शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: सकियो एमाले विधान महाधिवेशन, भारतको जीएसटी प्रभाव नेपालमा

सोमबार, २३ भदौ २०८२, ०० : ००
सोमबार, २३ भदौ २०८२

सारांश

  • एमालेको विधान महाधिवेशन सम्पन्न, केपी ओलीले प्रचण्ड र माधव नेपालको प्रसंग निकाले।
  • युवाहरूको सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शन, विभिन्न व्यक्ति र दलको समर्थन।
  • सर्वोच्च अदालतको फैसलाले जलविद्युत् आयोजनामा अन्योल, सरकार 'कुलिङ अफ पिरियड' कार्यान्वयनमा उदासीन।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. एमाले विधान महाधिवेशन

 नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो ।

२. विधान महाधिवेशनमा ओली

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले न कायर न उग्र वामपन्थी भड्काउको पक्षमै रहेको बताएका छन् ।  दोस्रो विधान महाधिवेशन समापन समारोहलाई आइतबार गोदावरीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चरित्र मिल्दोजुल्दो भएकाले नजिक भएको बताए ।

३. सुर्ती कर

स्वास्थ्यमा नकारात्मक असर पार्ने सुर्तीजन्य पदार्थको उपभोग घटाउन विश्वभर कर प्रणालीलाई सबैभन्दा शक्तिशाली रणनीतिका रूपमा लिइन्छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले नेपालमा पनि यसको नियन्त्रणका लागि कर सङ्कलनलाई मुख्य आधार बनाउनुपर्ने बताउँछन् ।  

४. भारतको जीएसटी प्रभाव

भारत सरकारले हालै वस्तु तथा सेवा कर (जीएसटी) को दर घटाएको छ । गत बुधबार बसेको जीएसटी काउन्सिलको बैठकले भारतले लगाउँदै आएको वस्तु तथा सेवा कर (जीएसटी) को स्ल्याब परिवर्तन गरेको हो । 

५. जेनजीको प्रदर्शन

सामाजिक सञ्जाल प्रतिबन्धमा ‘मनोमानी’ सरकारलाई आज नेपाली युवाले यसरी नै प्रश्न गरिरहेका छन् । टिकटकदेखि इन्स्टाग्राम, लिङ्क्डइनदेखि रेडिक्टसम्म यो गीतको पृष्ठभूमिमा नेता र नेताका छोराछोरीहरूको ’लक्जरी लाइफ’ देखाइँदा लाखौं युवाका मनमा दबेर बसेको आक्रोशलाई ज्वालामुखी झैँ विस्फोट गराइरहेको छ ।

सुरक्षा रणनीति

भ्रष्टाचारको विरुद्धमा सोमबार माइतीघरमा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ । भोलि बिहान ११ बजेदेखि माइतीघर मण्डलामा स्वतन्त्र नेपाली युवाहरूले भ्रष्टाचार विरुद्ध प्रदर्शन आयोजना गरेका छन् ।

६. जेनजीको प्रदर्शनलाई समर्थन

भ्रष्टाचारको विरुद्धमा सोमबार माइतीघरमा हुने प्रदर्शनलाई चौतर्फी समर्थन प्राप्त भइरहेको छ ।

७. फैसलाको तरङ्ग

सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा गरिएको संशोधनलाई आठ महिनाअघि खारेज गर्‍यो । यससँगै नेपालका जलविद्युत् आयोजनाहरू निर्माण प्रक्रियामा जान नपाउँदा जलविद्युत क्षेत्रमा सङ्कट र अन्योल देखिएको छ । 

८. पार्टी एकतामा प्रचण्ड–माधवको हतारोमा झलनाथको असन्तुष्टि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समान विचार र राजनीतिक दर्शन बोकेका वामपन्थी दलहरूसँग एकता छिट्टै हुने दाबी गर्दै आएका छन्, तर तीन वर्ष पूरा हुन लाग्यो, उनको दाबीले साकार रूप पाएको छैन । 

२०७९ सालको आम निर्वाचनलगत्तै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)सँग एकता गर्ने सहमति गरे । तर निर्वाचनपछि भट्टराई एकता प्रक्रियाबाट बाहिरिए । गत वर्ष माघमा भट्टराई समूहले छुट्टै महाधिवेशन गरी पार्टी पुनर्गठन गरे । 

९. ‘कुलिङ अफ पिरियड’ छेडखानी

‘कुलिङ अफ पिरियड’ विधेयकमा छेडखानी भएको निष्कर्ष निकाल्दै सात सदस्यीय संसदीय छानबिन विशेष समितिले साउन २० गते प्रतिवेदन बुझाएको थियो । समितिले छेडखानी गर्नेलाई कारबाही सिफारिस गरेको थियो । तर एक महिना बितिसक्दा सरकारले भने सिफारिस कार्यान्वयनमा उदासीनता देखाइरहेको छ । 

१०. कुलिङ पिरियडको ‘साइड इफेक्ट’

आर्थिक वर्ष सुरु भएको दुई महिना नपुग्दै दुई सचिव र दुई सहसचिवले राजीनामा दिएका छन् । सचिवद्वय डा. टेकराज घिमिरे र भरतमणि सुवेदी तथा सहसचिवहरू रमेश शर्मा पौडेल र रामगोविन्द अर्यालले अवकाशभन्दा अगाडि नै राजीनामा दिएका हुन् ।

११. किन आएनन् दर्शक ?

सन् २०२३ नोभेम्बर २१ पछि पहिलो पटक हिजो (शनिबार) नेपाली पुरुष फुटबल टिम दशरथ रंगशालामा उत्रियो, बंगलादेशविरुद्ध । नेपालको घरेलु मैदान यो दुई वर्ष अन्तर्राष्ट्रियस्तरको मापदण्ड नपुगेको भन्दै ‘अयोग्य’ बनेको थियो । यद्यपि महिला टोलीका मैत्रीपूर्ण खेल र थ्री नेसन्स कप भने भएका भए । 

१२. सामाजिक सञ्जाल प्रतिबन्धको असर

दसैँमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हरिबहादुरका जुत्ता’का निर्माता सरोज ओली अब स्टीकर ‘युग’मा फर्किँदैछन् । उनी देशभरका लागि २० हजार स्टीकर, एक सय बढी होर्डिङ बोर्ड र पाँच सय बढी स्ट्यान्डी राख्ने चाँजोपाँजो मिलाउँदैछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप