आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: यस्तो छन् आजको प्रमुख समाचार

बुधबार, ३० पुस २०८२, ०० : ००
बुधबार, ३० पुस २०८२

सारांश

  • नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ अनिश्चित बनेको छ, मुद्दाको अन्तिम सुनुवाइ टुंगो लाग्न सकेको छैन।
  • कांग्रेस विशेष महाधिवेशनमा विधान संशोधन पारित भयो, तर पार्टीभित्रको विवाद समाधान हुन सकेन र वार्ता बिना निष्कर्ष सकियो।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा खगेन्द्र सुनारको पार्टी नेपाल समाहित भयो, भने प्रतिनिधि सभा निर्वाचनको तयारी तिब्र भएको छ।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२ समाचार’ लिएर आएका छौँ–

१. नक्कली भुटानी शरणार्थी प्रकरण

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाएको अपराधका अभियुक्तहरूविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ अनिश्चित बनेको छ । गत भदौ १८ गतेबाट निरन्तर सुनुवाइ गरी अन्तिम फैसला गर्ने भनिएपनि त्यस दिन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले तारेख थाम्ने अवधि बाँकी भएकाले तारेखको म्याद गुजारेपछि पेस गर्न आदेश भयो ।

२. विकास बजेट कटौती

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै छ । जेनजी आन्दोलनपछि सुस्त राजस्व संकलन र विकास खर्चको निराशाजनक अवस्थाबिच सरकारसामु झण्डै ३० अर्ब रुपैयाँको अतिरिक्त व्ययभार थपिएको छ । किनकि चालु आर्थिक वर्षको बजेट ल्याउँदा निर्वाचनको परिकल्पना थिएन । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण मुलुकमा चाँडै निर्वाचन हुने परिस्थिति बनेको हो । 

३. पुस मसान्तको चटारो

बैंक तथा वित्तीय संस्थाहरू यतिबेला चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम चरणमा छन् । पुस मसान्त नजिकिँदै गर्दा बैंकिङ क्षेत्र सधैंझैं कर्जा असुली, लेखा मिलान, जोखिम व्यवस्थापन र वित्तीय विवरण तयारीको चटारोमा देखिन्छ । 

४. प्रदेश सरकार

बागमती प्रदेशको प्रशासनिक भवन निर्माणको प्रक्रियाले अझै पूर्णता पाउन सकेको छैन । २०७६ देखि सुरु भएको जग्गा प्राप्ति सम्बन्धी प्रक्रिया नटुङ्गिएकाले योजना अलपत्रजस्तै भएको हो ।

५. कांग्रेस विशेष महाधिवेशन

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रबाट संशोधनसहित विधान पारित भएको छ । मंगलबारको बन्दसत्रबाट संशोधनसहित विधान पारित भएको हो । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । 

६. कांग्रेस विवाद

विभाजन उन्मुख नेपाली कांग्रेसलाई मिलाउन चार घण्टा बसेको वार्ता बिना निष्कर्ष सकिएको छ । मंगलबार बालुवाटारमा बसेको वार्ता बिना निष्कर्ष सकिएको र आजै फेरि बस्ने तयारी रहेको वार्ता समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए । ’अहिले कुनै निष्कर्ष निस्किसकेको छैन आजै फेरि बसेर निष्कर्ष निकाल्ने तयारी छ’, पौडेलले रातोपाटीसँग भने। वार्ता समितिका अर्का एक सदस्यका अनुसार नेता परिवर्तन गर्ने विषयमा कुरा मिलिरहेको छैन ।

७. निर्वाचन

प्रतिनिधि सभा अन्तर्गत झापा निर्वाचन क्षेत्र ५ यतिबेला चर्चामा छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सो निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र (बालेन) शाहले उम्मेदवारी दिने चर्चाले राजनीतिक वृत्तलाई तरङ्गित तुल्याएको छ ।

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै देशभर राजनीतिक सरगर्मी बढेको छ । फागुन २१ मा हुने चुनावका लागि नयाँ र वैकल्पिक राजनीति दलहरू जेनजी आन्दोलनको मर्म र भावना अनुसार आफूलाई उभ्याउने प्रयासमा छन् । तर परम्परागत दलहरूको आन्तरिक तयारी फितलो देखिन्छ । 

विभिन्न १८ राजनीतिक दलका १६४ जना समानुपातिक सूचीमा रहेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो संगठनलाई परिचालन गरेको छ ।

प्रतिनिधि सभा सदस्य पदका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न गण्डकी प्रदेशभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आन्तरिक प्रतिस्पर्धा बढ्न थालेको छ । रास्वपाबाट उम्मेदवार बन्न इच्छुकले अनलाइनमार्फत आवेदन दिएका छन् । उम्मेदवार चयनको प्रक्रिया सुरु हुन बाँकी छ ।

८. चिनीका बारे

चिनीका बारेमा उद्योगी र आयातकर्ताबिच परस्पर विरोधी धारणा बनेको छ । उद्योगीले गत वर्षकै चिनी ‘स्टक’ हुँदासमेत सरकारले आयात खुकुलो बनाइदिँदा आफूहरूको उत्पादन बिक्री हुन नसकेको गुनासो गरिरहेका छन् भने आयातकर्ताचाहिँ उद्योगीले कालोबजारी गर्न आयात रोक्न पहल गरिरहेको आरोप लगाइरहेका छन् ।

९. राष्ट्रिय सभा निर्वाचन

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ का सर्जन विक तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाका तर्फबाट २०६१ सालमा बुटवलमा भएको आक्रमणमा घाइते भएमध्येका एक हुन् ।

१०. खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल रास्वपामा समाहित

खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा समाहित भएको छ । मंगलबार रवि लामिछाने नेतृत्वको रास्वपासँग पाँच बुँदे सम्झौता गर्दै हाम्रो पार्टी नेपाल रास्वपामा समाहित भएको हो । 
रास्वपा सभापति रवि लामिछाने , महामन्त्री कविन्द्र बुर्लाकोटी र हाम्रो पार्टीका सभापति खगेन्द्र सुनार, पदाधिकारी, सदस्य लगायतको उपस्थितिमा सम्झौता गरिएको हो ।

११. अपराध
अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो साँझ बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–४ मा २४ वर्षीय सद्दाम खाँलाई त्यही ठाउँका स्थानीयले निर्घात कुटपिट गरे । पुस १७ गते बिहान घाइते अवस्थामा उनलाई भेटेपछि परिवारले प्रहरीलाई खबर गरे ।

प्रहरीका उच्च अधिकारीहरूसँग आफ्नो पहुँच रहेको भन्दै धाकधम्की दिने एक व्यक्तिलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ बेल्डी टोल बस्ने २९ वर्षीय रमेश गिरी भनिने झन बहादुर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

१२. खेलकुद

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप