१२ बजे १२ समाचार: प्रचण्डले छाडे, विप्लवले अँगालेदेखि निर्वाचन वा संसद् पुनर्स्थापनामध्ये एक रोज्दै एमालेसम्म
सारांश
- विप्लव नेतृत्वको पार्टीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नाममा दल दर्ता गरेको छ।
- सरकारले जनेजी आन्दोलनका घाइतेलाई राहत दिने निर्णय गर्यो भने एमालेले निर्वाचन वा संसद् पुनस्र्थापनाबारे निर्णय लिने भएको छ।
- यूएईले नेपाली कामदारका लागि भिसा खुलाएको छैन भने जसपा फुटको संघारमा पुगेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. विप्लव दल दर्ता
विप्लव नेतृत्वको पार्टीले दलको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राख्ने निर्णय गरेको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टीको नाममा सञ्चालित रहँदै आएको उक्त पार्टीले निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नाममा दल दर्ता गराएको हो ।
२. मन्त्रिपरिषद् निर्णय
सरकारले जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
३. निर्वाचन वा संसद् पुनस्र्थापनामध्ये एक रोज्दै एमाले
कपा एमालेले फागुन २१ को निर्वाचनमा जाने कि प्रतिनिधि सभा पुनस्र्थापनाको एजेण्डलाई मात्र अघि बढाउने भन्ने ठोस निर्णय गर्ने भएको छ ।
त्यसका लागि विघटित संसदीय दलको बैठक बोलाएको एमालेले यसअघि सुशीला कार्की नेतृत्वको सरकार नै असंवैधानिक भएको भन्दै निर्वाचन हुन नसक्ने भएकाले पुनस्र्थापनाको माग अघि सारेको थियो । साथै, उसले प्रतिनिधि सभा पुनस्र्थापनाका लागि तीन तहमा दबाबमूलक कार्यक्रम समेत गरिसकेको छ । वडा, पालिका र जिल्लास्तरीय प्रदर्शन गरेको एमालेले यही मंसिर ६ गते काठमाडौँ उपत्यकामा उपत्यकास्तरीय प्रदर्शन र सभा गर्दैछ ।
४. जसपाले नेकपासँग एकता गर्ने !
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग एकताका लागि पहल गर्ने भएको छ ।
५. अदालतको आदेश
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने र नीतिगत निर्णय नगर्न नगराउन सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।
६. यूएईले अझै किन खुलाएन नेपालीलाई भिसा ?
संयुक्त अरब इमिरेट्स (यूएई) ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि श्रम तथा भिजिट भिसामा रोक लगायो । नेपाल सरकारबाट भिसा खुलाउन प्रयास भएपनि यूएईले मानेको छैन ।
७. धितोपत्र बोर्डको अनिर्णयले दुई वर्षदेखि दर्जनौँ कम्पनीका फाइल ‘पेन्डिङ’
नेपाल धितोपत्र बोर्ड (सेबोन) को अनिर्णयका कारण प्रिमियम तथा बुक विल्डिङ मूल्यमा प्राथमिक सेयर ९आईपीओ० निष्कासन प्रक्रिया अन्योलमा परेको छ ।
८. विकास निर्माणमा बेहाल
हरेक बिहान घरबाट निस्कने काठमाडौँवासीको दैनिकी धुलो, हिलो, खाल्डाखुल्डी र अत्यासलाग्दो ट्राफिक जामबाट सुरु हुन्छ । यो समस्या एक वा दुई दिनको होइन, वर्षौंदेखिको नियति हो ।
९. झमेलामा दुर्गा प्रसाईँ
राष्ट्र, राष्ट्रियता धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ आफ्नो अभियानका कारण कानुनी झमेलामा पर्दै आएका छन् । बैंक र लघुवित्तको चर्को ब्याजदरको विरोधका साथसाथै तिनै बैंक, लघुवित्त र सहकारी पीडितलाई सङ्गठित गरेर आन्दोलन समेत गरिसकेका पछिल्लो समय प्रसाईँले राजसंस्था पुनस्र्थापनासहितका २७ बुँदे राजनीतिक माग अघि सारेका छन् ।
१०. जसपामा एकताबारे दुई धार
पार्टी एकताको विषयलाई लिएर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने कि अन्य मधेस केन्द्रित दलसँग एकता गर्ने विषयमा जसपाभित्र विवाद उत्पन्न भएको छ ।
११. अनुवाद
समाजिक सञ्जालमा सन् २०१८ को आफ्नो पहिलो पोष्ट गर्दैगर्दा ट्रम्प पाकिस्तानप्रति धेरै नै निराश देखिन्थे । उनले विगत १५ वर्षमा अमेरिकाले ‘मुर्ख’ बनेर पाकिस्तानलाई ३३ अर्ब अमेरिकी डलर दिएको गुनासो गरेका थिए ।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण