैत २०८०, २१ : ३६
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ ।आज २०८० चैत २० गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ–

  • कर्णाली प्रदेश सरकार

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । मंगलबार बसेको माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिनुपर्ने निर्णय गरेको हो । माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीले विश्वासकाे मत लिने जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि मात्रै राजीनामा दिने भएका छन् ।

  • खाम प्रकाउ

नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ परेका छन्। तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई जानकारी दिए । 

  • कांग्रेस बैठक

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक उपनिर्वाचनको उम्मेदवार टुंगो नलगाई सकिएको छ । सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबिच उम्मेदवार चयनमा विवाद भएपछि बैठकले निर्णय लिन नसकेको हो ।

  • समाजवादी मोर्चा

माओवादी केन्द्रका अध्यक्ष एवं अध्यक्ष प्रचण्डले समाजवादलाई अघि बढाउन नेपाल उर्वर भूमि रहेको बताएका छन् । मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको छलफल कार्यक्रममा बोल्दै प्रचण्डले हालको संविधानमा समाजवाद र पुँजीवादको समान विशेषता रहेको बताए । 

  • सुदूरपश्चिममा सत्ता सङ्कट

सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक शक्ति मानिएको नागरिक उन्मुक्ति पार्टी(नाउपा) भित्रको विवादले त्यहाँको सत्ता सङ्कट गहिरिँदै गएको छ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा देखिएको विवाद झाङ्गिँदै पार्टी विभाजन उन्मुख अवस्थामा पुगेको छ ।

  • बंगलादेशका नागरिक काठमाडौँमा बन्धक

काठमाडौँ महानगरपालिका–१६ पकनाजोलस्थित होटल निभाना ग्रीन पिस होमबाट चैत ८ मा ४ जना बंगलादेशका नागरिक पक्राउ परे । उनीहरूमाथिको आरोप थियो– बंगलादेशका ५ जना नागरिकलाई बन्धक बनाएको ।

  • हतियार अनुमतिमा गोलमाल

 निजी हतियार राख्न दिने विषयमा सरकारी निकायहरूले खेलाँची गरिरहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारीले सरकारको स्वीकृतिमा निजी हतियार राख्न अनुमति दिने कानुनी व्यवस्था छ । तर, तालुकदार निकाय गृह मन्त्रालयले त्यस्ता हतियारको तथ्याङ्कमा बल्ल चासो राखेको छ ।

  • पशुपतिको जग्गा 

पशुपति विकास कोषको नाममा रहेको जग्गा खोजबिनका लागि समिति बनेको एक महिना बित्दासमेत सरकारले समितिलाई कार्यालय र विवरणसमेत उपलब्ध नगराइएको पाइएको छ । 

  • नर्समाथि बिरामीको भार

नेपाली नर्सले गुणस्तरीय सेवा दिन सकिरहेका छैनन् । कार्यभार बढेकाले आफूले प्रवाह गर्नुपर्ने सेवाको गुणस्तर प्रभावित हुन पुगेको नर्सहरूनै बताउँछन् ।

  • सडक धमाधम मर्मत 

सडक विभागले सङ्घीय राजधानी काठमाडौँ जोड्ने देशभरका ३४ वटा रणनीतिक सडक मर्मतमा तीव्रता दिएको छ । यसका लागि ५ अर्ब ९४ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन गरेर धमाधम काम गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप