बागमतीमा दोस्रो कार्यकालमा तीन मुख्यमन्त्री, ऊर्जामन्त्रीको स्वार्थले प्राधिकरणमा आन्तरिक द्वन्द्व
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ–
१. बागमती प्रदेश
बागमती प्रदेश सभाको दोस्रो कार्यकाल आधा समय कट्दासम्म तीन वटा सरकार बनिसकेको छ । २०७९ को निर्वाचनपछि माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले सरकारको नेतृत्व गरेका थिए । उनले २०७९ पुस २५ मा एमाले–माओवादी केन्द्रको समर्थनमा सरकार गठन गरे । केही समयमै गठबन्धनको समीकरण परिवर्तन भयो ।
२. रविको सरुवा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरी काठमाडौँ ल्याइएको छ। लामिछानेलाई बुद्ध एयरको विमानबाट शनिबार दिउँसो भैरहवाबाट काठमाडौँ ल्याइएको हो ।
३. आन्तरिक द्वन्द्वको भूमरी
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको स्वार्थका कारण नेपाल विद्युत् प्राधिकरण अहिले गम्भीर आन्तरिक द्वन्द्वको भूमरीमा फसेको छ । नेपालका सार्वजनिक संस्थामध्ये सबैभन्दा राम्रो मुनाफा कमाएको संस्था पछिल्लो एक वर्षदेखि मन्त्री र प्राधिकरण नेतृत्वबिचको स्वार्थको टकरावले विवादमा रहँदै आएको छ ।
४. मिस्री नेपाल आउने
भारतका विदेश सचिव विक्रम मिस्री भोलि नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन उनी नेपाल आउन लागेको बताइएको छ ।
५. रौतहटमा कृष्णजन्माष्टमी मेलामा झडप, नगरप्रमुखसहित पाँच घाइते
रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरी टोलस्थित कृष्ण मन्दिरमा शनिबार कृष्णजन्माष्टमी मेलाको उद्घाटनलाई लिएर दुई पक्षबिच विवाद चर्किँदा झडप भएको छ। झडपमा परी नगरप्रमुख प्रेमलाल साह कानु सहित पाँच जना घाइते भएका छन्।
नगरप्रमुखको पक्षले मेलाको उद्घाटन नगरप्रमुखकै हातबाट रिबन काटेर गर्ने अडान राखेपछि अर्को पक्षले आपत्ति जनाएको थियो। यही विषयमा वादविवाद बढ्दै गएर हाताहातीको स्थिति उत्पन्न भएको हो।
६. स्वास्थ्य
वयस्कहरूको खानपान र पोषणको बारेमा किस्ट अस्पतालमा कार्यरत डाइटिसियन मनोज भट्टराईसँगको कुराकानी ः
७. पहिलो प्रस्रव
भद्रकुमारी घलेले लेखेका विभिन्न विधाका पुस्तक–पुस्तिकाको संख्या २९२ पुगेको छ । ‘भद्रकुमारी घले सेवा सदन’ले पछिल्लो समय (२०७९ वैशाख) मा भद्रकुमारीका केही कृति प्रकाशन गरेको छ— वृद्धाबोध कवितासंग्रह, भजनसंग्रह, आत्मपरक निबन्ध संग्रह आदि । ती कृतिको अन्तिम पृष्ठतिर घलेका २९२ कृतिका सूची दिएर विज्ञापन गरिएको छ— यी सम्पूर्ण पुस्तकका लागि सम्पर्क ः भीमार्जनु घले स्मृति पुस्तकालय, भद्रकुमारी घले सेवा सदन, देवीनगर काठमाडौँ ।
८. बाढीपहिरो
देशका विभिन्न ठाउँमा आएको बाढी–पहिरोका कारण ९ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १४२ स्थानमा एकतर्फी आवागमन भइरहेको सडक विभागले जनाएको छ।
९. खेलकुद
अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । यसअघि, पहिलो खेलमा नेपाल शुक्रबार अस्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।
एड्रिआनो लेइट रिबेइरो – जसलाई छोटकरीमा एड्रिआनो भनेर चिनिन्छ – फुटबल प्रशंसकहरूको एक निश्चित पुस्ताका लागि अन्तिम ‘कल्ट हिरो’ मानिन्छन्। पेलेको गौरवशाली युगदेखि हालको नेयमार–नेतृत्वको युगसम्म, ब्राजिलले आफ्नो इतिहासमा प्रतिभाशाली आक्रामक खेलाडीहरूको अनन्त शृङ्खला उत्पादन गरेको छ। तर एड्रिआनो एक विशेष अध्याय थिए।
सुदूरपश्चिममा ठुला चाडपर्वको रौनक सुरु भएसँगै गाउँ–गाउँमा भलिबलको उत्साह पनि बढ्छ । कैलाली, कञ्चनपुर, बझाङ, अछाम, डोटी, डडेल्धुरा लगायतका जिल्लामा विभिन्न मेला र पर्वको अवसर पारेर स्थानीय क्लब तथा पालिकाहरूको सहयोगमा भलिबल प्रतियोगिता आयोजना गरिन्छ ।
१०. ट्रम्प–पुटिन वार्ता:
११. फोटोफिचर
१२. शनिबार विशेष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण