आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : कारागारबाट रविको सन्देश, इरानमा रहेका नेपालीको उद्धार गर्न भारतको सहयोग

शनिबार, ०७ असार २०८२, २२ : ००
शनिबार, ०७ असार २०८२

आज मिति २०८२ साल असार महिनाको ७ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

  • संसद् बैठक

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बहिस्कारका बिच प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १० मन्त्रालयको विनियोजन शीर्षकमाथिको समूहकृत छलफल प्रारम्भ भएको छ । 

  • रास्वपा स्थापना दिवस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँको माइतीघर मण्डलामा  प्रदर्शन गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा सो पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् । सो क्रममा नेता कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको सन्देश दिएका थिए । उनीहरुले विभिन्न किसिमका प्लेकार्ड बोकेर प्रतिशोधको विरोध जनाएका हुन् । 

  • रविको सन्देश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले सङ्गठित अपराध नगरेको तर सिङ्गो राज्यको दुरुपयोग गरेर आफूमाथि सङ्गठित अपराध भइरहेको बताएका छन् । रास्वपा स्थापना दिवसको अवसरमा भैरहवा कारागारबाट अपिल सन्देश पठाउँदै उनले चरम अन्यायको सिकार भई थुनुवामा रहेको उल्लेख गरेका छन् ।

  • जसपा बैठक

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिवारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिवार सुरु भएको बैठक आइतबारसम्म चल्ने पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिएका हुन् । 

  • अन्तर्राष्ट्रिय योग दिवस

अन्तर्राष्ट्रिय योग दिवसको ११ औँ संस्करण नेपालमा भव्यरुपमा मनाइएको छ । काठमाडौँस्थित भारतीय राजदूतावास र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले काठमाडौँ, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगन्ज, हेटौँडा, रौतहट र बरियारपुर लगायत नेपालका १० सहर र नगरपालिकाहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको हो ।

  • पहिलो प्रस्रव

काठमाडौँको डिल्लीबजारस्थित घरमा कलाकार र साहित्यकारहरूको जमघट भइन्थ्यो, किताब र कलाका थुप्रा हुन्थे । आमा कला साधनामा र पिता साहित्य साधनामा मग्न रहेको देखेर बेन्जु हुर्किन्, यसर्थ बेन्जु शर्माका लागि घरै साधना स्थलजस्तो थियो ।

  • इरान इजरायल तनाव

 भारतले इरानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्न मद्दत गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसको जानकारी दिएको हो ।

  • प्रथम नेपाली महिला

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बहिस्कारका बिच प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १० मन्त्रालयको विनियोजन शीर्षकमाथिको समूहकृत छलफल प्रारम्भ भएको छ । 

  • शनिबार विशेष
  • फोटोफिचर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप