१२ बजे १२ समाचार: रंगेली मालपोतमा तेस्रो किर्ते काण्ड सार्वजनिक, औषधि सिफारिसमा नयाँ व्यवस्था
सारांश
- रंगेली मालपोतमा किर्ते काण्ड सार्वजनिक भएको छ, जसमा कर्मचारी र भूमाफियाको संलग्नता रहेको आरोप छ।
- सरकारले भूमि आयोग खारेज गर्ने निर्णय गरेको छ, जसको पदाधिकारीहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
- टी-२० विश्वकप छनोटमा नेपाल, यूएई र ओमान सुपर सिक्स चरणमा प्रवेश गरेका छन्।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. रंगेली मालपोतमा तेस्रो किर्ते काण्ड सार्वजनिक
मोरङको रंगेली मातपोत कार्यालयले गरेको तेस्रो किर्ते काण्ड सार्वजनिक भएको छ । रंगेली नगरपालिकामा रहेको मालपोत कार्यालयका कर्मचारी र भूमाफियाको सेटिङमा मोरङ सुनवर्षी–६ मा रहेको १७ कठ्ठाभन्दा बढी ऐलानी जग्गा दर्ता सरकारी अभिलेख (ढड्डा) को पाना च्यातेर व्यक्तिको नाममा लगेको सार्वजनिक भएको थियो ।
२. औषधि सिफारिस
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जले आफ्ना चिकित्सकलाई औषधिको ‘जेनेरिक’ नाममा र अनिवार्य रूपमा ‘क्यापिटल लेटर’ (अङ्ग्रेजी वर्णमालाको ठुला अक्षर)मा लेखेर सिफारिस गर्न निर्देशन दिएको छ ।
३. भूमि आयोग
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गर्यो । यसअघि आयोग खारेजीको सैद्धान्तिक निर्णय गरेको सरकारले बिहीबारको बैठकबाट आयोग तथा जिल्लास्थित समितिहरू खारेज गर्ने निर्णय गरेको हो ।
४. खेलकुद
शहीद स्मारक ए डिभिजन लिगका नौ क्लबहरू आगामी होम एण्ड अवे पद्धतिमा लिग खेल्न तयार रहेको बताएका छन्, तर यसका लागि उनीहरूले दुई मुख्य माग अगाडि सारेका छन्। आइतबार पत्रकार सम्मेलन गर्दै क्लबहरूले लिग खेल्नका लागि एएफसीको न्यूनतम मापदण्ड पूरा गरेको रङ्गशाला हुनैपर्ने र स्वतन्त्र लिग समिति गठन गर्नुपर्ने माग राखेका छन्।
नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमान आईसीसी पुरुष टी–२० विश्वकप एसिया/पूर्वी एसिया–प्रशान्त छनोटको समूह चरणमा अपराजित रहँदै सुपर सिक्स चरणमा प्रवेश गरेका छन्। यो सुपर सिक्सबाट आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वव्यापी प्रतियोगिताका लागि अन्तिम तीन स्थानको टुङ्गो लाग्नेछ।
५. एनआरएनएको एकता
गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता प्रयास तत्कालका लागि टरेको छ । केही दिनयता काठमाडौँमा एनआरएनएका अभियन्ताहरुबिच मिलनको प्रयासस्वरुप घनिभूत छलफल भएपनि ठोस सहमति जुट्न नसकेसँगै एकता तत्कालका लागि टरेको हो ।
६. जेनजी विवाद
राष्ट्रपति भवन शीतल निवास अगाडि शनिबार जेनजी युवाहरूले नाराबाजी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न नपाएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।
सरकारले जेनजीको प्रतिनिधित्व हुने गरी थप्न लागेको चार मन्त्रीको सूचीप्रति जेनजी अभियन्ता मिराज ढुङ्गानाले असन्तुष्टि जनाएका छन् । उनले चर्चा गरिएका व्यक्तिहरुमध्ये को जेनजी हो र कुन जेनजीले सिफारिस गरेको हो ? भन्दै उनले प्रश्न उठाएका हुन् ।
दलहरूको असन्तुष्टि वर्तमान सरकारमाथि ’हामी नेपाल’ नामक गैर–सरकारी संस्था (एनजीओ) का सुदन गुरुङ हाबी भएकोमा छ।
जेनजी पुस्ताको तर्फबाट मन्त्रीमा सिफारिस भएकी टासी ल्हान्जोमाथि लाग्दै आएको आरोपलाई इन्डिजिनियस जेनजी कलेक्टिभ्स र जेनजी मुभमेन्ट अलायन्सले खण्डन गरेको छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी विद्रोहका विगतका कमजोरीहरूबाट पाठ सिक्दै यसलाई ऐतिहासिक परिवर्तनकारी ध्येय सम्म पुर्याउनुपर्ने भन्दै चार बुँदामा सुझाव दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अन्तरिम सरकार, राज्यका अंगहरू र नागरिकहरूलाई सजगता अपनाउन आग्रह गरेका हुन्।
७. दिशाहीन सरकार !
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार गठनको एक महिना पुग्दै छ । तर यो एक महिनामा सरकार कूटनीतिक क्षेत्रमा चुकेको टिप्पणी भइरहेको छ । भदौ २७ गते कार्कीको नेतृत्वमा सरकार गठन भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
८. नागरिक उड्डयन समितिको प्रतिवेदन
नागरिक उड्डयन क्षेत्रमा देखिएका दर्जनौँ समस्याको कारण र त्यसलाई समाधानको खाकासहित तयार भएको सुझाव प्रतिवेदन कार्यान्वयनमा जाने भएको छ ।
९. तिहारमा फिल्म
दसैँमा तीन नेपाली फिल्म प्रदर्शनमा आए, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ । यी फिल्मले बक्स अफिस चलायमान त बनाए, तर अपेक्षित दर्शक पाउन सकेनन् ।
१०. त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन हुँदै
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको छ ।
११. संकटग्रस्त क्षेत्रबाट स्थलगत अनुभूति
गत असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले हाम्रो जिल्लाको भूगोल मात्र होइन, यहाँका कैयौं परिवारको वर्तमान र भविष्य नै क्षतविक्षत बनाएको छ ।
१२. शनिबार विशेष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण