१२ बजे १२ समाचार: झाँक्री र श्रेष्ठ एमालेमै फर्किए, एनपीएलको खेल तालिका सार्वजनिक
सारांश
- रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ एमालेमा फर्किएका छन्।
- कोशी प्रदेशका मुख्यमन्त्रीले एमाले मन्त्रीहरू फेर्ने तयारी गरेका छन् भने मधेश प्रदेश प्रमुखलाई बर्खास्त गरिएको छ।
- सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ, र सवारी चालक अनुमतिपत्र छपाइ सुरु भएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. झाँक्री र श्रेष्ठ एमालेमै फर्किए
चार वर्षपछि नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) लगायतका नेता एमालेमै फर्किएका छन् । झाँक्री र श्रेष्ठ २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेका थिए ।
२. कांग्रेसमा प्रतिनिधि सभा पुनस्र्थापनाका लागि हस्ताक्षर अभियानले तनाब
विघटित प्रतिनिधि सभा पुनस्र्थापनाका लागि श्यामकुमार घिमिरेले हस्ताक्षर संकलन अभियान सुरु गरेपछि नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई तनाब थपिएको छ । विघटित प्रतिनिधि सभामा कांग्रेसको प्रमुख सचेतक रहेका घिमिरेको यस कदमलाई संस्थापन पक्षकै केही नेताहरूसहित डा. शेखर कोइराला नेतृत्वको इतर समूह र महामन्त्री गगन थापा नेतृत्वको समूहले सार्वजनिक रूपमै विरोध गरेका छन् ।
३. कोशीमा एमालेका मन्त्री फेर्ने तयारी
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट सहभागी भएका मन्त्रीहरूलाई परिवर्तन गर्ने अन्तिम तयारी गरेका छन् । नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले यसअघि नै मन्त्रीमण्डल पुनः गठन गर्न पार्टीले निर्देशन दिइसकेको बताए ।
४. प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
सरकारले प्रहरी महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वरीयतामा पहिलो नम्बरमा रहेका अतिरिक्त महानिरीक्षक कार्कीलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
५. नेपाली कम्युनिस्ट पार्टीमा ३५ सदस्यीय सचिवालय हुने
कात्तिक १९ गते १० वाम दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूको व्यवस्थापनका लागि कार्यदल बनाउने भएको छ । दैनिक कार्य सम्पादनका लागि ३५ जना आसपासको सचिवालय बनाउने तयारी भएको बताइएको छ ।
६. एनपीएलको खेल तालिका सार्वजनिक
७. मुख्यमन्त्री नियुक्ति विवादपछि मधेस प्रदेश प्रमुख बर्खास्त
मुख्यमन्त्री नियुक्ति विवादपछि सरकारले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई बर्खास्त गर्दै सो पदमा सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश प्रमुख भण्डारीले प्रदेश सभाका अधिकांश दलका नेताले गरेको आग्रह विपरीत एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । बिरामीको बहानामा जनकपुरधाम छाडेकी उनले बर्दिबासस्थित एक होटलमा यादवलाई मुख्यमन्त्री पदको शपथ गराएपछि दलहरू विरोधमा उत्रिएका थिए ।
प्रदेश प्रमुख भण्डारीले प्रदेश सभाका अधिकांश दलका नेताले गरेको आग्रह विपरीत एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । बिरामीको बहानामा जनकपुरधाम छाडेकी उनले बर्दिबासस्थित एक होटलमा यादवलाई मुख्यमन्त्री पदको शपथ गराएपछि दलहरू विरोधमा उत्रिएका थिए ।
८. दिल्ली कार बम विस्फोट
९. कुलमानको दल ‘उज्यालो नेपाल’ पार्टी
लोडसेडिङ अन्त्य गरेर ख्याति कमाएका कुलमान घिसिङले ‘उज्यालो पार्टी’मार्फत राजनीति अघि बढाउने भएका छन् । उनको दल दर्ताको तयारी भइरहेको छ ।
१०. निकोलस भुसाललाई हाजिर जमानीमा रिहा गर्न आदेश
सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा कमल भुसाल उर्फ निकोलस भुसाललाई हाजिर जमानीमा छाड्ने आदेश गरेको छ । भुसालले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।
११. मधेस केन्द्रित दल किन भए सशंकित ?
सरकार प्रतिनिधि सभा निर्वाचनको तयारीमा रहेको वेला मधेस केन्द्रित दलहरूले विभिन्न आशङ्का प्रकट गरेका छन् । उनीहरूले जेनजी आन्दोलन चुनावका लागिमात्र नभएर आमूल परिवर्तनका लागि भएको भन्दै २०८४ हुनुपर्ने चुनाव ०८२ सालमै गराउनुबाहेक आन्दोलनको कुनै उपलब्धि नदेखिएको टिप्पणी गरेका छन् ।
१२. सवारी लाइसेन्स छपाइ सुरु भए पनि घट्ने छैन लाइन
वषौँदेखि रोकिएका सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइको काम अन्ततः सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत थालेको छ । तत्कालका लागि अत्यावश्यक काम परेकाहरूले मात्र लाइसेन्स पाउने भएका छन् । राजस्व तिरेर वर्षौंदेखि कुरिरहेका लाखौँ सेवाग्राहीले भने आफ्नो लाइसेन्स हात पार्न अझै लामो समय कुर्नुपर्ने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण