बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: एमालेले घोषणा गर्‍यो संघर्षका कार्यक्रमदेखि पूर्वाधारमा नयाँ सरकारलाई ‘रिबन काट्ने’ अवसरसम्म

आइतबार, १५ चैत २०८२, ०० : ००
आइतबार, १५ चैत २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ।
  • एमालेले ओलीको पक्राउको विरोध गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ र देशभर विरोध प्रदर्शन गरेको छ।
  • सरकारले शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक गरेको छ, जसमा मन्त्रालय संख्या घटाउने र ब्लु बस सञ्चालन गर्ने निर्णय छन्।

काठमाडौँ । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति १२ बजे १२ समाचार लिएर आएका छौँ–

१. पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो ।

२. पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

पूर्वगृहमन्त्री रमेश लेकलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५:४० मा पक्राउ गरेको हो ।

३. एमालेले घोषणा गर्‍यो संघर्षका कार्यक्रम

नेकपा एमालेको सचिवालय बैठकले संघर्षका कार्यक्रम तय गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार बसेको सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्नुपर्ने मागसहित  संघर्षका कार्यक्रम तय गरेको हो । बैठकको निर्णयलगत्तै देशव्यापी रुपमा एमालेले विरोध प्रदर्शन समेत गरेको छ ।

४. सरकारको शासकीय सुधारका १०० कार्यसूची

सरकारले शासकीय सुधारका एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यससम्बन्धी निर्णय गरेको हो । 

५. केन्द्रीय सुरक्षा समितिमा बदलिँदो परिस्थितिबारे छलफल

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि उत्पन्न परिस्थितिबारे केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ ।

६. कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्री गुरुङको निर्देशन

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन् । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

७. ओली र लेखक पक्राउप्रति प्रतिक्रिया  

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेपछि राजनीतिक दल, भातृसंगठनहरु र तिनका नेताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । 

 

८. दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु

नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए ।


९. ओली र लेखक पक्राउको स्वागत

जेनजी मुभमेन्ट नेपालले एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउने सरकारको निर्णयको स्वागत गरेको छ । 

१०. सडक पूर्वाधारमा नयाँ सरकारलाई ‘रिबन काट्ने’ अवसर, नीतिगत सुधार चुनौती

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएर शुक्रबार नयाँ जनादेश अनुसार सरकार बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा बनेको सरकारका लागि सडक पूर्वाधारको क्षेत्रमा चुनौतीहरूको चाङ र अवसर दुवै छन् ।

११. आईपीएल २०२६

१२. शनिबार विशेष 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप